फोहोर पठाउन महानगरलाई सास्ती, लोड भएका ट्रक चालकसँग वार्ता जारी
नेपालबहस संवाददाता
जेठ २६, २०७९ बिहिबार १७:४३:४४
२६ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा पठाउन थप समस्या देखिएको छ ।उताबाट स्थानीयले अवरोध गर्दै जोखिम मोलेर कुनैपनि फोहोरका गाडी नपाठाउन चेतावनी दिएका छन् भने याता गाडी चालकहरु फोहोर लिएर जान मानिरहेका छैनन् ।
बिहानदेखि फाहोर पठाउन काठमाडौं महानगरपालिकाले जारी राखेको प्रयास निष्कर्षमा पुग्न सकेको छैन । विवाद नमिलेका कारण सो क्षेत्रका स्थानीयले गरेको अवरोधपूर्ण आन्दोलनले बुधबार फिर्ता भएका ट्रकहरु काठमाडौंमै थन्किएका छन् ।
काठमाडौं महानगरपालिकाले फोहोर पठाउन ट्रक चालकहरुसँग वार्ता भइरहेको जानकारी दिएको छ । प्रहरी सुरक्षामा पनि फोहोर विसर्जन स्थलसम्म जान चालकहरु मानिरहेका छैनन् । अहिले पनि वार्ता भइरहेको बताइएको छ ।
बुधबारको झडपका कारण चालकहरु हिचकिचाइरहेका छन् । पेट्रोल बम प्रहार गरेर त्यहाँ जानसकिने अवस्था छैन भनिरहेका छन । गत सोमबार शहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलको रोहबरमा त्रिपक्षीय सम्झौता भएको थियो । काठमाडौंमा भएको सहमतिले माग पुरा नभएको भन्दै स्थानीयले आन्दोलन गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार