डा.कोइरालाद्वारा जेरिएटिक अस्पताल शिलन्यास
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार २१:३१:१
९ जेठ , मोरङ । विराटनगर–८ स्थित विराटेश्वर वृद्धाश्रम सेवा समितिद्वारा विराटनगर–६ रामपुरमा १५ श्ययाको ‘शङ्कर अधिकारी मेमोरियल स्मारक जेरिएटिक अस्पताल’ निर्माण गर्न लागिएकोे छ । एक बिघा जग्गामा रु २५ करोडको लागतमा निर्माण गर्न लागिएको उक्त अस्पताल निर्माणबाट ज्येष्ठ नागरिकका लागि सम्पूर्ण स्वास्थ्यसम्बन्धी उपचार एकै ठाउँमा उपलब्ध गराइने भएको छ । अस्पताल निर्माणका लागि स्व अधिकारीका श्रीमती, छोराहरु सरोज तथा सञ्जिव र बुहारी अञ्जनाले निःशुल्क जग्गा उपलब्ध गराएका थिए ।
उक्त अस्पताल आज शिलान्यास गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नवनिर्वाचित जनप्रतिनिधिले कामका आधारमा जनताको विश्वास जित्नुपर्र्ने बताएका छन् । पालिकाका प्रतिनिधिले सुशासन, पारदर्शी र जवाफदेही, भ्रष्टाचारमुक्त र जनउत्तरदायी भएर कार्य गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यको प्रमुख तथा अध्यक्षले अनुगमन गरी ‘वाच डग’को भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालाले ज्येष्ठ नागरिकलाई आवश्यकपर्ने स्वास्थ्योपचारलगायत अन्य कार्यका लागि समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आश्रम प्रमुख जगत अर्याल, नेका महानगर अध्यक्ष दीपक चापागाईं, नेका प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, डा नाराण कोइराला र रुक्मणि कोइरालाले अस्पताल स्थापनाबाट यस प्रदेशका ज्येष्ठ नागरिकले गुणस्तरीय उपचारको सुविधा पाउने विश्वास व्यक्त गरे ।उक्त अस्पताल निर्माणका लागि आश्रम प्रमुख अर्यालले सर्वसाधारणसँग दैनिक रु पाँच सङ्कलन गर्नाका साथै सङ्घीय, प्रदेश, स्थानीय पालिका तथा स्वदेश तथा विदेशबाट सहयोग प्राप्त हुने लक्ष्य लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार