वितण्डा मच्चाएका अर्थमन्त्री : शर्मालाई नैतिकताको कसीले यसकारण छुन सकेन्
कुसुम सेञ्चुरी
साउन १६, २०७९ सोमबार १६:५०:२९
१६ साउन, काठमाडौं । आइतबार साँझ ५ बजे राष्ट्रपति शितलनिवासमा अर्थमन्त्री जनार्दन शर्माको पुर्ननियुक्तिको शपथ हुँदै थियो । उनी अर्थमन्त्रालय फर्कने भएपछि दिउँसोदेखिनै सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी शुरु भएका थिए । राजनीतिकर्मीदेखि बौद्धिक क्षेत्रले पनि उनको विषयमा टिका टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा उनको विगत र अहिलेको अवस्थाबारे तुलना गर्न थालिएको थियो ।
सत्तापक्ष नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले आइतबार साँझ उनको पुर्ननियुक्तिलाई लिएर तिखो टिप्पणी गरेका छन् । ‘अर्थमन्त्रीको रुपमा जनार्दन शर्माको पुनर्नियुक्ती राष्ट्रिय अपराधप्रतिको नजरअन्दाज र उदासिनता हो। हाम्रो समाजमा समान्य चोरी-डकैतीलाई सख्त कारवाही गर्ने कानूनी प्रबन्ध छ। तरआज राष्ट्रमा गम्भीर अपराध गर्ने शर्माको पुनरागमन लोकतन्त्रमाथिको उपहास हो। लोकतन्त्रमा जेपनि गर्न पाइन्छ र ?’, उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन् । सायद उनको विगत सम्झेर घिमिरेले सो ट्वीट गरेको हुनुपर्छ ।
उनको विगतलाई हामीले हेर्ने हो भने ऊर्जा मन्त्रालयको नेतृत्व गर्दा शर्माले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी सीजीजीसीलाई दिने सम्बन्धमा गरेको सम्झौता पनि विवादित छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारको अन्तिम मन्त्रिपरिषद बैठकले ९ जेठ, २०७४ मा बूढीगण्डकी जलविद्युत् परियोजना निर्माणका लागि बिना प्रतिस्पर्धा चाइना कचौपा ग्रुप कर्पोरेसन (सीजीजीसी) लाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो ।
त्यसको १२औं दिनमा राजीनामा दिइसकेका सरकारका ऊर्जामन्त्री जनार्दन शर्माले सीजीजीसीका अध्यक्ष ल्यू चस्याङसँग प्रधानमन्त्री निवास बालुवाटार पुगेर यो परियोजनाको निर्माणको जिम्मा सीजीजीसीलाई दिने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । यसरी विभिन्न कालखण्डमा उनको विगत राम्रो छैन । खासगरी शिविरमा लडाकुहरुको अरबाैं रकम भ्रष्टाचार गरेको आरोपपनि उनी माथि कायमै छ । यसर्थ उनको नैतिकताको कसी यसकारण पनि कमजोर बन्दै गएको छ ।
०००
आरोप लागेको २५ दिनपछि अर्थमन्त्रीका रुपमा जनार्दन शर्मा मन्त्रालय पुगेर स्वागतको माला थापे । स्वागतको माला लगाउनेमा यसपटक राजश्वसचिव कृष्णहरि पुस्कर मात्रै थिए । अर्थमन्त्रालयमा दुईवटा सचिव छन् । पुस्करका अतिरिक्त मधु मरासिनी, उनी भने शनिवार नै पोखरातिर लागे । संभवत अब उनी अर्थमन्त्रालय फर्किदैनन् । अर्थमन्त्रीका रुपमा शर्मा विवादित बन्दै गएपछि मरासिनी घर बिदामा बसेका थिए । शर्माले राजीनामा दिए लगत्तै उनी पुनः मन्त्रालयमा हाजिर भएका थिए । तर आइतबार मन्त्रीको स्वागतमा देखिएनन्, शर्माले पनि खोजी गरेनन् ।
०००
गठबन्धनको सरकार बन्नु अघि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार थियो । त्यो सरकार हटाउनका लागि जेजति आरोप लगाइएको थियो, त्यो आरोप पुष्टि गर्नुको साटो गठबन्धन सरकारले अझ बढी कमजोरी गर्दै गएको छ । अर्थमन्त्री शर्माको पुर्ननियुक्तिले कमजोरीलाई बढवा दिएको प्रष्ट हुन्छ । तत्कालीन ओलीको समयमा सरकारमा रहेका दुई मन्त्रीले आरोप लाग्नेवित्तिकै सरकारबाट राजीनामा दिएर बाहिरिएका थिए । ओली सरकारमा मन्त्री भएका शेरबहादुर तामाङ र गोकुल बाँस्कोटाले आरोप लाग्ने वित्तिकै पदबाट राजीनामा दिएर सहजीकरण मात्रै गरेनन, उनीहरु पदमा पनि फर्केर आएनन् । तर माओवादीका जनार्दन शर्मालाई भने जघन्य आरोप लागेपनि उनलाई छानविन समिति बनाएर चोख्याउँदै पुन अर्थमन्त्रीमा नियुक्ति दिइयो ।
०००
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीमा शर्मालाई पुन दोहोर्याएरपछि उनलाई राम्रो काम गर्ने भन्दा पनि गल्ती गर्न थप सहयोगी भएको छ । जसो गरेपनि उन्मुक्ति पाउने भएपछि शर्माका लागि अब झन् अर्थमन्त्रालयमा मनपरी गर्ने बाटो खुला भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ९ पुष्ठको अहमति प्रकट गर्दे गर्दा शर्मालाई अर्थमन्त्रीको जिम्मेवारी दिई एमालेलाई चुनौति दिएपनि त्यसलाई प्रचण्डले इगोको रुपमा लिएर शर्मालाई अर्थमन्त्री बनाइयो । नैतिकताको आधारमा शर्मा आफैले पनि सो पद अस्वीकार गर्न सक्थे तर उनले त्यसो नगरी आइतबार साँझ शपथ लिए ।
०००
उनले अघिल्लो सरकारमा रहेका मन्त्रीहरुलाई लागेको आरोपलाई समेत ख्याल नगरी खुरुक्क गएर शपथ लिएका थिए । २०७५ सालमा शेरबहादुर तामाङले बंगलादेशमा पढ्ने नेपाली छात्राहरूको विषयमा गरेको टिप्पणीलाई आधार मानेर राजीनामा दिएका थिए । तत्कालीन कानुनमन्त्री तामाङले राजीनामा दिएका थिए । बंगलादेशमा एमबीबीएस पढ्न जाने नेपाली छात्राले प्रमाणपत्र पाउन आफूलाई सुम्पनुपर्ने अभिव्यक्ति दिएपछि विवादमा परेका थिए । ‘मलाई पदभन्दा प्रतिष्ठा प्यारो छ, त्यसैले राजीनामा गर्दैछु,’ तामाङले राजीनामा दिदै गर्दा भनेका थिए । तर शर्माको हकमा भने त्यो लागु भएन ।
०००
२०७६ सालमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीका नेपाली एजेन्ट विजय मिश्रसँग कमिशनको बार्गेनिङ गरेको अडियो बाहिरिएको थियो । अडियोमा उनले करोडौँ रुपैयाँ कमिशन मागेको, आफूमातहतका कर्मचारीबारे अपशब्द प्रयोग गरेको भनिएपछि उनी काठमाडौबाहिर रहेका बेला मन्त्रालय नै नगई राजीनामा दिएर बाहिरिएका थिए । तत्कालिन मन्त्री बाँस्कोटाले आराेप प्रमाणित गर्न चुनौति दिएका थिए । बाँस्कोटाले अहिले पनि सरकारलाई आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । शर्माले त्यसबाट पनि पाठ सिक्न सकेनन ।
०००
२०७६ सालमै संसद सचिवालयकी एक महिला कर्मचारीले सभामुख कृष्णबहादुर महराविरुद्ध यौन दुर्व्यवहारको आरोप लागेपछि उनले राजीनामा दिएका थिए । उनले पछि अदालतबाट सफाइ पाए तर पनि सामाजिक सञ्जालमा उनको आलोचना बन्द भएको छैन । माओवादीले महरालाई बचाउन सकेन । तर शर्मालाई बचाउन भने माओवादी अध्यक्ष आफै लागे । शर्माले आफ्नै नेताबाट पनि पाठ सिक्न सकेनन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थप‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार