नेपाललाई चीनका राष्ट्रपति सीको सन्देश ‘विकासको मोडल आफै तयार गर्नू’
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार २०:४४:४६
४ जेठ, काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले नेपालको आर्थिक विकासको मोडले आफै तयार गर्न नेपाल सक्षम रहेको कुरा हालै सम्पन्न स्थानीय तह निर्वाचनले देखाएको बताएका छन् । उनले निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यवाद पनि दिएका छन् ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर चीनका राष्ट्रपतिले पठाएको सन्देश सुनाएकी छन् । यान्छीले नेपालले आफ्नो विकासको मोडल आफै तयार गर्न सक्ने र यसका लागि नेपाललाई अरुको साथ आवश्यक नभएको धारणा चिनियाँ सरकारको रहेको बताएकी छन् ।
गृहमन्त्री खाँणसँग राजदूत यान्छीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको दोस्रो दिन बुधबार सन्देशसहित भेटवार्ता गरेकी हुन् । त्यसक्रममा राजदूत यान्छीले नेपाली जनता र सरकारले आफ्नो विकासको मोडेल आफैँ तय गर्ने भन्दै नेपालले तयार गर्ने मोडेलमा चीनको सधैँ सहयोग र सद्भाव रहने राष्ट्रपति सीको धारणा सुनाएकी थिइन् ।
गृह मन्त्रालयका अनुसार भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका विविध विषयमा छलफल भएको थियो । राजदूत यान्छीले स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा चिनियाँ राष्ट्रपति सी चिनफिङका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई ज्ञापन गरेको पनि गृहमन्त्रीमार्फतको जानकारी गराएकी छन् ।
भेटमा गृहमन्त्री खाँणले स्थानीय निर्वाचन सम्पन्न गरेर सरकार अब बजेट निर्माणको प्रक्रियामा लागेको बताएका थिए । उनले चीनले शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गरका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार