कति स्थानिय तहले हालसम्म पनि बजेट पेस गरेका छैनन
नेपालबहस संवाददाता
साउन २७, २०७९ शनिबार ३:३०:९
२७ साउन, काठमाडौं । देशका ७५३ त्रिपन्न पालिकामध्ये हालसम्म ६३ स्थानीय तहले चालु आवको बजेट विवरण अझै पेस गरेका छैनन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट गराएपछि चालु आवको कारोबार सुरू भएर भुक्तानी प्रक्रिया सुरू हुनेमा हालसम्म ६३ पालिकाले बजेट विवरण पेस नगरेको मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख रेशम कँडेलले जानकारी दिए ।
मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगराएका स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, बागमती प्रदेशमा चार, लम्बिनीमा दश, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तह छन्।
मन्त्रालयका अनुसार हालसम्म पनि बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये सबभन्दा बढी मधेस प्रदेशका ३९ स्थानीय तह छन्।मधेस प्रदेशमा कूल १३६ वटा पालिका छन्। गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण प्रविष्ट गराइसकेका छन्।
उक्त मन्त्रालयले बजेट प्रविष्ट गराएका स्थानीय तहलाई चाँडै शीर्षकअनुसार मन्त्रालयको बजेट विवरण प्रविष्ट गर्न निर्देशन गरिसकिएको प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले जानकारी दिए।
नियमत स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा ‘६’ मा नगररगाउँसभाले असार मसान्तसम्म आगामी चालु आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने
मंसिर १९, २०८१ बुधबार
सैन्य शासन घोषणापछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
मंसिर १९, २०८१ बुधबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले दियो अनुमती
मंसिर १९, २०८१ बुधबार
माओवादी कसकौ वैशाखी टेक्दैन,आफ्नै खुट्टामा उभिएर लड्छ : प्रचण्ड
मंसिर १९, २०८१ बुधबार
२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बिमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
चितवनमा डेंगु संक्रमण घट्दो क्रममा
मंसिर १९, २०८१ बुधबार