ब्रेजा गाडीमा असई सा’प सरर…., घुमुवाबिरुद्ध दर्जनौं उजुरी तर छानविन शाखा चास्नीमा मस्त
नेपालबहस संवाददाता
भदौ ५, २०७९ सोमबार ०:४४:२५
५ भदौ, कपिलवस्तु । कपिलवस्तुबाट यतिबेला भैसीं, पाडा, कपडा र हार्डवेयरदेखि नेपाली रक्सीको व्यापक तस्करी भैरहेको खबर छ । तस्करहरुले स्थानीय प्रहरीसँग सेटिङ मिलाएर सीमा नाकाबाट तस्करीको लाइन खोलेको बताइएको छ ।
ईलाका प्रहरी कार्यालय कृष्णनगर मातहतका सीमा प्रहरी चौकीहरु कुशहवा बटनी, शिल्मी, ठाकुरापुर, मेर्दमी, सिर्सिहवा लगायतका नाकाबाट दैनिक एक हजारको हाराहारीमा भारतीय बजारबाट भैसी तथा पाडा एवं कपडाको नेपालतर्फ व्यापक तस्करी भैरहेको समाचार प्राप्त भएको छ । नेपालबाट भने रक्सी, चाइनिज स्याउ, छोकडा, मरिच र सुपारी लगायतका चीजहरु भारततर्फ तस्करी भैरहेको बताइएको छ ।
नयाँ आएका नेपाल प्रहरीका एसपी प्रेम बस्नेतलाई कुस्त बुझाउनु पर्छ भन्दै असई श्यामसिंह चौधरीको अगुवाईमा तस्करीको लाइन खोलिएको दावी समाचार स्रोतले गरेको छ । नेपाल प्रहरीले लागु गरेको आन्तरिक नियम (स्वजिल्ला) विपरित बिगत १५ बर्षदेखि कपिलवस्तु जिल्ला प्रहरी कार्यालयको एकछत्र घुमुवा बस्दै आएका प्रहरी सहायक निरीक्षक असई श्यामसिंह चौधरीको उठ्तीपुठ्तीले सीमा नाघ्न थालेको समाचार छ ।
असई चौधरीको दरबन्दी रुपन्देही जिल्लाको खैरेनी ईप्रकामा रहेतापनि १५ बर्षदेखि कपिलवस्तुको घुमुवा बसेर रजगज गर्दै आएका छन् । दरबन्दी एकातिर काम अर्केतिर गर्दै आएका असई चौधरी जो हाकिम आएपनि उसैको प्यारो हुने फर्मुला अपनाउदा राज्यलाई भने मासिक लाखौंको नोक्सानी हुने गरेको छ ।
हाकिमको प्यारो हुन मासिक मोटो रकम उठाएर बुझाउनु पर्ने, त्यसका लागि कपिलवस्तुका सीमा नाकाबाट निर्वाध तस्करी लाइन चलाउनु पर्ने हुन्छ । सोही अनुसार चौधरीकै योजना मुताविक अहिले सीमा नाकाबाट तस्करीको लाइन खुलेको छ । उनले मासिक १५ लाख भन्दा बढी रकम तस्करहरुबाट उठाएर जिल्ला, प्रदेशदेखि हेडक्वार्टरसम्मका हाकिमलाई बुझाएर तस्करी खुला गराएको बताइएको छ ।
डामेर छाडेको साँढे जस्तो प्रहरीको उपमा पाएका असई चौधरीका बिरुद्ध प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय मातहत रहने उजुरी छानविन शाखामा दर्जनौं उजुरीका खात लागेका छन् । तर उजुरी छानविनका हाकिमहरुलाई पनि चास्नीमा डुबाएकाले ती उजुरीहरु पेन्डिङमा परेका त होइनन् भन्ने आशंका उत्पन्न हुन थालेको छ । अरुहरुका बारे सामान्य भन्दा सामान्य बेनामी उजुरीहरु पर्दा समेत छानविन र कारवाही गर्ने निकाय उजुरी छानविन शाखा किन निदाएर बसेको छ त ? भन्ने प्रश्न अन्य प्रहरी कर्मचारीहरुले गर्न थालेका छन् ।
उनको घुमुवा टोलीमा प्रहरी हवल्दार दीपेन्द्र यादव र प्रज नरेश कुर्मी चौधरीसहितको ५ जनाको टोली असुली धन्दामा व्यस्त रहने गरेको समाचार छ । यस्तै कृष्णनगर ईप्रकामा बिगत १० बर्षदेखि अर्का असई मुकेश यादव कार्यरत छन् । उनको पनि दरबन्दी नवलपरासी पश्चिम रहेको छ । कृष्णनगर सर्वाधिक तस्करी हुने प्रमुख सीमा नाका हो । सधैं हाकिमको नजिक रहेर सिभिलमा काम गर्ने यादवको उठतीपुठती निकै रहेको बताइन्छ ।
लौ हेर्नुहोस् यसरी हुन्छ भैसीको तस्करी (भिडियो):
अझ सबैभन्दा डामेर छाडेको साँढेको उपमा पाएका प्रहरी सहायक निरीक्षक (असई) हुन् सन्तोष रायमाझी । बिगत लामो समयदेखि प्रदेश प्रहरी कार्यालयको घुमुवाको रुपमा परिचित रायमाझीले रुपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तु हेर्ने गरी डीआईजीको खास मान्छेका रुपमा खटिएका छन् ।
संघीय प्रदेश प्रहरी कार्यालय लुम्बिनी दरबन्दी भएपनि हालै उनले परासी काज गराएर डीआईजीको घुमुवाको रुपमा खटिएका छन् । ६र७ महिना अघि विवादमा परी हेडक्वार्टर तानिएका उनी पुन लुम्बिनी प्रदेश फर्किएर तस्करको लाइन मिलाउनै व्यस्त रहने गरेको बताइन्छ । ब्रेजा गाडी चढेर ठाँटसँग हिडेने उनको चर्तिकला हेर्न लायकको छ ।
र याे पनिः
लुम्बिनीका तीन जिल्लामा व्यापक तस्करी शुरु, डामेर छाडेका साँढेजस्ता यी घुमुवा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरमा एमाले भन्दा कांग्रेस ५७२ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
मिथिलामा विवाहपञ्चमी महोत्सवको रौनक
मंसिर १७, २०८१ सोमबार
१९.९७ अंकले बढेर २७५८ विन्दुमा उक्लियो नेप्से, १० अर्ब ५४ करोडमाथिका शेयर किनबेच
मंसिर १७, २०८१ सोमबार
११ महिनापछि पेशी चढेको रवि लामिछानेको राहदानी दुरुपयोगविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १७, २०८१ सोमबार
विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
सुन्तलाखेतीतर्फ आकर्षण बढ्दै
मंसिर १७, २०८१ सोमबार