आफ्नै कपाल खाने लतमा परेकी महिलाको पेटबाट निकालियो ‘कपालको बल’
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार १८:४:४८
१८ जेठ, न्युयोर्क । अमेरिकामा आफ्नै कपाल तानेर खाने लतमा परेकी एउटी महिलाको पेटबाट ठूलो ‘कपालको बल’ निकालिएको छ । उनको आन्द्राभित्र कपालको गुजुल्टो बेरिएर एउटा बल नै बनेको थियो । वाकवाक तथा बान्ता हुने र पेट अत्यधिक सुन्निएपछि उनीे अमेरिकाको एउटा अस्पताल पुगेकी थिइन् । उनलाई खानेकुरामा रुची घटेको थियो, जसका कारण पछिल्लो ८ महिनामा उनको १५ पाउन्ड तौल घटेको थियो ।
नाम सार्वजनिक नगरिएकी ती महिलालाई जाँच गरेपछि चिकित्सकहरूले तत्काल शल्यक्रिया कक्षमा लगेका थिए । शल्यक्रिया गर्दा उनको पाँचन नलीमा एउटा कपालको गुजुल्टो फेला परेको थियो । कपालको सानो ‘पुच्छर’ उनको आन्द्रामा फसेको थियो । अर्को चार सेन्टिमिटर कपाल आन्द्रभित्र बेरिएको थियो । ३८ वर्षीया ती महिला दुर्लभ रापुन्जेल सिन्ड्रोमबाट पीडित भएको चिकित्सकले बताएका छन् ।
मेडिकल जर्नलमा प्रकाशित रिपोर्टअनुसार यस्तो सिन्ड्रोम भएका व्यक्तिले आफ्नै कपाल तान्छन र कतिपय अवस्थामा तानेको कपाल खाइदिन्छन् । पेटभित्र जम्मा भएका कपालले उनलाई नराम्रो असर गरेको थियो ।
उनमा वाकवाक हुने, बान्ता आउने, पेट फुल्ने र तौल घट्ने जस्ता लक्षण देखिएका थिए । शल्यक्रिया गरी पेटबाट कपालको ठूलो गुजुल्टो निकालेपछि उनी ६ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । चिकित्सकहरूले उनलाई मनोवैज्ञानिक थेरापी गर्न सुझाव दिएका छन् ।
युवतीलाई कुपोषणको उपचारसमेत गरिएको थियो । चिकित्सकले उनलाई अण्डा र कुखुराको मासुजस्ता प्रोटिनयुक्त खाना र दैनिक खानेकुरामा आइरन खान सुझाव दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार