हेटौँडा उपमहानगरको प्रमुखमा गठबन्धनकी लामाको अग्रता कायमै
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार २१:४६:५९
६ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा ६५ हजार २९५ मत गणना हुँदा नगर प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार मीना लामाको अग्रता कायमै छ । गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार लामाले २० हजार ४८२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १८ हजार ७५३ मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तेस्रो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंहले १८ हजार १७६ मत प्राप्त गरेका छन् । हेटौँडा उपमहानगरपालिकाको यस पटकको निर्वाचनको मतगणना रोचक बनेको छ ।
सुरुमा गठबन्धनका उम्मेदवार हुँदै एमालेका पौडेल र राप्रपाका सिंहले अग्रता लिएकामा अहिले सिंह तेश्रो स्थानमा पगेकी छन् । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसका राजेश बानियाँले २९ हजार ३२०, एमालेका सुमित्रा काफ्लेले २१ हजार २३२ र राप्रपाका इन्दिरा न्यौपानेले चार हजार ७१८ मत प्राप्त गरेका छन् । उपमहानगरमा ७३ हजार ४१४ मत खसेको थियो ।
१९ वडा रहेको पालिकामा ९, १०, ११, १२ र १३ को मतगणना जारी छ । वडाको पछिल्लो मत परिणामअनुसार एमालेको गढ रहेको हेटौँडा ८ मा गठबन्धनका तर्फबाट काँग्रेसका रामकृष्ण थापा वडा अध्यक्षमा निर्वाचित भएका छन् । मत गणना जारी रहको बागमती गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार