जेठ १५ देखि यार्सागुम्बा संकलन खुला
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार १९:४२:४६
९ जेठ , मुगु । मुगुम कार्मारोंग गाँउपालिकाले १५ जेठदेखि मुगुमको पूर्वी करान भेगमा यार्सागुम्बा संकलन गर्न खुला गरेको छ । यसअवधिमा जिल्ला भित्र र बाहिरबाट आउने सर्वसाधरणले यार्सा संकलन गर्न सक्नेछन् ।
वन प्रवेशका लागि गाँउपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले १५ जेठबाट वन प्रवेश गर्न पाउने मुगुम कार्मारोंँग गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए । उनका अनुसार जिल्ला भित्रका सर्वसाधारणबाट प्रति व्यक्ति दुई हजार र बाहिर जिल्लाबाट आउने संकलनकर्ताबाट २५ सयका दरले गाउँपालिकाले कर उठाइने भएको छ । मुगुम कार्मारोंग गाँउपालिका(२ मुगु गाउँको रिमाण, ठुलोकोईकी, सानो कोईकी, छापाखोला, र्चाकु लगायत वनमा यार्सा पाइन्छ ।
यार्साबाट उठेको रकम गाउँपालिकामा जम्मा हुने र पछि गाउँपालिको बोर्ड मिटिङ्गमा छलफल गरी कहाँ कसरी खर्च गर्ने भन्ने बिषयमा छलफल गरिनेछ । यार्सा संकलनको समयमा वन प्रवेशपछि वातावरणमा खलल् पुग्ने कार्य नगर्न गाउँपालिकाले आग्रह गरेको छ । १५ जेठबाट यार्सा संकलनको समय अवधिभर वातावरणलाई खलल् पुग्ने कार्य नगर्न आग्रह गरेको छ ।
यार्सा संकलनका क्रममा जथाभावी सिसा, प्लाष्टिक नफाल्न र रुख बिरुवा नकाट्न, चोरी निकासी नगर्न आग्रह गरेको गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार