देउवाले अर्थमन्त्रीलाई बोलाएर भनेः-‘राजीनामा दिएर वातावरण सहज बनाउनुस्’
कुसुम सेञ्चुरी
असार १, २०७९ बुधबार १७:३८:४०
१ असार, काठमाडौं । सडकदेखि सदनसम्म बिरोध भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई बालुवाटार बोलाएर चाँडो राजीनामा दिएर वातावरण सहज बनाउन निर्देशन दिएका छन् । उनले अब राजीनामा बिना देशको राजनीति सहज बाटोमा आउने संकेत नदेखिएको भन्दै अर्थमन्त्री शर्मालाई राजीनामा दिन सुझाएका हुन् ।
प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवाले बुधबार बिहान अर्थमन्त्रीलाई बोलाएर बजेट पारित लगायतका विषयमा छलफल गरेका हुन् । उनले अर्थमन्त्रीमा बसिरहँदा बजेट पास गराउन नसकिने र बजेट ढिलो हुँदा अन्य महत्वपूर्ण अध्यादेशदेखि आगामी निर्वाचनलाई समेत प्रभावित बनाउने भन्दै राजीनामा दिएर बस्न भनेका छन् ।
संसदमा प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीको राजीनामा बिना बैठक चल्नै नदिने र संसदीय समिति बनाएर छानविन गर्न माग गरिरहेका बेला प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई बोलाएर बजेटमा भएको सत्यतथ्यबारे जानकारी लिएका छन् । लामो समयपछि संसदमा क्रियाशील रहेको प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीको राजीनामा मागेपछि प्रधानमन्त्रीसमेत अप्ठ्यारोमा परेका छन् ।
प्रधानमन्त्रीको भनाइबारे स्रोतले भन्यो,‘ मेरो तपाइलाई हटाउने इच्छा थिएन । तर, परिस्थिति बदलिएर आएको छ । छानविन गर्न पनि समय लाग्छ । अहिले धेरै कुराले सरकार समस्यामा परिरहेको बेला तपाईले राजीनामा नदिँदा सरकार र पार्टीहरुलाई पनि समस्या हुन्छ ।त्यसकारण राजीनामा दिएर सहजीकरण गर्नुस् ।’
बुधबार प्रधानमन्त्रीले पछिल्लो समय देखिएका विवादका विषयमा अर्थमन्त्री शर्मासँग प्रश्न गरेका थिए । शर्माले आफुलाई नियोजित रुपमा फसाउन खोजिएको जवाफ दिएका थिए । ‘प्रधानमन्त्रीले बोलाउनु भएको थियो, अर्थमन्त्रालयमा के भएको हो, यसको निकास के हो भन्ने बारेमा प्रश्न गर्नु भएको छ’, स्रोतले भन्यो ।
अनधिकृत व्यक्ति प्रवेश गराएर अर्थमन्त्री शर्माले बजेट निर्माणमा गरेको ‘चलखेल’माथि संसदीय छानविनको माग गर्दै प्रमुख विपक्षी एमालेले संसद अवरोध गरेपछि प्रधानमन्त्रीलाई समेत दबाब परेको छ । अर्थमन्त्री शर्माले ‘वित्तीय अपराध’ गरेको भन्दै एमाले सांसदले बुधबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने जनाएका छन् ।
राजश्व, करका दर परिवर्तन, दायरा निर्धारण गोप्य रूपमा हुनुपर्नेमा अनाधिकृत व्यक्तिको चलखेल भएकोमा संसद र संसदबाहिर तीब्र आक्रोश छ । बजेट निर्माण प्रकृयामा अर्थमन्त्री, दुई अर्थसचिव, दुई सहसचिव तथा भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशकभन्दा एकजना पनि बढी सहभागी हुँदैनन् ।
बजेट तर्जुमा कार्यविधि नै छ । त्यहीअनुसार करको दर परिवर्तन गर्ने, निर्धारण गर्ने काम गरिन्छ । तर अर्थमन्त्रीले एकजना पूर्व नायव सुब्बालाई बजेट निर्माणमा सहभागी गराएको आरोप छ । साथै अर्थमन्त्रीलाई माओवादी अध्यक्ष प्रचण्डले बोलाएर सहजीकरण गरिदिन आग्रह गरेको भएपनि उनले अटेर गरिरहेका छन् । माओवादीभित्र दुई लाइन संघर्ष भैरहेको बेला शर्मालाई बोलाएर प्रचण्डले सहजीकरण गरिदिन आग्रह गरेको स्रोतको दावी छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थप‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार