मनाङमा सकियो मतगणनाः ४ पालिकामध्ये कांग्रेसले २ र एमाले २ स्थान जिते
नेपालबहस संवाददाता
बैशाख ३१, २०७९ शनिबार १८:३१:३८
३१ बैशाख, पोखरा । मनाङमा मतगणना सकिएको छ । चार पालिका रहेकोमा दुईवटाको अध्यक्षमा कांग्रेस र दुई वटामा एमालेका अध्यक्ष विजयी भएका छन् ।
नासों गाउँपालिका र नार्पाभूमीमा कांग्रेस विजयी हुँदा चामे र मनाङ ङिस्याङमा एमाले विजयी भएका छन् । नासों गाउँपालिकामा कांग्रेसका धनबहादुर गुरुङले एमालेका मनबहादुर गुरुङलाई पराजित गरेका हुन् ।
नार्पाभूमीमा कांग्रेसका कोन्जो तेन्जिङ लामाले कांग्रेसकै बागी कृष्णबहादुर लामालाई हराएका हुन् । चामे गाउँपालिकामा एमालेका लोकेन्द्र घलेले कांग्रेसका छिरिङ ध्वर्जे लामालाई पराजित गरे । मनाङ ङिस्याङमा एमालेका कान्छा घलेले कांग्रेसकी छिरिङ ओङमा घलेलाइ पराजित गरेका हुन् ।
कान्छा र लोकेन्द्र दोश्रो पटक पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । २०७४ को चुनावमा पनि चामे र मनाङ ङिस्याङ एमाले तथा नासों र नार्पाभूमिमा कांग्रेस विजयी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
मिरोज अहमद अखिल 'क्रान्तिकारी' को केन्द्रीय सचिव 'मुस्लिम' पदमा निर्विरोध निर्वाचित
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
अर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
के तपाईं मूलासँगै आउने पातहरू फोहोरमा फाल्नुहुन्छ ?
माघ ११, २०८१ शुक्रबार
बाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार