इमान्दार गर्भनर अधिकारीलाई हटाउन सत्ता पक्षको बलजफ्ती
नेपालबहस संवाददाता
साउन ३, २०७९ मंगलबार २२:५४:२३
♦ अनुसा थापा/ भक्तपुर
अहिले सडकदेखि सदनसम्म नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्छ भनेर माग उठेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत अधिकारीलाई वालुवाटार बोलाएर राजीनामा दिन निर्देशन दिइसकेकाे समाचार बाहिरिएकाे छ । प्रधानमन्त्रीको सचिवालयले हालसम्म त्यसको कुनै खण्डन गरेको छैन् । उनको राजीनामा माग्नुको पछाडि धेरै कारणहरु छन् ।
अधिकारीले विभिन्न कार्यक्रममा पुगेर नेपालको अर्थतन्त्र श्रीलंकाकै बाटो गइसक्यो भनेर आतंक फैलाउने काम गरे भनिएकाे छ । यही अवस्था रहे मुलुकको अर्थतन्त्र सकिसकेको छ भनेर बारम्बार दोहोर्याएपछि उनी नेकपा एमालेका खंखुर कार्यकर्ता रहेछन् भनेर आरोप लगाइएकाे छ । तर गर्भनर पदमा बसेको यत्रो वर्ष बितिसकेपछि उनको राजीनामा माग हुनुको मुख्यकारण निर्वतमान अर्थमन्त्री जनार्दन शर्माले गर्भनरमार्फत गराउन खोजेको गैह्रकानुनी कामका कारण हो ।
वास्तवमा उनले भनेको धेरै कुरामा सत्यता पनि छ । अधिकारीले सरकार र जनतालाई पहिल्यै खबरदारी गरेका छन् । मुलुक दुर्घटनाको बाटोमा गइसकेको छ, यसलाई बचाउनका लागि सबै एकजुट हुनुपर्छ भनेर उनले भनेका हुन् । यो कुरा सत्तापक्षका दललाई पचेन् । देशको अर्थतन्त्र डुबिसकेको कुरा अधिकांश जनतालाई थाहा छ । व्यापार घाटा, वैदेशिक ऋण र चरम मँहगी अर्थतन्त्र डुबेको प्रमाण हो । एउटै व्यक्तिले पटकपटक एउटै कुरा गर्छ भने त्यसलाई हदैसम्म पुगेर अध्ययन गर्नु राज्यको दायित्व हो । तर, सत्तापक्षले त्यसलाई ख्याल नगरी बुरुकबुरुक उफ्रिने काम मात्र गरिरहेको छ । गर्भनर एमालेको भनेपछि आफ्ना कार्यकर्ता सबै सडकमा उत्रिन्छन् र उनलाई हटाउन सजिलो हुन्छ भन्ने सत्तापक्षीय दलको रणनीति मात्र हो ।
सधैंको राजनीतिक किचलोले देश नडुबाइ छाड्दैन् । अर्थमन्त्री पद पनि यत्तिखेर रिक्त छ । अहिले वित्तीय संस्थामा पैसा निकाल्नेको चाप यत्तिकै छ । गर्भनरले देश श्रीलंका हुनसक्छ भनेपछि सर्वसाधारण अतालिएका छन् । लिन जानेको चाप छ राख्न जाने ठप्प बनेको छ । वित्तीय संस्थाको अवस्था यस्तो नाजुक बनेको छ कि पाँच लाखको चेक साट्न पनि मुश्किल छ । यता, सहकारीले २५ हजार पनि दिन सक्दैन् ।
तर, यस्तै लापरवाहीका कारण भोलि अर्थतन्त्र नै सकियो भने जनताले यिनीहरुको के हालत बनाउछन्, सोचेका छन् ? अर्थतन्त्र कसरी उकास्ने ? देशलाई कसरी बचाउने ? व्यापार घाटा कसरी कम गर्ने ? भनेर दिनहुँ बैठक राखेर छलफल गर्नुको साटो उल्टै आरोप प्रत्यारोप गर्ने काम भइरहेको छ । पूर्व गर्भनर, गर्भनर र अर्थविद्लाई एकैठाँउमा राखेर समाधान खोज्नु सरकारको जिम्मेवारी हो । तर, सत्तापक्ष र विपक्ष दल एकअर्काको खुट्टा तान्ने काम गरिरहेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस प्रधानमन्त्री शेरबहादुर देउवाको हानाथापले मुलुक तहसनहस हुने संकेत देखिन थालिसकेको छ । ओलीको आरोपका कारण अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्यो । यसको बद्ला लिन माओवादी र देउवाले गर्भनर हटाउने प्रयत्न गरिरहेका छन् ।
नेताहरु नै देश सिद्धयाउन लागिपरेका छन् । अहिले बजारमा पैसाको अभाव देखिन थालेको छ । वित्तीय संस्थाबाट कर्जा लिनेले तिर्न सकेका छैनन् । यतिखेर कर्जा ठप्प छ । व्यापार व्यवसाय साम्य बनेको छ । यो सबै विषयलाई अध्ययन गर्दै गर्भनरले यथार्थ कुरा बोलेका थिए । बैंक र फाइनान्स रित्तो अवस्थामा छन् । जनताले वित्तीय संस्थामाथि विश्वास गर्न छोडेको प्रमाण हो यो । यसलाई सहज बनाउनका निम्ति गर्भनरको एकदमै महत्वपूर्ण भूमिका रहन्छ । गर्भनर बलियो भनेर उभिने हो भने अर्थतन्त्र अझै पनि उकास्न बाटो छ । तर, सधैंको राजनीतिक किचलोले देश नडुबाइ छाड्दैन् । अर्थमन्त्री पद पनि यत्तिखेर रिक्त छ । अहिले वित्तीय संस्थामा पैसा निकाल्नेको चाप यत्तिकै छ । गर्भनरले देश श्रीलंका हुनसक्छ भनेपछि सर्वसाधारण अतालिएका छन् । लिन जानेको चाप छ राख्न जाने ठप्प बनेको छ । वित्तीय संस्थाको अवस्था यस्तो नाजुक बनेको छ कि पाँच लाखको चेक साट्न पनि मुश्किल छ । यता, सहकारीले २५ हजार पनि दिन सक्दैन् ।
यता, गर्भनरले विभिन्न १० वटा विलासी वस्तु आयातमा रोक लगाएको छ । विलासी वस्तुमा थप प्रतिबन्ध लगाउनुपर्छ भनेर गर्भनरले कैयौं कोशिस गरेका हुन् । विलासी वस्तु आयातमा रोक लगाएपछि कतिपय व्यापार व्यवसायीले रिस साँधेका छन् । उनीहरु पनि गर्भनर हटाउन मरिहत्ते गरेर लागिपरेका छन् ।
प्रधानमन्त्री देउवाले गर्भनरलाई बोलाएर तपाई यस्तो कुरा नबोल्नुस, राजीनामा दिनुस भन्ने कुरा बाहिरिएपछि जनता थप सशंकित भएका छन् । कतिपय वित्तीय संस्थाले टोकन सिस्टम लागु गरेको छ । बैंकले एकदिनमा एक लाख रुपैयाँ नदिने भनेको छ । सहकारीले दैनिक पाँच हजारभन्दा नदिने भनिसकेको छ । बजारमा के भइरहेको भनेर प्रधानमन्त्री आफैपनि अनविज्ञ देखिन्छन् । देशको अवस्था के हुन्छ उनलाई केही जानकारी नै छैन् ।
अर्थतन्त्र कतातिर गइरहेको छ यसतर्फ पनि प्रधानमन्त्रीको अलिकति पनि चासो छैन् । उद्योग व्यवसायी र जनता सबैले नेपालको अर्थतन्त्र श्रीलंका हुन्छ भनेर बोलिरहेका छन् । उद्योगी शेखर गोल्छाले समेत कतिवटा कार्यक्रममा यो कुरा भनिसकेका छन् । भुरादेखि बुढासम्मले यही कुरा भनिरहेका छन् । अब सरकारले क–कसलाई कारबाही गर्छ ? गर्भनरले मात्र होइन् हरेक जनताले यो कुरा बोलेका छन् । कारबाही नै गर्ने हो भने सबै जनतालाई पनि गर्नुपर्यो । किन गर्भनर मात्र निष्कासित गर्ने ?
हावादारीको भरमा बोलिरहेका छन् । भोलि कसैले ५० करोड ऋण लिएर शेयरमा लगानी गर्यो र त्यो डुब्यो भने त्यसको जिम्मा कसले लिने ? गगन थापाले लिने ? शेयर भनेको बर्खाको भल जस्तै हो । तीन महिना आँउछ फेरि सुख्खाराम । अधिकारीलाई हटाएर कांग्रेसकै ल्याउनका लागि यो योजना रचिएको छ । सरकारले आफ्नो पद जोगाउनका लागि साँचो कुरालाई ढाकछोप गर्न खोजिएको छ ।
ऐनकानूनले सरकारी कर्मचारी कुनै पनि राजनीतिक पार्टीको सदस्य हुन नपाउने भनिएको छ । तर, कुनचाहि सरकारी कर्मचारी यहाँ चोखो छन् ? हरेक सरकारी कर्मचारीले राजनीतिक पार्टीको सदस्यता लिएका छन् । राजनीतिक पार्टी आफैले पनि संगठन खोल्न लगाएका छन् । देशको अर्थतन्त्र यसरी डुब्नुको कारण शेयर र घरजग्गामा जथाभावी गरिएको लगानी हो । बैंक र फाइनान्सले दिएकाे कर्जा उठाउन सकेन् ।
सरकारले पनि यी क्षेत्रमा लगानी गर्न कानून बनाउन सकेन् । जसले गर्दा देश र जनता दुवै नराम्ररी भोग्नुपर्यो । यता, गर्भनरले विभिन्न १० वटा विलासी वस्तु आयातमा रोक लगाएको छ । विलासी वस्तुमा थप प्रतिबन्ध लगाउनुपर्छ भनेर गर्भनरले कैयौं कोशिस गरेका हुन् । विलासी वस्तु आयातमा रोक लगाएपछि कतिपय व्यापार व्यवसायीले रिस साँधेका छन् । उनीहरु पनि गर्भनर हटाउन मरिहत्ते गरेर लागिपरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हालैमात्र सदनमा उभिएर लामो भाषण गरेका थिए । गर्भनरले शेयरका लागि निश्चित कर्जा तोक्दा शेयर लगानीकर्ता डुबेको उनको आरोप छ । गर्भनरले एक वर्षअघि चार करोडदेखि १२ करोड कर्जाको सीमा तोकेका छन् । गगनले त्यसलाई हटाउनुपर्छ भनेर माग गरेका थिए । योबाट कति विकृति निम्तिन्छ उनले अड्कलबाजी पनि गरेका छैनन् । हावादारीको भरमा बोलिरहेका छन् । भोलि कसैले ५० करोड ऋण लिएर शेयरमा लगानी गर्यो र त्यो डुब्यो भने त्यसको जिम्मा कसले लिने ? गगन थापाले लिने ? शेयर भनेको बर्खाको भल जस्तै हो । तीन महिना आँउछ फेरि सुख्खाराम । अधिकारीलाई हटाएर कांग्रेसकै ल्याउनका लागि यो योजना रचिएको छ । सरकारले आफ्नो पद जोगाउनका लागि साँचो कुरालाई ढाकछोप गर्न खोजिएको छ ।
यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल देशको अर्थतन्त्र सोत्तर भइसक्दा पनि घुमघाममै व्यस्त छन् । कहिले चीन त कहिले भारतको दलालीको भूमिका निर्वाह गरिरहेका छन् । देशको अर्थतन्त्र सिद्धिसक्दा पनि सबैलाई आफू कसरी पद खाइरहने, भ्रष्ट्राचार गरिरहने मात्र छ । यस्तै पारा हो भने जनता अब ठूला नेताको घर छिर्छन् । बालुवाटार र शीतलनिवास घेर्न पनि बेर लाग्दैन् । सरकारको विरोधमा सडकमा आउन जनता तयार भइसकेका छन् ।
सरकार गलत बाटोतिर हिडेको थाहा पाँउदा नागरिक समाज, संघसंस्था र अर्थविद्हरु मौन बसेका छन् । यहाँ पनि आर्थिक चलखेल भएको बुझिन्छ । विद्यार्थी संगठन पनि सडकमा आउन बेर भइसकेको छ । राजनीतिक दलको कार्यकर्ता होइन् देशको जनता भएर सोचौं । देशको अर्थतन्त्र जोगाउन पनि सबै नागरिक एकजुट हुन जरुरी छ ।
हाम्रा देशका नेताहरुले भ्रष्ट्राचार गरेको रकम सबै विदेशी बैंकमा लगेर राखेका छन् । केही गरी देशको हालत डामाडोल भयो भने यिनीहरु पनि देश छोडेर भाग्छन् । अबको केही दिनमा सरकारको दुर्दशा सुरु हुदैछ । जनताले आँधीबेरी ल्याँउछन् । सुरक्षाकर्मीले पनि जनता रोक्न सक्दैनन् । मँहगी र बेरोजगारीले जनता भोकै मर्नुपर्ने स्थिति बनेको छ । अहिलेसम्म जनता चुप लागेर सहेर बसेका थिए । तर, अबको अवस्था ठ्याक्कै फेरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार