नेपालले दियो युगान्डासामु ९८ रनको लक्ष्य
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार २२:५९:२७
६ जेठ, काठमाडौ । महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा नेपालले युगान्डासामु ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण १८ ओभरमा घटाइएको खेलमा टस जितेर पहिला ब्याटिङमा आएको नेपालले १७।५ ओभरमा सबै विकेट गुमाएर ९७ रनको योगफल तयार गर्यो ।
यसअघि ओसिलो मैदानकै कारण खेल टस निर्धारित समयमा हुन सकेको थिएन । नेपालकी ओपनर ज्योति पाण्डेले सर्वाधिक १७ रनको योगदान गरिन् । उनले १३ बल खेल्दै ४ चौका प्रहार गरिन् । यस्तै, अर्की ओपनर विन्दु रावलले १६ रन जोडिन् । यसबाहेक सीता राना मगर ११ रन जोडेर पभेलियन फर्किइन् भने अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।
युगान्डाकी कप्तान कोन्की अवेकोले सर्वाधिक तीन विकेट लिइन् । उनले चार ओभरमा १३ रन खर्चिइन् । यस्तै, साराह अकिटेङले दुई तथा जानेत बाबाजीले एक विकेट लिइन् । पाँच खेलको शृंखलामा लगातार तीन खेमा हार बेहोरेको नेपालले शृंखला गुमाइसकेको छ । नेपाल पहिलो खेलमा १२ रनले, दोस्रो खेलमा एक विकेटले र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार