लागत भन्दा तेब्बर बढी रकम लिएर कामदार मलेशिया पठाउँदै डेस्टिनी प्लेसमेन्ट सर्भिस
नेपालबहस संवाददाता
साउन २६, २०७९ बिहिबार १८:३६:३०
२६ साउन, काठमाडौं । मलेशिया कामदार पठाउने नेपाली म्यानपावर कम्पनीहरुले अन्तर्वार्ता हुन भन्दा अगाडि नै रकम वोलकवोल गरी रकम समेत लिएर अन्तर्वार्ता पास गराउने र कामदार छनोट गर्ने गरेको पाइएको छ ।
म्यानपावर कम्पनी र एजेन्टले प्रति कामदार ३ लाख देखि ३ लाख ५० हजार सम्म लिने गरेका छन् । अफिस रेट ३ लाख राखेर एजेन्टले छुट्टै रकम लिने प्रचलन छ ।
कामदार छनोट नगरी रकम लिएर अन्तर्वातामा सहभागी गराउनु र छनोट गर्नु वैदेशिक रोजगार ऐन २०६४ विपरित र सरकारले लागु गरेको सुन्य लागत विपरितको कार्य हो । अधिकांस म्यानपावर व्यवसायी र एजेन्टहरुले वैदेशिक रोजगारीमा जाने कामदारको सुइको पाउने वित्तिकै पासपोर्ट खिचेर स्वास्थ्य परिक्षण गराउन लगाउने गरेका छन् ।
उनीहरुसँग मलेसियाको डिमाण्ड नै नभए पनि मेडिकल गराएर कामदारलाई अडकाउने गरेका छन् । मलेशियाको स्वास्थ्य परिक्षण ३ महिनापछि मान्यता खारेज हुन्छ,अनि फेरि स्वास्थ्य परिक्षण गराउन म्यानपावर कम्पनी र एजेन्टहरुले दबाब दिने गरेको पिडितहरुले उल्लेख गरे । यो वैदेशिक रोजगारीमा देखिएको विकृति हो । यस्ता सयौंको संख्यामा रहेका विकृतिलाई सरकारले नियन्त्रण गर्ने चासो राखेको छैन ।
वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नं.८८६. ०६७/०६८ का सञ्चालक विदुर ५ नुवाकोटका सुरज के.सी.ले प्रति कामदार ३ लाख लिएर मात्रै अन्तर्वार्तामा सामेल गराएरका छन् । सुरुमै रकम वोलकवोल गरी मलेशिया रोजगारीकोलागि नेपाली कामदार छनौट गर्ने गरेका छन् । यो उनको अफिस रेट हो । एजेन्टले अफिस रेट बाहेक ५० हजार बढी उठाउने गरेका छन् । एजेन्टलाई सम्बन्धित म्यानपावरबाट प्रति कामदार÷प्रति पासपोर्ट १० हजारदेखि २० हजार सम्म कमिसन आउने गर्दछ ।
सञ्चालक के.सी.ले गुण्डागर्दीको शैलीमा रकम असुली रहेका छन् । सुरज के.सी.को म्यानपावर फ्रन्टलाईन रिक्रुटमेन्टमा लगातार कामदार छनौटकोलागि अन्तर्वाता भैरहेको छ । ३ लाख देखि ३ लाख ५० हजार दिन तयार नहुने व्यक्तिलाई अन्तर्वातामा सामेल गराईएको छैन ।
सञ्चालक के.सी.ले ३ लाख भनेपछि फ्रन्टलाईन रिक्रुटमेन्टबाट मलेशिया रोजगारीमा जान लागेका वाङगेल लामाले आफ्नो पासपोर्ट फिर्ता लिन के.सी.को फ्रन्टलाईन म्यानपावर आसपास घुमिरहेका थिए । आँफुलाई उच्च राजनीतिक संरक्षण रहेको धम्की दिँदै गण्डागर्दीकै शैलीमा के.सी.ले पासपोर्ट फिर्ता नदिने,मोटो रकम तिरे रोजगारीमा जान नमान्न कामदारलाई धम्काएरै रकम असुल्ने गरेको श्रोतले दाबी गरेको छ । यी सञ्चालक राजनीतिक छाहारीमा रहेका एक गुण्डा हुन ।
त्यसै गरी वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नं.११५७ का सञ्चालक रुद« खड्काले मलेशिया जाने कामदारसँग चर्को रकम अशुलीरहेको सुचना प्राप्त भएको छ । खड्काले प्रतिकामदार दुई लाख ५० हजार देखि ३ लाख सम्म रकम असुलीरहेका छन् । सुवास खड्का,बिरास खड्का,डेभिड भट्टराई र निश्चल खड्काले नक्कली म्यानपावरको नामबाट रकम असुलीरहेको श्रोतले जानकारी दिएको छ ।
सिनामङ्गल ९ एयरपोर्टमा रहेको मेहन्दी ओभरसिजको ग्राउण्ड फ्लोर पहिलो तल्ला र तेश्रो तल्लामा कन्सलटेन्सी र नक्कली म्यानपावरको नाममा रकम असुली भईरहेको श्रोतले उल्लेख गरेको छ । आँफुलाई कन्सलटेन्सीको सञ्चालक बताउने प्रदिप खत्रीले भारतको वाटो हुँदै नेपाली कामदारहरुलाई क्रोरेसिया,पोल्याण,माल्टा लगायतका मुलुकमा पठाउने गरेका छन् ।
त्यहाँ कुनै कम्पनी वा कन्सलटेन्सीको वोर्ड राखिएको छैन । तर ती २ तल्ला मेहन्दी म्यानपावर होइन । वैदेशिक रोजगार विभाग भने अनभिज्ञ जस्ते रहेको छ । वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नं.१६३ का सञ्चालकहरु सुमन श्रेष्ठ,पार्वती राई गुरुङ,श्याम थापा र शंकर ढकालले मलेशिया रोजगारीमा जाने नेपाली कामदारसँग तीन लाख हाराहारी रकम अशुलेको जानकारी प्राप्त भएको छ ।
सरकारले गरेको सुन्य लागतको सम्झौतालाई व्यवसायीहरुले धोती लगाई दिएका छन् भने राजनीतिक पार्टीका शिर्षस्थ र उच्च ओहोदामा बसेका नेताहरु,तिनका आसेपासेले नै मलेशिया,खाडी लगायत नेपालीहरु वैदेशिक रोजगारीमा जाने विभिन्न मुलुकमा कुटनीतिक मर्यादा विपरित म्यानपावर व्यवसायीसँग मिलेर डिमाण्ड झार्ने र वैदेशिक रोजगारीमा जाने सर्वसाधारण नागरिकसँग ठूलो रकम असुल्न प्रोत्साहन गरी अनियमितता गरेको पाइएको छ । जसले देश र नेपाली जनताको शिर झुकाएको छ ।
गुमनाम संस्थाका सञ्चालक प्रदिप खत्री । मेहेन्दी ओभरसिजको नाममा विभिन्न संस्था र कन्सलटेन्सीको नाममा ठगी गर्दै म्यानपावर सञ्चालक र म्यानपावरका कर्मचारीहरु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार