सिट बाँडफाँड कार्यदलको बैठक बस्दै, आजै टुंग्याउने तयारी
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार १३:२७:७
१५ भदौ, काठमाडौं । सत्तामा रहेका पाँच दलले आगामी चुनावका लागि सिट बाँडफाँड गर्न गठन गरेको कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी ४ मंशिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट वाँडफाँटका् जारी प्रयासलाई टुंगोमा पुरयाउनका लागि कार्यदलको बैठक आज बस्न लागेको हो ।
सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक पनि आजै बस्ने बताइएको छ । सहमति गर्न गठबन्धनभित्रका दलहरुबीच छुट्टाछुट्टै र संयुक्त बैठक बस्नेछ । उक्त सहमतिका आधारमा कार्यदलले प्रतिनिधि सभाको सिट बाँडफाँट टुंग्याउनेछन् । शीर्ष नेताको बैठक साँझ पाँच बजे बस्नेछ ।
प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दल बिच सिट वाँडफाँटका लागि प्रयास भईरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुगोमा पुग्न सकेको छैन । बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा सिट बाँडफाँडको विषय समेत छलफल भएको छ। तर ठोस सहमति हुन सकेको छैन् ।
नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दावी गरे पछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन । यद्धपी, शिर्ष नेताहरुको बैठकवाट टुंगो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिए पछि आज बैठक बस्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार