संघीय संसदमा बजेट भाषण सुरु, विकास र समृद्धिको आकांक्षामा केन्द्रित भएको अर्थमन्त्रीको भनाई
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार २२:१४:१०
१५ जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गरेका छन् । मन्त्री शर्माले संघीय संसदका राष्ट्रिय सभा र प्रतिनिधिसभाको आइतबारको संयुक्त बैठकमा बजेट पेस गरेका हुन् ।
अर्थमन्त्री शर्माले बजेटलाई ’आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितिकरणबाट समावेशितातर्फको प्रस्थान बजेट’का रुपमा ल्याएको बताएका छन् । शर्माले सबै नागरिकको विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्ने गरी बजेट ल्याएको बताएका छन् ।
मन्त्री शर्माले आगामी आर्थिक वर्ष ०७९÷८० को बजेट प्रस्तुत गर्दै गरिबीको रेखामुनि रहेका तथा विभेद र बहिष्करणमा रहेको वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई केन्द्रमा राखेर बजेट बनाएको बताए । उनले भन्,‘गरिबीको रेखामुनि रहेका तथा विभेद र बहिष्करणमा रहेका वर्ग, क्षेत्र, लिङ्ग, जाति र समुदायलगायत सबै नागरिकको विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्न बजेट केन्द्रीत गरेको छु ।’ भने ।
उनले गठबन्धन सरकारका साझा न्यूनतम कार्यक्रम, संघीय सांसद र प्रदेश तथा स्थानीय सरकारको माग र सुझावमा आधारित भएर बजेट बनाएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि, अमेरिकी डलर उच्च बिन्दुमा
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार