पोखरा महानगरको मेयरमा जितेका धनराजको बालकोटमा बढी चर्चा
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार १३:४३:५
११ जेठ,काठमाडौं । नेकपा एमालेले आफ्नो मुख्य सत्रुका रुपमा हेरेको नेकपा एकिकृत समाजवादीका उम्मेदवार धनराज आचार्य पोखरा महानगरपालिकाको मेयरमा विजयी भएपछि उनको चर्चा पाखरासँग भन्दा बालकोटसँग जोडेर हुन थालेकोछ ।
निर्वाचन अघि एमाले अध्यक्ष ओलीले दिएका तुच्छ अभिव्यक्तिको जवाफ उनले फर्काएकाले पनि उनी बालकोटतिर बढी चर्चामा छन् । पार्टी विभाजनपछि एकिकृत समाजवादी रोजेका उनी अहिले पोखराको मेयरमा एमालेका उम्मेदवारलाई हराउँदै विजयी भएका छन् ।
प्रमुखमा विजयी आचार्यले जन्मदेखि मृत्युसम्मका दर्ता प्रक्रिया निःशुल्क गर्ने घोषणा पनि गरेका छन् । उनले विजयी घोषणा भए लगत्तै यस्तो बताएका हुन् ।
आचार्य नेकपा एमालेका कृष्ण थापालई ६ हजार ४५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । उनले ५८ हजार ८९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८४८ मत पाए । एकीकृत समाजवादीका आचार्यलाई गठबन्धनले साझा उमेदवार बनाएको थियो ।
उपप्रमुखमा भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनी ६० हजार ५४६ मतसहित निर्वाचित भएकी हुन् । उनकी निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत प्राप्त गरिन् । रानाभाट गुरुङभन्दा ३ हजार ८८३ मत पछि परिन् ।
देशकै महत्वपूर्ण महानगर पोखराको मेयरमा आचार्य निर्वाचित हुँदा त्यसको चर्चा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटसम्म पुगेको छ । आचार्य नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालका लागि एमाले अध्यक्ष ओलीलाई जवाफ फर्काउने गतिलो माध्याम पनि बनेका छन् ।
एमालेको पार्टी राजनीतिमा तीन दशकबढी सक्रिय उनले लाभको पदको टिकट कहिल्यै पाएनन् । पोखरामा धु्रवीकृत ओली गुटले उनलाई एमालेमा रहँदा कहिल्यै अगाडि बढाएन । तर, उनले माधव नेपालको साथ छाडेनन् । दुईदुई पटकको संसद विघटन देखि एमालेमा विग्रह देखिएर समानान्तर कमिटी गठन हुँदासम्म उनी माधव नेपालकै पक्षमा उभिए र उनलाई गण्डकीको राजधानीबाट समर्थन दिए ।
पछि एमाले नै फुट्यो, फुटेको एमालेमा धेरै नेता गएनन्, तर माधव नेपालको नेकपा एकीकृत समाजवादीलाई उनले कास्कीबाट थामिदिए । त्यही उपक्रममा बनेको गठबन्धनले पोखराको प्रमुख समाजवादीलाई दियो । त्यही समाजवादीबाट देशकै ठुलो महानगरको अभिभारा पाँचवर्षको लागि आचार्यको काँधमा आएको छ ।
आचार्यले २५ वर्षदेखिको एमाले विरासतलाई भत्काउँदै मेयरमा निर्वाचित भएका हुन् । यसअघि थापा ०५४ मा एमालेबाट तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । ०७४ मा एमालेकै मानबहादुर जीसी महानगरको मेयरमा निर्वाचित भएका थिए । यसअघिको निर्वाचनमा एमालेले जितेका वडासमेत यसपल्ट गुमाएको छ ।
पहिला ३३ मध्ये २२ वटा वडा जितेको एमाले यसपल्ट ९ वटामा खुम्चिएको छ । कांग्रेसले पहिला ११ वटा जितेकोमा यसपल्ट २३ वटा पु¥याएको छ । पोखराको वडा नम्बर २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल निर्वाचित भएका छन् । उनी कांग्रेस र माओवादी केन्द्रको समर्थनमा चुनाव लडेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार