राजदूत शर्माले भारतीय गृहमन्त्रीलाई भेटे
नेपालबहस संवाददाता
भदौ १४, २०७९ मंगलबार १६:२१:८
१४ भदौ, काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतका गृहमन्त्री अमित शाहसँग गृह मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल र भारतबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा भएको राजदूत शर्मा बताए ।
भारतको गृह मन्त्रालयले राजदूत शर्माले शाहसँग भेटवार्ता गर्दै गरेको तस्विर सामाजिक सञ्जालमा साझा गरेको छ । गृहमन्त्री शाहसँग भेटेर कुरा गर्न पाउँदा खुसी लागेको राजदूत शर्माको प्रतिक्रिया छ । शर्माले भारतमा राजदूतको कार्यभार सम्हाले यता उच्च स्तरीय भेटवार्तालाई तिब्रता दिएका छन् । असारमा भारतीय सेना प्रमुख मनोज पाण्डेसँग भेटवार्ता गरेका थिए ।
यस्तै राजदूत शर्माले साउनमा भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका थिए । पछिल्लो समय राजदूत शर्माले भारतीय पक्षको भेटवार्तालाई तीव्रता दिएको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार