ताप्लेजुङमा पाँच दिने औद्योगिक तथा पर्यटन मेला सुरु
नेपालबहस संवाददाता
जेठ २६, २०७९ बिहिबार १९:३१:३९
२६ जेठ, फुङ्लिङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाँच दिने औद्योगिक तथा पर्यटन मेला आजदेखि सुरु भएको छ । जिल्लाको पर्यटन, लघु–घरेलु उत्पादनको प्रवद्र्धन साथै बजारीकरण गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङकोे आयोजनामा पहिलो पटक मेला आयोजना गरिएको हो ।
महासङ्घ ताप्लेजुङका सचिव हर्कराज गुरुङले स्थानीय उत्पादनलाई बजारीकरण गरी संलग्न उद्यमीको आयआर्जन वृद्धि गर्न साथै प्रतिस्पर्धात्मक उत्पादनमा जोड दिने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिनुभयो । औद्योगिक तथा पर्यटन मेलामा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीको ३० प्रदर्शनी कक्ष छ ।
आफ्नो उत्पादन बजारीकरण र प्रचारप्रसार गर्नका लागि पाँचथर, इलाम, तेरथुम र सङ्खरसभा जिल्लाबाट पनि उद्यमी ताप्लेजुङ आइपुग्नुभएको आयोजकले जनाएको छ । कृषि, जडीबुटी, वन, पशु तथा पर्यटनसम्बन्धी जानकारी साथै अवलोकन गर्न सकिने सचिव गुरुङले जानकारी दिए ।
यस्तै मौलिक तथा स्थानीय खाद्य महोत्सव, खाँडी, अल्लो, ढाका तथा स्थानीय वेषभूषाको प्रदर्शनी रहने छ । पर्यटन तथा औद्योगिक फोटो प्रदर्शनी, औद्योगिक कविता वाचन प्रतियोगिता तथा नाटक मञ्चन, चोयाको डोको र गजेरा बुन्ने सीपमूलक तालिम, प्रदेशस्तरी औद्योगिक छलफल तथा अन्तक्र्रियासमेतको आयोजना गरिएको महासङ्घका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिए।
उद्योग श्रम तथा रोजगार मन्त्रालय प्रदेश १, घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ, फुङ्लिङ नगरपालिका लगायतको सहयोग रहेको आयोजकले जनाएको छ । मेलाको अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागितामा साङ्गीतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
पृथ्वी नारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार