कैलालीका केही पालिकामा मतगणना सुरु
नेपालबहस संवाददाता
बैशाख ३१, २०७९ शनिबार १५:७:४५
३१ बैशाख , टीकापुर । शुक्रबार सम्पन्न निर्वाचनको मतपेटिका सङ्कलनपछि यहाँका पालिकामा मतगणना कार्य सुरु गर्न थालिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिकामा मतगणना सुरु भएको छ भने टीकापुरमा मतगणना सुरु गर्ने तयारी गरिएको छ । निर्वाचन अधिकृत पुष्कर खड्काका अनुसार गोलाप्रथाबाट छनोट गर्दा सबैभन्दा पहिले वडा नं ५ को गणना हुने भएको छ । वडा नं ५ पछि ३, ९, ४, ८, १, ७, २ र ६ नं वडाको गणना हुने भएको छ ।
लम्कीचुहा नगरपालिकामा ३३ हजार ९४८ मत खसेको छ । कैलारी गाउँपालिकामा ७८।१२ प्रतिशत मत खसेको छ । जम्मा ३६ हजार ७३५ मतदाता रहेको यो पालिकामा २८ हजार ६९७ भोट खसेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए।
जानकी गाउँपालिकाका केही स्थानमा शुक्रबार बेलुका मतपेटिका उठाउने क्रममा विवाद भएको छ । वडा नं २ मा मतपेटिका उठाउने क्रममा विवाद भएपछि प्रहरीले हवाइ फायर गरेको थियो । जानकीमा अहिले ८ बजे सर्वदलीय छलफल मतगणना सुरु गर्नेबारे समय तोकिने बताइएको छ । जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा पनि आजै मतगणना सुरु गर्ने बताइएको छ । सबै ठाउँमा मतपेटिका सङ्कलन भइसकेकाले मतगणना सुरु गरिने छ ।
कैलालीको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनासमेत आजदेखि नै सुरु हुनेछ । मतपेटिका सङ्कलनमा समय लागेकाले दिउँसोबाट मतगणना थालिने बताइएको छ । धनगढीमा पनि अहिले सर्वदलीय बैठक बसेर छलफलपछि मतगणना गरिने कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताएका छन् । जिल्लामा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । निर्वाचन कार्यालय कैलालीकाअनुसार कैलालीमा ६५ प्रतिशत मत खसेको छ ।
जिल्लामा ६१९ मतदान केन्द्रबाट निर्वाचन भएको हो । १३ स्थानीय तहमा पाँच लाख २५ हजार १२५ मतदाता रहेकामा ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार