बर्दियाको गुलरिया नगरपालिकामा प्रमुख र उप्रमुखमा कांग्रेस विजयी
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार २०:१०:१६
४ जेठ, बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकाको नेपाली कांग्रेसका प्रमुख र उप्रमुख विजयी भएका छन्। नेकपा एमालेका अमरबहादुर खड्का र टिका संसेली मगरलाई पराजित गर्दै मुक्तिनाथ यादव र सावित्रा गौतम विजयी भएका हुन्।
गुलरिया नगरपालिकाको प्रमुख पदमा पुनः निर्वाचित भएका यादवले ७ हजार ९८९ मत प्राप्त गरे। विजेता उपप्रमुख गौतमले ८ हजार २०७ मत प्राप्त गरेकी छन्। एमालेका खड्काले ७ हजार ८११ मत प्राप्त गरे।
एमालेकी संसेली मगरले ७ हजार ४६२ मत प्राप्त गरिन्। तृतीय स्थानमा रहेका माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार गेहेन्द्र ढकालले ५ हजार १० र उपप्रमुख इन्दिरा सुवेदीले ४ हजार ९३९ मत प्राप्त गरिन्।
गुलरिया नगरपालिकाको १२ वडामध्ये नेपाली कांग्रेसले ४ वडा, माओवादी केन्द्र र एमालेले ३र३ वडा जनमत पार्टी र जनता समाजवादी पार्टीले १र१ वडामा जीत सुनिश्चित गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसबाट वडा नम्बर १ मा जोगीराम थारु, ४ मा सुरेश गौतम, ६ मा शुधांशु प्रकाश शर्मा ‘लालु’ र वडा नम्बर ७ को वडा अध्यक्षमा मनोजकुमार यादव विजयी भएका छन्।
नेकपा एकालेबाट वडा नम्बर २ मा टंकप्रसाद अधिकारी, ३ मा सर्वजित यादव, ५ मा मुमबहादुर मल्ल विजयी भएका हुन्। माओवादी केन्द्रबाट वडा नम्बर ८ मा धर्मेन्द्रकुमार बानिया, ९ मा हरिप्रसाद पासवान र वडा नम्बर १२ मा रामकुमार थारु विजयी भएका छन्।
जनमत पार्टीबाट वडा नम्बर १० मा लक्ष्मी नारायण लोध र जनता समाजवादी पार्टीबाट वडा नम्बर ११ मा विष्णु यादव विजयी भएका हुन्। नगरप्रमुख पदका यादव पुनः निर्वाचित प्रमुख हुन्। उपप्रमुख गौतम गुलरिया नगरपालिका वडा नम्बर ५ की निवर्तमान वडाअध्यक्ष हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार