बैंकले कडाइ गर्दा सञ्चय कोषको कर्जा लगानी बढ्दै
नेपालबहस संवाददाता
भदौ ६, २०७९ सोमबार १७:५६:३२
६ भदौ, महेन्द्रनगर । कर्मचारी सञ्चय कोषले सुदूरपश्चिम प्रदेशमा आफ्ना सञ्चयकर्तामा विभिन्न सेवा उपलब्ध गराउनाका साथै कर्जा लगानी सुलभ रुपमा प्रदान गरिरहेको छ ।कोषले सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार, कर्मचारी कल्याण योजना, घर सापटी, जग्गा खरिद सापटीलगायत सुविधा दिनाका साथै सञ्चयकर्ताको व्यक्तिगत ‘केवाइसी’ विवरण अद्यावधिक गरिरहेको छ ।
सञ्चय कोष शाखा कार्यालयका प्रमुख ध्रुव तिवारीले आर्थिक वर्ष २०७८÷७९ मा एक हजार तीन सय ७९ सञ्चयकर्तालाई रु त्रिचालीस करोड नब्बे लाख अठासी हजार ४९६ विशेष सापटी प्रदान गरिएको बताए । त्यसैगरी दुई हजार ४२१ जनालाई अवकाश पछिको भुक्तानी रकमस्वरुप रु ५४ करोड ५६ लाख प्रदान गरिएको उनको भनाइ थियो ।“बैंकहरुले तरलता देखाउँदै ऋण लगानीमा कडाइ गर्नाका साथै केही समय स्थगन गरेकाले सञ्चयकोषबाट कर्जा लिनेको संख्या बढ्दै गएको छ ।” प्रमुख तिवारीले भने,“सञ्चयकर्ताको सुविधाका लागि विभिन्न योजना पनि कोषले ल्याउने गरेको छ ।”
धितोमा आधारित कर्जा प्रवाहका लागि दायरा विस्तार कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीका विभिन्न स्थानको स्थलगत अध्ययन गरी स्वीकृतिको लागि सञ्चयकर्ता कर्जा विभागमा प्रतिवेदन पठाइएको उनले जानकारी दिए ।
सुदूरपश्चिममा २०६१ सालमा कोषको शाखा कार्यालय संचालनमा आएयता यहाँका कर्मचारीले कोषको कामका लागि काठमाडौँ धाउनुपर्ने बाध्यतासमेत हटेको छ । त्यसैगरी गत आर्थिक वर्षमा सञ्चयकर्ताको सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार खर्चबापत कोषले एक हजार ५८३ सञ्चयकर्तालाई रु एक करोड १८ लाख भुक्तानी गरिएको छ ।
कोषले काजकिरिया अनुदान भुक्तानीबापत ५३ सञ्चयकर्ताको हकवालालाई रु एक्काइस लाख बीस हजार, दुर्घटना क्षतिपूर्तिबापत २८ सञ्चयकर्ताको हकवालालाई रु छपन्न लाख तथा कर्मचारी कल्याण योजनाबापत १३ सञ्चयकर्ताको हकवालालाई रु उन्नाइस लाख ५० हजार भुक्तानी गरेको छ ।
त्यसैगरी गत आर्थिक वर्षमा घर सापटीतर्फ एक सय ८९ सञ्चयकर्तालाई रु त्रिचालीस करोड छैसठ्ठी लाख, घरमर्मत सापटीतर्फ ४३ सञ्चयकर्तालाई रु सात करोड त्रिपन्न लाख, शैक्षिक सापटीतर्फ एक जनालाई रु नौ लाख ६९ हजार भुक्तानी गरिएको छ ।
जग्गा खरिद सापटीतर्फ १५ सञ्चयकर्तालाई रु दुई करोड प्रवाह गरिएको छ । “ धितोमा आधारित कर्जा लिने ऋणीबाट साँवा ब्याज गरी रु अठार करोड एकचालीस लाख ८३ हजार असूल भएको छ ।” शाखा प्रमुख तिवारीले भने,“केवाइसी अद्यावधिकको काम पनि चलिरहेको छ ।
”गत वर्ष मात्रै चार हजार छ सय उनासी सञ्चयकर्ताको व्यक्तिगत केवाइसी विवरण अद्यावधिक गरिएको कोषले जनाएको छ । केवाइसी विवरण अद्यावधिक गर्न शाखाबाट कञ्चनपुर, कैलाली र डोटीका विभिन्न कार्यालयमा कर्मचारी खटाइएको थियो । यस अवधिमा शाखा कार्यालयले कोषबाट प्रदान हुने सेवा सुविधा तथा केवाइसी सम्बन्धमा दार्चुला, बझाङ तथा कञ्चनपुर जिल्लामा चार पटक अन्तरक्रिया गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार