जिसस चितवनमा गोलाप्रथा हुने
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार २३:१८:३७
९ जेठ, चितवन । चितवनमा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने भएको छ । पाँच दलीय गठबन्धन र नेकपा एमालेसँग बराबर मतदाता हुने भएपछि जिससको लागि गोलाप्रथा हुने भएको हो ।
जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख÷अध्यक्ष र उपप्रमुख/उपाध्यक्षले मतदान गर्न पाउँछन् । चितवनमा जिससको निर्वाचनमा सात पालिकाका १४ जना मतदाताले मतदान गर्ने छन् । जिससको निर्वाचन जित्न कम्तिमा आठ मत ल्याउनुपर्छ ।
पाँच दलीय गठबन्धनले तीन पालिका प्रमुख र दुई उपप्रमुख जितिसकेको छ । भरतपुर महानगरको प्रमुख र उपप्रमुख पनि जित्ने पक्का भइसकेको छ । अहिले भरतपुर महानगरपालिकाको मतगणना भइरहेको छ । मत गन्न बाँकी रहेका भरतपुरका तीनवटै वडाको सबै मत एमाले–राप्रपाले पाए पनि जित्ने सम्भावना टरेको छ ।
यससँगै जिससको निर्वाचनका लागि गठबन्धनसँग सात भोटमात्रै हुने भएको छ । एमालेको एक्लै सात भोट छ । एमालेले तीन पालिका प्रमुख र चार उपप्रमुख जितेको छ ।
जिसस जित्न गठबन्धन र एमाले दुवैसँग पर्याप्त भोट नपुग्ने निश्चित छ । अब गठबन्धन वा एमाले कुनै एउटा पक्षले अर्को पक्षको एउटा भोट आफूतिर तान्नुपर्ने अवस्था बनेको छ । यदि त्यसो नभए जिससको प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने छ ।
पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सकिएपछि मात्रै जिससको निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । जिससको निर्वाचनमा बराबर मत आए गोलाप्रथाबाट जिसस प्रमुख र उपप्रमुख निर्वाचित हुने उनले बताए ।
‘जिससको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । पालिकाको वडाध्यक्ष वा सदस्यमा निर्वाचित जनप्रनिधिले जिसस प्रमुख र उपप्रमुखको लागि उमेदवारी दिन पाउँछन्’, उनले भने, ‘मत बराबर आए गोला प्रथाबाट जनप्रतिनिधि छान्ने काम हुन्छ ।’
पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका उमेदवार निर्वाचित भएको घोषणा भएको १५ दिनभित्र कार्यपालिका सदस्यको लागि निर्वाचन गर्नुपर्ने कार्कीले जानकारी दिए ।
नगरपालिकामा तीन जना र गाउँपालिकामा दुई जना कार्यपालिका सदस्य निर्वाचित हुने उनले बताए । त्यसको लागि पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यले मत हाल्न पाउँछन् । कार्यपालिका सदस्यको निर्वाचन निर्वाचन अधिकृतले गराउने कार्कीले बताए ।
‘कार्यपालिका सदस्यको निर्वाचनमा दलित र अल्पसंख्यकलाई दलहरुले उमेदवार बनाउन पाउँछन् । निर्वाचन अधिकृतले त्यसको निर्वाचन गराउने व्यवस्था छ’, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार