सडक दुर्घटना न्यूनीकरणका लागि बत्ती जडान
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार १९:३६:३१
९ भदौ, कञ्चनपुर । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजार क्षेत्रमा रातिका बेला हुने सडक दुर्घटना न्यूनीकरणका लागि सडक बत्ती जडानको कार्य अगाडि बढाइएको छ । बजार क्षेत्रका टोल–टोलमा आवश्यकतका आधारमा सडक बत्ती जडानको कार्य सुरु गरिएको छ ।
सवारी दुर्घटना न्यूनीकरणसँगै चोरीलगायतका अवाञ्छित कार्य रोक्नका लागि स्थानीय बासिन्दाको मागका आधारमा सडक बत्ती जडानकार्य अगाडि बढाइएको वडाध्यक्ष सुशील भट्टले बताए ।
“रातिका बेला सडक दुर्घटना हुनसक्ने सम्भावित क्षेत्रमा सेन्सरयुक्त र सेन्सर नभएका बत्ती जडान भइरहेको छ”, उनले भने, “पहिलो चरणमा दुई सय ५० स्थानमा सडक बत्ती जडान गर्ने योजना बनाएका छौँ, अरु क्षेत्रमा आवश्कताका आधारमा सडक बत्ती जडान गर्छौँ ।” बत्ती जडानकार्य सुरु गरिएको दुई दिनको अवधिमा ५० वटा सडक बत्ती जडान गरिएका छन् ।
विद्युत्को कार्य गर्ने नगरपालिकामा दुईमात्रै प्राविधिक भएकाले छिटोछरितोरूपमा बत्ती जडान हुन नसकिरहेको उनले बताए । अरु वडामा समेत सडक बत्ती जडान भइरहेकाले प्राविधिकले समय दिन नसक्दा काममा विलम्ब भइरहेको उनको भनाइ छ । बत्ती जडानसँगै वर्षाैदेखि सरसफाइ नगरिएका बजार क्षेत्रका नाली सरसफाइसमेत अगाडि बढाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार