चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, अरबाैँकाे आर्थिक क्षति
नेपालबहस संवाददाता
भदौ १, २०७९ बुधबार २२:१८:१८
१ भदौ, काठमाडौं । विपद्का घटनामा परी पछिल्लो चार महिनामा १५७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि साउन मसान्तसम्मको अवधिमा भएका विपद्का घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।
सो समयमा १ हजार ४२१ वटा विपद्का घटना रेकर्ड भएका थिए । ती घटनामा परी १५७ जनाको मृत्यु, ३ जना वेपक्ता र ३७७ जना घाइते भएको प्राधिकरणले जनाएको छ । बितेको चार महिनामा सबैभन्दा बढीको मृत्यु चट्याङका कारण भएको छ । यसवर्ष चट्याङ लागेर ५६ जनाको मृत्यु भइसकेको छ । चट्याङ लागेर १४९ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार गत वैशाखदेखि साउनसम्म पहिरोमा परी २८, बाढीमा परी ८, सर्पको टोकाईबाट १५, आगलागीमा परी १९, भारीवर्षाका कारण ५, हुरीबतासका कारण ९, जनावरको आक्रमणबाट १६ र वन डढेलोमा परी १ जनाको मृत्यु भएको छ । विपद्का घटनाबाट यस वर्ष १ हजार ८ सय घरपरिवार प्रभावित भइसकेका छन् । पछिल्लो चार महिनामा विपद्का घटनाले ८५ करोड ३७ हजार ८६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।
आगलागीका घटनाले सबैभन्दा ठूलो आर्थिक क्षति गरेको प्राधिकरणको तथ्यांकले देखाउँछ । आगलागीका घटनाबाट यस अवधिमा ७० करोड ९९ लाख ८५ हजार ९६० रुपैयाँको आर्थिक क्षति गरेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार पछिल्लो चार महिनामा पहिरोले ६ करोड ५७ लाख ७७ हजार ७ सय रुपैयाँ, बाढीले १ करोड ७ लाख ४२ हजार रुपैयाँ, चट्याङले ३० लाख ७४ हजार रुपैयाँ, भारीवर्षाले १ करोड ८७ लाख ४२ हजार ८ सय रुपैयाँ, हुरीबतासले २ करोड ५४ लाख ११ हजार ८ सय रुपैयाँ, भूकम्पले ८ लाख ३० हजार रुपैयाँ, जनावरको आक्रमणबाट ३० लाख ८८ हजार ६ सय रुपैयाँ र वन डढेंलोबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।
अघिल्लो वर्ष अर्थात २०७८ सालको सोही अवधि ९वैशाखदेखि साउनसम्म०मा १ हजार ४५४ वटा विपद्का घटना रेकर्ड भएका थिए । ती घटनामा परी १७५ जनाको मृत्यु, ४० जना वेपक्ता र ३८७ जना घाइते भएका थिए । सो अवधिमा विपद्का घटनाबाट १ हजार ९२३ परिवार प्रभावित भएका थिए भने ८९ करोड ४० लाख ४८ हजार ९४२ रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार