१२ युवालाई झोलङ्गे पुल निर्माण तालिम
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार २१:५१:११
१५ जेठ, दैलेख । पूर्वाधार विकास कार्यालयको आयोजनामा जिल्लाका नौ गाउँपालिकाका १२ युवालाई झोलङ्गे पुल निर्माणसम्बन्धी तालिम प्रदान गरिएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लाका नौ स्थानीय तहका उपभोक्ता समितिका पदाधिकारी चौबिस र मिस्त्री चौबिस गरी ४८ महिला/पुरुषलाई नमूना झोलुङ्गे पुल निर्माण तालिम दिइएको कार्यालयका निमिक्त प्रमुख प्रभाकरप्रसाद सिंहले जानकारी दिएका छन् ।
उहाँका अनुसार ग्रामीण विकास सेवा केन्द्रको साझेदारीमा प्राविधिक सहयोगी संस्था हुरन्डेक इन ज्वाइन्ट भेन्चर विथ सेवक जेभी नेपाल र टिबीयसयू/हेल्भेटासको सहयोगमा उक्त कार्यालयबाट जिल्लामा १२ झोलुङ्गे पुल निर्माण हुँदै छ । आर्थिक वर्ष २०७९/८० भित्र निर्माण गरिसक्नुपर्ने झोलङ्गे पुलका लागि आठ दिने तालिम प्रदान गरिएको हो । निर्माण हुनलागेका जिल्लाका ती पुलका लागि १२ वटै उपभोक्ता समिति गठन भइसकेको छ ।
सोही उपभोक्ता समितिका पदाधिकारी दुई/दुईजना तथा प्रत्येक पुल निर्माण आयोजनाका दुई/दुई मिस्त्री गरी ४८ जनालाई तालिम प्रदान गरिएको हो । ग्रामीण विकास सेवा केन्द्रका कार्यक्रम संयोजक नवीन शर्माले बताए । उनका अनुसार दुई वर्षको अवधिमा जिल्लाका आठबिस र चामुण्डाबिन्द्रासैनी नगरपालिकाका साथै ठाटिकाँध, भैरवी, नौमुले, भगवतीमाई, डुङ्गेश्वर र गुराँस गाउँपालिका र महाबू गाउँपालिकाका विभिन्न स्थानमा गरी कूल १२ वटा झोलङ्गे पुल निर्माण हुँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार