एमालेका उमेदवारलाई हराउँदै रूपन्देहीको तिलोत्तमा कांग्रेसका खाँण विजयी
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शुक्रबार १६:२७:३९
१३ जेठ, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणका भाई रामकृष्ण खाँण विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार मोहन चापागाइँलाई हराएका हुन् ।
तिलोत्तमामा खसेको ६४ हजार ७२० मतमध्ये कांग्रेसका खाँणले २४ हजार ३९६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका चापागाइँले २३ हजार ६३१ मत ल्याएका छन् । नवनिर्वाचित मेयर रामकृष्ण खाँणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
उपप्रमुखमा भने एमालेकी जागेश्वरी चौधरी भारी मतान्तरसहित विजयी भएकी छन् । चौधरीले २३ हजार ८६ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका हेमन्त पाण्डेले ११ हजार ५४६ मत ल्याएका छन् ।
तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृह नगर र एमालेका उपाध्यक्ष बिष्णु पौडेलको निर्वाचन क्षेत्र हो । तिलोत्तमामा ०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो ।
१७ वडा रहेको तिलोत्तमा नगरपालिकामा वडा नम्बर २, ३, ५, ६, ९, १३, १४, १६ र १७ मा नेपाली कांग्रेस विजयी भएको छ । १, ४, ७, १०, ११, १२ र १५ मा नेकपा एमाले निर्वाचित भएको छ । तिलोत्तमामा कांग्रेस र माओवादीको तालमेल थियो ।
मतपरिणाम सार्वजनिक लगत्तै पत्रकारहरुसँग उनले आफ्ना एजेण्डालाइ मतदाताले सदर गरेकोभन्दै अब सबैलाई मिलाएर काम गर्ने बताए । शासकको रुपमा नगरपालिकामा नबस्ने भन्दै उनले जनताकै सेवामा केन्द्रित रहने र बाँकी जीवन पनि नगरबासीकै सेवा गरेर बिताउने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि, अमेरिकी डलर उच्च बिन्दुमा
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार