झुटा विवरण उल्लेख गरी जर्नल प्रकाशित, परिषद्मा उजुरी
नेपालबहस संवाददाता
जेठ २६, २०७९ बिहिबार २२:२०:५३
♦शरद् शर्मा
२६ जेठ, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिताविपरीत स्वास्थ्य क्षेत्रमा विभिन्न अध्ययन अनुसन्धान भएको पाइएको छ । स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धानका लेख र रचना प्रकाशित गर्दा परिषद्को आचारसंहिताविपरीत गरेको जनाउँदै १० भन्दा बढीमा उजुरी परेको छ ।
परिषद्को आचारसहिंता अनुगमन तथा मूल्याङ्कन शाखाका प्रमुख नमिता घिमिरेले परिषद्को आचारसंहिता उल्लघङ्न गरेर विभिन्न जर्नलमा अनुसन्धानात्मक लेख प्रकाशित गरेको बताए । उनका अनुसार उजुरी परेकामध्ये धेरैजसो झुटा विवरण राखेर लेख प्रकाशित भएका छन् ।
हँुदै नभएको परीक्षण प्रयोगशालामा छ, भनेर, अभिभावकको अनुमतिबिना बालबालिकाको परीक्षण, एउटा उद्देश्यका लागि भनेर अनुमति लिए पनि अर्कै विषयमा अनुसन्धान गर्नेजस्ता अनुसन्धानकर्ताले झुटो विवरण प्रकाशित गर्ने गरेको पाइएको उनको भनाइ छ ।
परिषद्लाई प्राप्त भएका ती उजुरीमाथि छानबिन भइरहेको उनले जानकारी दिए । घिमिरेले आचारसहिंता उल्लङ्घन गरी अनुसन्धात्मक लेख प्रकाशित गर्ने अनुसन्धाकर्तालाई परिषद् ऐनअनुसार अनुसन्धानमा रोक लगाउन सकिने व्यवस्था रहेको जानकारी दिए ।
परिषद्को ऐन २०७४ को दफा १० मा स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्न स्वीकृत लिनुपर्ने र दफा १२ को ९२०मा स्वीकृत नलिइ अनुसन्धान कार्य गरेमा वा स्वीकृत लिई अनुसन्धान कार्य गर्दा तोकिए बमोजिमका शर्त वा परिषद्ले सचेत गराउन वा निश्चित अवधि तोकि त्यस्तो अनुसन्धानको काम गर्न नपाउने गरी रोक लगाउन सक्ने उल्लेख गरिएको छ ।
परिषद्सँग स्वीकृत लिएर वार्षिक ८०० भन्दा बढी स्वास्थ्य क्षेत्रमा अनुसन्धान हुने गरेको पाइएको छ । परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले स्वास्थ्यसँग सम्बन्धित अध्ययन, अनुसन्धान परिषद्को आचारसहिंतामा बाँधिएर गर्नुपर्ने बताउनुभयो । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तिले नेपालमा अनुसन्धान गर्न चाहदा परिषद्को स्वीकृत स्वीकृत लिनुपर्दछ र सर्त राखेर मात्र अध्ययन गर्न दिने बताए ।
“परिषद्को स्वीकृतमा वैज्ञानिक आधारमा स्वास्थ्यसँग सम्बन्धित विषयमा अध्ययन गर्नुपर्दछ” ज्ञवालीले भने, “अध्ययन गर्दा आचारसहिंताविपरीत मानवीय असरपर्ने खालको गर्नुहुँदैन ।” उनले कुनै पनि संस्थाले स्वास्थ्यमा अनुसन्धान गर्दा नियम पालना नगरे निश्चित समयसम्म अनुसन्धानमा रोक लगाउन सक्ने बताए ।
“अनुसन्धानकर्ताले स्वीकृत अनुसार काम नगरे, आचारसहिंताको गम्भीर उल्लङ्घन भयो, गम्भीर मानवीय असर ग¥यो, स्वीकृतबिना नै काम गरेमा कारबाही गछाँै” उनले भने, “कुनै व्यक्तिले ढाँटेर जर्नल प्रकाशित गर्न पाउँदैन ।”
परिषद्का सदस्यसचिव समेत रहका डा ज्ञवालीले अहिले अनुसन्धानको लागि नाम जर्नलमा प्रकाशित गरेर वैज्ञानिक बन्ने चलन बढेकोले त्यसलाई रोक्ने बताए । उनले अनुसन्धानकर्ताले गुणस्तरिय अनुसन्धान गर्नका लागि शैक्षिक योग्यता पनि सोहीअनुसार हुनुपर्ने बताए । “शिक्षासँग तालिम र अनुभव नभएको व्यक्ति अनुसन्धानकर्ता हुन सक्दैन,” उनले भने ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वास्थ्य क्षेत्रको चासोका बिषयमा अध्ययन गर्दा राष्ट्रिय स्वास्थ्यका सम्बन्धमा कतिको फाइदा भयो वा हुन्छ, त्यसबारे पनि हेर्ने गरेको उनले बताए । स्वास्थ्य नीतिमा रहेर स्वास्थ्य अनुसन्धानलाई प्राथमिकतामा राख्ने उनको भनाइ रहेको छ ।
यस्तै परिषद्ले आचारसंहिताको पालना गरे नगरेकोबारे अनुगमन गर्न ‘आचारसहिंता पुनरावलोकन समिति’समेत गठन गरेको छ । समितिलाई कुनै पनि अनुसन्धान गर्न योग्य छ वा छैन, परिषद्को मान्यताअनुसार आचारसहिंता पालना गरे वा नगरेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पालना गरे वा नगरेको तथा अनुसन्धानले स्वास्थ्यलाई हानी हुन्छ कि हुदैन, स्वीकृत गर्ने÷नगर्ने अधिकार रहेको परिषद्को मूल्याङ्कन शाखाप्रमुख घिमिरे बताए ।
यस्तै परिषद्ले विभिन्न ५५ संस्थामा ‘संस्थागत आचारसहिंता पुनरावलोन समिति’ गठन गरेको छ ।
यसैबीच परिषद्ले अनुसन्धानकर्ताको ‘परिचय पत्र’ बनाउने भएको छ । परिषद्का कार्यकारी प्रमुख डा ज्ञवालीले परिचय पत्र बनाउनका लागि छलफल चलिरहेकोले चाँडै नै उपलब्ध गराउने बताए । कम्युटरमा खोल्ने वितिकै “अनुसन्धानकर्ताको परिचय तथा उसका सवै कामबारे जानकारी लिन सकिन्छ” उनले भने, “परिचय पत्रको आधारमा अनुसन्धानकर्ता नक्कली हो वा होइन तथा कुन तहको हो भन्ने कुरा सबै थाहा हुन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार