सात स्थानीय तहसहित देशभर कांग्रेसले बढायो अग्रता, पछ्याउँदै एमाले
नेपालबहस संवाददाता
जेठ १, २०७९ आइतबार १३:५२:७
१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले देशभर अग्रता कायम गरेको छ । साता स्थानीय तहसहित अगाडी रहेको कांग्रेसलाई नेकपा एमालेले पछुयाइरहेको छ ।
स्थानीय तह निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएर देशभरका पालिकाहरूमा मतगणना जारी छ । सुरुवाती चरणमा आएका नतिजाले शनिबार अबेरसम्म अगाडी रहेको नेकपा एमालेलाई पछि पार्दै कांग्रेस अग्रस्थानमा आएको हो ।
कतिपय स्थानीय तहमा मतगणना सम्पन्न भइसकेको छ । सम्पन्न भएका स्थानीय तहको मत परिणामले दलहरूको स्थानीय तहको उपस्थिति देखाइरहेको छ । अहिलेसम्मको मत परिणामानुसार कांग्रेसले सात स्थानीय तहको नेतृत्वसहित अग्रता कायम गरेको छ । कांग्रेसले सात स्थानीय तहमा उपप्रमुख समेत जितेको छ ।
कांग्रेसलाई पच्छ्याइरहेको एमालेले ६ स्थानीय तहको नेतृत्वमा आफ्नो उपस्थिति जनाएको छ । उपप्रमुखतर्फ भने एमालेले पाँच स्थानीय तह जितेको छ । एकीकृत समाजवादीले पनि दुई स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै जितेको छ ।
तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) रहेका छन् । माओवादी केन्द्रले दुई स्थानीय तहको नेतृत्वमा जित हासिल गरेको छ । उसले दुई स्थानीय तहमै उपप्रमुख समेत जितेको छ ।
मतगणना जारी भएका २६७ स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ भने एमालेको १६६ स्थानीय तहमा अग्रता देखिएको छ । माओवादी केन्द्रको १०३ स्थानीय तहमा अग्रता देखिएको छ भने एकीकृत समाजवादीको १२ स्थानीय तहमा अग्रता देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
मिरोज अहमद अखिल 'क्रान्तिकारी' को केन्द्रीय सचिव 'मुस्लिम' पदमा निर्विरोध निर्वाचित
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
अर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
के तपाईं मूलासँगै आउने पातहरू फोहोरमा फाल्नुहुन्छ ?
माघ ११, २०८१ शुक्रबार
बाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार