जुम्लाका ६० मध्ये कांग्रेसको २६ वडामा जित, जिल्लामा पहिलो पार्टी
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार २२:२०:४५
६ जेठ ,खलङ्गा । आठ स्थानीय तहमध्ये कांग्रेस पाँच पालिकाका प्रमुख र तीन पालिकाका उपप्रमुखसहित ६० वडामध्ये २६ वडा जितेर जिल्लामा पहिलो पार्टी बन्न सफल भएको छ । नेकपा (माओवादी) केन्द्रले दुई पालिकामा प्रमुख र चार पालिकामा उपाध्यक्षसहित १९ वडामा विजयी बनेर दोस्रो पार्टी बन्न सफल भएको छ ।
यस्तै नेकपा (एकीकृत समाजवादी)ले यहाँ गुठीचौर गाउँपालिकाको उपाध्यक्षसहित छ वडामा निर्वाचित भएर तेस्रो पार्टी बन्न पुगेको छ ।
एमालेले जिल्लाका कुनै पनि स्थानीय तहका प्र्रमुख उपप्रमुखमा जित हासिल गर्न सकेको छैन । एमालले जिल्लाका छ वडामा मात्र आफ्नो जित हासिल गर्न सफल भएको छ । जिल्लाको एक मात्र चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा राजुसिंह कठायतले स्वतन्त्रबाट जित हासिल गरेका छन् ।
नेमकिपा एक वडा र स्वतन्त्र दुई वडामा निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले २२ वडा जितेर पहिलो पार्टी बनेको थियो ।
नगरका निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण
चन्दननाथ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दननाथका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई मतगणना सकिएपछि प्रमाणपत्र वितरण गरेको छ ।
जिल्लाको एकमात्र नगरपालिका चन्दननाथमा नवनिर्वाचित ५२ जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमाणपत्र वितरण गरिएको हो । प्रमाणपत्र ग्रहण गर्दै नगरप्रमुख कठायतले आफू भाषणभन्दा पनि काममा जोड दिने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार