शनिबार फिल्म अभियानको इटहरीमा प्रिमियर शो गरिदै
नेपालबहस संवाददाता
भदौ १६, २०७९ बिहिबार १८:५८:२०
१६ भदौ, इटहरी । फिल्म अभियानको पहिलो पटक प्रिमियर शो गरिने भएको छ । कोशी भिजन फिल्म्सको ब्यानर तथा ऐतिहासिक तामाङ थाकथलो ‘किपट’ को कथामा निर्माण भएको फिल्म ‘अभियान’ को यहि भदौको १८ गते अर्थात आउदो शनिबार इटहरीमा अवस्थित इलाइट सिनेमा हलमा प्रिमियर शो गर्न लागिएको हो ।
दिउँसो २ बजेबाट गरिने प्रिमियर शोको अघि रेड कार्पेट पनि गरिने फिल्मका निर्माता तथा निर्देशक लाखमान योन्जत तामाङले बताए । इटहरीको प्रिमियरपछि यहि भदौको २५ गते तरहरामा र असोज १० गते काठमाडौको जमलमा प्रिमियर शो गरिने फाइनल भएको निर्माता निर्देशक तामाङले हामिलाई बताए । प्रिमियरको लागी लगभग तयारी अन्तिम चरणमा पुगेको छ ।
१६ वर्ष भन्दा मुनिका दर्शकले अभिभावकको साथ हेर्नू पर्ने भन्दै यो फिल्म अभियानले सेन्सर बोर्डबाट पिजि सर्टिफिकेट पाएको छ । फिल्मको यसअघि एक ट्रेलर र पोस्टर इटहरीमा एक पत्रकार सम्मेलन गरि सार्बजनिक गरिएको थियो । लाखमान योन्जन तामाङको लेखन तथा निर्देशन रहेको ‘अभियान’ निर्माणमा ५५ लाख लगानी लागेको जनाइएको छ ।
ट्रेलर रिलिज तथा सेन्सर पास भएपनी फिल्मको प्रदर्शन मिति भने तय भएको छैन । यस्तै फिल्मको केही साताअघि क्यारेक्टर पोस्टरहरु समेत सार्बजनिक भैसकेको छ । स्व. जयनन्द लामालाई फ्रेममा राख्दै फिल्मका मुख्य कलाकारहरुको क्यारेक्टर पोस्टरहरु सार्बजनिक गरिएको हो ।
मैना घिसिङ निर्माता रहेको फिल्ममा स्व। जयनन्द लामाका साथमा अमर पाख्रीन तामाङ, पुजा तामाङ, दावा फिन्जो तामाङ, श्याम माया तामाङ, रश्मिला वाइवा तामाङ, सन्तोष सराकार, रितेश जंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला, मदन राई, सम्भु योन्जन तामाङ, गजम घिसिङ, कमल राई, मेनुका राई, कुमारी लिम्बू, कृष्ण काफ्ले, सन्तोष राई, नुनु बोम्जन तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
फिल्ममा २ ओटा गीत समावेश गरिएको छ । जसको शब्दहरू पनि निर्देशक लामाले नै लेखेका हुन् भने गीतमा दिपा लामा, जोनि तामाङ, सुरज रौनियारको स्वर रहेको छ । संगीत तथा एरेन्ज कुन्दन राई र जोनि तामाङको रहेको छ । राजेश लेप्चाको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई सुमन तामाङले छायांकन गरेका हुन् । कोशी भिजनमै पोस्ट प्रोडक्सन गरिएको चलचित्र अभियानलाई हेमन तामाङले सम्पादन गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार