देउडा गायक सुरत रावतद्वारा कैलाली क्षेत्र नम्बर ४ ‘ख’ मा उम्मेदवारी घोषणा
नेपालबहस संवाददाता
भदौ ६, २०७९ मंगलबार १:४६:४८
६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता सुरत रावत डोटेली कान्छाले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्यसमेत रहेका रावतले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ ुकु बाट प्रदेश सभामा उम्मेदवारी घोषणा गरेका हुन् ।
‘राजनीतिमा युवा नेतृत्व आवश्यक छ । मैले पार्टीमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्दै आएको छु । पार्टीको वडादेखि केन्द्रसम्म नै सबैसँग राम्रो सम्बन्ध छ । पार्टीभित्रका सबै गुटले रुचाउने भएकाले पनि मेरो उम्मेदवारी हो । सबैले रुचाउने भएकै कारण मैले सहजै जित्नसक्छु,’ उनले भने ।
उनले आफूले सधैँ पार्टीले दिएको जिम्मेवारी कुसलतापूर्वक निर्वाह गर्दै आएको बताएका छन् । ‘म प्रतक्षतर्फ मात्रै भन्दैन । पार्टीलाई सहज हुनेगरी समानुपातिकमा पठाउने निर्णय गरे पनि मेरा लागि स्वीकार्य हुन्छ । म सहज र सबैलाई सम्मान गरेर अघि बढ्नुपर्छ भन्ने मान्यता राख्छु । तर, योगदानको उचित कदर हुनुपर्छ,’ उनले भने ।
उनले युवाहरूको चाहना र अग्रजको सुझाव अनुसार नै आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन् । गोरिगंगा नगरपालिका-६ बनबेहडा निवासी रावत चर्चित लोकदेउडा गायकसमेत हुन् । उनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान सुदूरपश्चिम संयोजक, नेपाल सांस्कृतिक संघका केन्द्रीय उपाध्यक्ष तथा देउडा प्रतिष्ठानका उपाध्यक्ष रहेका छन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेकाले उनको प्रदेश सभापति बीरबहादुर बलायर, केन्द्रीय सदस्य एनपी साउँद, रमेश लेखक र नैनसिंह महरलगायत केन्द्रीय नेताहरूसँग पनि राम्रो सम्बन्ध रहेको छ । सबैलाई मिलाउन सक्ने क्षमता, स्पष्ट बक्ता र लोकप्रिय कलाकार भएकाले पनि रावतले टिकट पाउने सम्भावना रहेको बताइएको छ । उनले जिम्मेवारी पाए सबैलाई मिलाएर लैजाने कुरामा आफू सधैँ सजग रहने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार