गर्मी बढेसँगै गहौं प्राथमिक अस्पतालमा बिरामीको चाप
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार १८:२७:५९
२५ जेठ, वालिङ । मौसममा आएको परिवर्तनसँगै वालिङस्थित गहौं प्राथमिक अस्पतालमा दैनिक बिरामीको चाप बढेको छ । केही दिन यता गर्मी बढेसँगै विभिन्न रोगका बिरामी अस्पतालमा उपचारका लागि आउनेक्रम बढेको सूचना अधिकारी उदय पौडेलले जानकारी दिए ।
“सामान्यतया दैनिक १५० देखि २०० ले सेवा लिनुहुन्छ”, उनले भने, “मौसम परिवर्तनसँगै अहिले दैनिक ३०० बढीले सेवा लिन थालेका छन् ।” उपचारमा आउने बिरामीमा बढी ज्वरो र झाडापखाला, बान्ता लगायतका छन् ।
“मौसम परिवर्तन, दुषित खानेपानी तथा खानपानमा ध्यान नदिँदा ज्वरोको प्रकोप फैलिएकोले पानी शुद्धिकरण गरेर खाने, बासी सडेगलेका वा बाहिर जहाँ पायो त्यहीँको खानेकुरा नखान सुझाव दिएका छौँ”, उनले भने, “अस्पतालमा स्याङ्जासहित दक्षिण पर्वतका केही भेगका बासिन्दाले प्रत्यक्ष सेवा लिन्छन् ।”
बिरामीको अवस्था हेरेर केहीलाई अस्पतालमै भर्ना गरेर उपचार गर्ने गरिएको छ । केहीलाई औषधि र आवश्यक परामर्शसहित घरमै सुरक्षित रहन अनुरोधसहित पठाउने गरिएको छ । उपचारमा आउने बिरामीमा विशेष गरी ज्वरो आउने, खोकी लाग्ने, खान मन नलाग्ने, शरीर दुख्ने, बान्ता हुने, झाडापखला, आउँ, टाइफाइडका लक्षणहरु भेटिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार