मुक्त कमलरी सफलताको बाटोमा लम्किदै…
नेपालबहस संवाददाता
असार १७, २०७९ शुक्रबार १८:४०:५१
♦दुर्गा देवकोटा
१७ असार, टीकापुर । नौ वर्षअघि अर्काको घरमा बन्धकजस्तै भएर काम गर्न बाध्य मुक्त कमलरी अहिले अवसरको खोजीमा छन् । मुक्त भएपछि कतिपयले शिक्षा नियमित गरे भने कतिपय परिपक्क उमेर भइसकेकाहरु सीप सिकेर आत्मनिर्भरताको बाटोमा अघि बढेका छन् । सीप सिकाहरु अहिले सक्षम भएका छन् ।
कैलालीको बर्दगोरिया गाउँपालिका–२ बौनियाकी रजनी चौधरीले मुक्त भएपछि एक संस्थाको सहयोगमा तीन महिनाको सिलाइकटाइ तालिम पाए । त्यसपछि थप काम सिकेर दक्ष भएपछि हाल उनले आफैँले सिलाइकटाइ पसल खोलिन ।
धेरैको साथ र सहयोग पाएर रजनी अहिले उद्यमी बन्न सफल भइन् । उनको पसलमा अहिले ६ कामदार छन् र धेरैलाई निःशुल्क सीप दिइरहेकि छिन् । व्यवसायमा स्थापित भएपछि रजनीले अहिले अध्ययनलाई पनि अगाडि बढाइन् ।
“कमलरी मुक्त भएपछि के गरेर गुजारा गरिएला भन्ने पिर थियो, सिलाइकटाइ तालिम पाएँ, तीन महिनामा दक्ष बन्न सकिएन, त्यही पसलमा थप सीप सिकेँ”, उनले भनिन्, “धेरै सहयोगी भेटिए, सहयोग र साथ पाएपछि आफ्नै पसल खोलेँ । आजभोलि आफैँ उद्यमी भएकी छु ।”
उनले आफूजस्ता विपन्न सयौँ किशोरीलाई निःशुल्क सिलाइ सिकाउँदै गरेको बताइन्र
। “निःशुल्क सीप दिनुका साथै, केहीलाई रोजगारी दिएकी छु”, रजनीले थपिन्, “अहिले कमाइ पनि रामै्र छ ।”
यस्तै टीकापुर–२ विजयनगरकी गीता चौधरी पनि सफलताको बाटोमा अघि बढिरहेकि छिन् । विद्यालय उमेर कटिसकेकी गीताले तीन महिना बिज्र कक्षा लिए ।
एकैपटक कक्षा ५ मा भर्ना भएर एसएलसी उत्तीर्णपछि भेटनरी उनले अध्ययन गरे । उनले अहिले आफ्नै एग्रोभेट खोल्नुभएको छ । “मैले पढेर यहाँसम्म पुगुला सोचेकी थिइनँ, इच्छाशक्ति र सहयोगी पाए हिम्मत बढ्ने रहेछ”, गीताले भने, “आफ्नै एग्रोभेट छ । अब आफ्ना लागि आफैँले गर्नसक्ने भएकी छु ।”
टीकापुर–१ शिवनगरकी रञ्जिताकुमारी चौधरीले पनि कमलहरी मुक्तपछि १२ कक्षासम्म अध्ययन गरिन् । त्यसपछि उनले नास्ता पसल खोलेकि छिन् ।
त्यही पसलबाट उनको जीवन चलेको छ । “१२ कक्षामाथि पनि पढ्ने रहर थियो तर छात्रवृत्ति पाए हुन्थ्योे”, उनले भनिन्, “नास्ता पसलबाट गुजारा चलेको छ । अहिले स्वतन्त्र जीवन जिउन पाएकोमा खुसी छु ।”
मुक्त कमलहरी सिर्जना चौधरी पनि सात वर्ष कमलरी बस्दासम्म निरक्षर थिइन । पछि साक्षर भएर ५ कक्षामा भर्ना भइन्र
। सिर्जना अहिले स्नातक तह दोस्रो वर्षमा पढ्दै र व्यवसायसमेत गरिरहेकि छिन् ।
“पढाइ पनि नियमित छ । बिहान क्याम्पस जान्छु, दिउँसोको समयमा खाजा पसल चलाएकी छु”, उनले भनिन्, “पसल ठूलो बनाउने योजना थियो तर लगानी गर्नसक्ने अवस्था छैन । सानो भए पनि पढाइ खर्च र गुजारा चलेको छ ।”
कैलालीकै अनिता चौधरीको जीवनसमेत फेरिएको छ । मुक्तपछि विद्यालय पुनः पढ्न पाएकी अनिताले १० कक्षासम्म पढेर व्यवसाय सञ्चालन गरिरहुन भएको छ ।
उनले व्यवसाय विकासमा सरकारको सहयोग भए राम्रो हुन्थ्यो भनिन्, “हामीजस्ता मुक्त कमलरीका लागि सरकारले व्यवसाय सञ्चालनमा अनुदान, सहयोग, थप तालिमजस्ता कार्यक्रम गरिदिएको भए अझ सफल हुने थियौँ ।”
कैलालीकै प्रेमी थारु पनि व्यवसायी बनिन । प्रेमीले सानैमा विवाह गरिन । विवाहलगत्तै सन्तान जन्मियो । प्रेमीका श्रीमान बितेपछि उनि एकल भइन् । अध्ययन पनि पूरा गर्न पाइएन ।
कमलरी मुक्तपछि प्रेमीले पनि खाजा पसल चलाएर गुजारा गरिरहेकि छिन् । “बच्चा साथमा छ, श्रीमान् नरहेपछि बच्चाको जिम्मेवारी पनि मेरै काँधमा छ”, उनले भनिन् , “अहिले यही पसलले हाम्रो जीवन धानिएको छ । मुक्तपछिका केही समय सङ्घसंस्थाले सघाए तर अहिले पनि हामीलाई सहयोग चाहिएको छ ।”
टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह मुक्त कमलरीको सीप विकास र व्यवसायमा सघाउन नगरपालिकाले विभिन्न कार्यक्रम ल्याइने बताए ।
“हामीले श्रम सहकारी गठन गर्ने योजना बनाएका छौँ, हामीले श्रम गरेर जीविका चलाउने नागरिकलाई पालिकाले योजना बनाएर सहयोग गर्ने नीति लिएका छौँ”, उनले भने, “मुक्त कमलरीको संस्थागत र व्यक्तिगत विकासमा पालिका सहयोगी बन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार