वैदेशिक रोजगारीका नाममा लिंक इन्टरनेशनलकाे ठगी धन्दा, विभाग माैन !
नेपालबहस संवाददाता
भदौ २०, २०७९ मंगलबार ३:५८:५३
२० भदाै, काठमाडाैं । राजधानीको बसुन्धरास्थित एक मेनपावर कम्पनीका सञ्चालकले वैदेशिक रोजगारीका नाममा ठगी गरिरहेको खबर छ । सरकारले निशुल्क भिसामा कामदार पठाउन गरेको निर्णयलाई ठाडै अवज्ञा गर्दै लिंक इन्टरनेशनलले खाडी मुलुक कतार, दुवई लगायतका मुलुकमा कामदार पठाउन तीन लाख सम्म असुल्ने गरेका छन् ।
साउदी र मलेसियामा समेत महंगो रकम कामदारसँग असुलेर लिंक इन्टरनेशनल मेनपावर कम्पनीले सिधासोझा नेपालीलाई विदेश पठाइरहेको भए पनि वैदेशिक रोजगार विभागको पनि त्यतातर्फ ध्यान पुगेको छैन ।
तोकिएको सेवा सुविधा वा काम नपाएर विदेशबाट फर्केका कामदारले विभागमा उजुरी गरेको खण्डमा पनि पिडीत कामदारले न्याय पाएको देखिन्न । त्यसो त, यतीबेला लिंक इन्टरनेशनल मेनपावरले क्यानडा, पोर्चूगल, जापान, साइप्रस लगायत मुलुकमा कामदार पठाउने भनेर पनि कयौं व्यक्तिसँग राहदानी र ग्यारेन्टी वापतको रकम उठाएको बुझिएको छ ।
पोर्चूगल जानेहरुसँग प्रति पासपोर्ट तीन लाखका दरले झण्डै दुई सयको हाराहारीमा रकम असुलेको बताइन्छ । विना व्याज झण्डै पाँच सात करोड असुल गरिएको रकम उनले विभिन्न ठाउँमा जग्गामा लगानी गरेका छन् ।
पूर्व स्वीकृती नलिएरै रकम असुल्दा समेत उक्त मेनपावरमाथि कारवाहीका त के कुरा पिडीतले विभागमा गुनासो गरेको खण्डमा समेत न्याय पाउन सकेका छैनन् ।पछिल्लो समय नेपाली श्रमिक विदेश पठाउने सूचीमा टप फोरमा परेको भनिएको लिंक इन्टरनेशनल मेनपावर कम्पनीले विदेश पठाउने क्रममा के कती रकम कामदारसँग असुल गरिरहेको छ भन्ने खोजी भयो भने उम्कन सक्ने ठाउँ देखिन्न ।
सामान्य मेनपावर कम्पनीमा यो वा त्यो बाहानामा छापा हान्ने, अनुगमन गर्ने वा पूर्व र अन्तिम स्वीकृतीमा झमेला देखाउने वैदेशिक रोजगार विभागले के साच्चिकै लिंक इन्टरनेशनलले जे जे गर्दा पनि छुट दिएकै हो त ? वा, वैदेशिक रोजगार विभागका कर्मचारी आर्थिक प्रभावमा परेका हुन् ? प्रश्न उठेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार