सत्ता पक्षले देखेको अर्थतन्त्रको संकट टार्ने संकेतलाई विपक्षीले भन्यो, ‘हावा कुरा नगरौँ’
नेपालबहस संवाददाता
जेठ १०, २०७९ बुधबार ४:८:१
१० जेठ, काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि सत्ता पक्ष र विपक्षले विन्नाभिन्नै तर्क अघि सारेका छन् ।
सरकारको नीति तथा कार्यक्रमलाई सत्ता गठबन्धनका नेताहरुले आर्थिक संकट टार्ने संकेत गरेका छन् भने विपक्षी हावा दारी भनेका छन् ।
सरकारले मंगलबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले अहिलेको अर्थतन्त्रको संकट टार्ने संकेत नदेखिएको विपक्षीको भनाई छ । नीति तथा कार्यक्रममार्फत सरकारले केही नयाँ कुरा ल्याउन प्रयास गरेपनि पुराना कार्यक्रमको निरन्तरताका रूपमा आएको उनीहरुको तर्क छ ।
नीति तथा कार्यक्रममा केही ठाउँमा नयाँपन ल्याउन खोज्ने कुरा एउटा पक्ष भएपनि सार्वजनिक खर्च पुनरवलोकन आयोगले सार्वजनिक खर्च प्रणाली नतिजामुखी बनाउने भनेर गरेको सिफारिससमेत कार्यान्वयन लानसक्ने अवस्था नदेखिएको अर्थविद् डा. डिल्लीराज खनालको भनाई छ ।
नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रममा समावेश धेरै विषय पुरानै दोहोरिएको बताए ।
उनले भने,‘नीति तथा कार्यक्रममा गर्न सकिने र नसकिने सबै विषयलाई सोलोडोलो कार्यक्रम राखिएको छ । हाम्रो विकासको खर्च चार अर्बदेखि पाँच खर्ब हुन्छ । कम्तीमा २५ खर्ब यो नीति तथा कार्यक्रमले माग गरेको छ । त्यस कारण यो कार्यान्वयन हुँदैन ।’
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रम समुन्नत नेपाल बनाउन सक्ने खाकासहित आएकाले दिगो शान्तिका साथ मुलुकलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त भएको बताए ।
उनले भने,‘नीति तथा कार्यक्रमले देशलाई समुन्नत गर्ने जुन हाम्रो सपना छ, त्यसलाई कार्यान्वयन गर्ने किसिमको यो कार्यक्रम छ । यसले अहिले मुलुकमा देखिएको आर्थिक विकासलाई अगाडि बढाउनुपर्ने अभियानलाई अगाडि बढाउँछ । यो केवल आश्वासन मात्रै होइन, कार्यान्वयन हुन्छ ।’
जनता समाजवादी पार्टी नेपालका सघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नीति तथा कार्यक्रम समग्रमा सकारात्मक भएको टिप्पणी गर्दै बजेट सकारात्मक भए पनि समग्र आर्थिक विकासलाई नीति तथा कार्यक्रम अपुग भएको बताए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नीति तथा कार्यक्रम मुलुकको कृषि, ऊर्जा विकास, पर्यटन प्रवद्र्धनलगायतको क्षेत्रलाई उच्चतम प्राथमिकता दिएकाले पनि सकारात्मक भएको टिप्पणी गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विगतमा जस्तै परम्परागत बजेट भएको कारण कार्यान्वयनमा समस्या आउने टिप्पणी गरे ।
उद्योगी एवं सांसद विनोद चौधरीले नीति तथा कार्यक्रममार्फत मुलुकलाई औद्योगिकीकरणमा लैजाने प्रतिबद्धता व्यक्त भएको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेस भएको नीति तथा कार्यक्रमपछि प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रमले नयाँ ऊर्जा थपेको बताए ।
चौधरीले भने,‘उद्योग व्यवसायको मात्र नभनौँ, समग्रमा धेरै अध्ययन गरेर, धेरै क्षेत्रका कुरा बटुलेर, थुप्रेर बसेको समस्या समाधान गर्ने दृष्टिकोणबाट नीति तथा कार्यक्रम आएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वनयका बारेमा जहिले पनि प्रश्न चिह्न लाग्दै आएको छ । कार्यान्वयनको पाटोलाई दरिलो बनाउन सके आशा गरौँ, नीति तथा कार्यक्रम राम्रोसँग कार्यान्वयन भएर जानेछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार