आक्रामक “अर्गानिक ग्रोथ” गर्दै एनसीसी बैंक, आव ७८/७९ को रिपोर्ट यसरी भयो लोभलाग्दो ?
आर्थिक संवाददाता
भदौ ५, २०७९ आइतबार १६:२१:५२
५ भदाै, काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) ले आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै सबैलाई चकित बनाएको छ। करिब ५२ प्रतिशतले खुद मुनाफा वृद्धि गर्न सफल याे बैंक निक्षेप र कर्जा प्रवाहमा पनि आक्रामक रुपमा प्रस्तुत भएको छ ।
तरलताले काकाकुल भएको आर्थिक वर्ष ०७८/७९ मा बैंकले २६ प्रतिशत माथि निक्षेप संकलन गर्न सफल भएको छ भने २८ प्रतिशत माथि कर्जा प्रवाह गर्न सफल भएको छ ।
जगेडा कोषको रकम ११ प्रतिशतले वृद्धि गर्न सफल यस बैंकको संचित मुनाफा करिब ७० प्रतिशतले वृद्धि भएको छ । जगेडामा संचित रकम वृद्धि हुनुले बैंकलाई दीर्घकालीन रुपमा बलियो बनाउँदै लैजान्छ ।
खुद मुनाफामा आकर्षक वृद्धि गर्न सफल यस बैंकको प्रतिशेयर आम्दानी पनि ४७ प्रतिशत माथिको वृद्धि भएको छ । प्रतिशेयर आम्दानी वृद्धि हुँदै जानु शेयरधनीको कोणबाट निकै राम्रो मानिन्छ ।
शेयरधनीको हिसाबले निकै महत्वपूर्ण मानिने वितरणयोग्य मुनाफा बैंकले शतप्रतिशत भन्दा धेरै वृद्धि गर्न सफल भएको छ । प्रमुख आम्दानीको श्रोतको रुपमा रहेको खुद व्याज आम्दानी पनि करिब ३२ प्रतिशतले वृद्धि हुँदा बैंकले अर्गानिक ग्रोथ हासिल गरेको बुझ्न सकिन्छ ।
सन् १९९६ मा नेपाल – बैंक अफ सिलोन लिमिटेडको रूपमा दर्ता भएको यस बैंकमा सुरुमा बैंक अफ सिलोन, श्रीलंकाको लगानी थियो । बैंक अफ सिलोनबाट बैंकको शेयर र व्यवस्थापन नेपाली प्रवर्द्धकहरूलाई हस्तान्तरण गरेपछि बैंकको नाम १० सेप्टेम्बर, २००२ मा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, (एनसीसी बैंक) मा परिवर्तन भएको थियो ।
आर्थिक वर्ष ७३/७४ मा ७ प्रतिशत माथि रहेको निस्क्रिय कर्जा अहिले २ प्रतिशत भन्दा कम छ । यसलाई बैंक व्यवस्थापनको ठूलो सफलताको रुपमा लिन सकिन्छ।
बैंकको अध्यक्षमा उपेन्द्रकेशरी न्यौपाने छन् भने अन्य संचालकमा मोहनबहादुर बस्नेत, ईमान सिंह लामा, चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र स्वतन्त्र संचालकमा राजाराम खड्का कार्यरत छन् ।
बैंककाे प्रमुख कार्यकरी अधिकृतमा रमेशराज अर्याल कार्यरत छन् । त्यस्तै नायव प्रमुख कार्यकारी अधिकृतमा बन्दना पाठक, रेवन्त कुमार दाहाल र सन्दिप प्रसाद पाण्डे कार्यरत छन् ।
यस बैंकमा नागरिक लगानी कोषको सर्वाधिक लगानी रहेको छ। बैंकमा कोषको ३ दशमलव ९० प्रतिशत शेयर स्वमित्व रहेको छ । त्यस्तै निर्मल प्रधानको नाममा ३ दशमलव ८७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
बैंकको आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमास र आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :
खुद मुनाफामा आकर्षक वृद्धि :
आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ३३ करोड खुद मुनाफा गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म २ अर्ब २ करोड खुद मुनाफा पुर्याउन सफल भएको छ ।
खुद मुनाफामा करिब ५२ प्रतिशत माथिको वृद्धि भएको छ । सम्पूर्ण वाणिज्य बैंकले औसतमा २३ प्रतिशतको मुनाफा वृद्धि गर्न सफल भएकोमा यस बैंकले औसत भन्दा दोब्बर मुनाफा वृद्धि गर्न सफल भएको छ।
प्रतिशेयर आम्दानीमा आकर्षक वृद्धि :
खुद मुनाफामा आकर्षक वृद्धिको कारणले गर्दा कम्पनीले प्रतिशेयर आम्दानी पनि वृद्धि गर्न सफल भएको छ। प्रतिशेयर आम्दानीमा ४७ प्रतिशत माथिको वृद्धि देखिएको छ । अघिल्लो वर्ष १२ रुपैयाँ ३२ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले १८ रुपैयाँ १५ पैसा छ।
प्रमुख आम्दानीको श्रोतमा करिव ३२ प्रतिशतको वृद्धि :
बैंकहरुको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा करिब ३२ प्रतिशतको वृद्धि देखिएको छ । आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा ३ अर्ब १४ करोड खुद व्याज आम्दानी गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म ४ अर्ब १५ करोड खुद व्याज आम्दानी पुर्याउन सफल भएको छ ।
संचालन मुनाफामा ३९ प्रतिशत माथिको वृद्धि :
संचालन मुनाफामा ३९ प्रतिशत माथिको वृद्धि हुँदै २ अर्ब ६७ करोड पुगेको छ ।
वितरणयोग्य मुनाफामा निकै ठूलो वृद्धि :
वितरणयोग्य मुनाफा १०६ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ४७ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्ष बैंकको वितरणयोग्य मुनाफा ७१ करोड ४७ लाख थियो ।
जगेडा कोष बलियो हुँदै :
बैंकको जगेडाकोष ११ प्रतिशतले वृद्धि हुँदै गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ८४ करोड पुगेको छ भने संचित मुनाफा ६९ प्रतिशतले वृद्धि १ अर्ब ४७ करोड पुगेको छ ।
निक्षेप र कर्जा प्रवाह :
असार मसान्तसम्म बैंकले १ खर्ब ३४ अर्ब निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब कर्जा प्रवाह गरेको छ । एक वर्षको अवधिमा निक्षेप संकलन २६ प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह भने २८ प्रतिशतले वृद्धि भएको छ ।
किताबी मूल्य :
बैंकको प्रतिशेयर नेट्वर्थ (किताबी मूल्य) १४७ रुपैयाँ ७९ पैसा छ ।
खराब कर्जा असुलीमा बैंक सफल :
आर्थिक वर्ष ७३/७४ मा ७ दशमलव ४९ प्रतिशत रहेको निस्क्रिय कर्जा अहिले २ प्रतिशत भन्दा मुनी ल्याउन बैंक सफल भएको छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
समिति गठनको टीओआरमा कार्यदलमा सहमति जुटेन
जेठ १०, २०८१ बिहिबार
धनुषामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
जेठ १०, २०८१ बिहिबार
चुरेमा कार्यकर्ता नपाल, समितिलाई स्वतन्त्र बनाउ र उत्खनन बन्द गर
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
रौतहट ट्राफिकद्वारा २२ दिनमा ३३ लाख बढी राजश्व संकलन
जेठ १०, २०८१ बिहिबार
ललितपुरको हात्तिवनमा उभौली पर्वको रौनक
जेठ १०, २०८१ बिहिबार