पर्वतमा गाईभैँसीको सुत्केरी खर्चका लागि रु छ लाख विनियोजन
नेपालबहस संवाददाता
भदौ २८, २०७९ मंगलबार १७:२७:४३
२८ भदौ, पर्वत । पर्वतको विहादी गाउँपालिकामा स्थानीय जातका गाई संरक्षण गरिने भएको छ । स्थानीय जातको गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो । विहादीले पालिकाभित्रका छवटै वडामा व्यावसायिक वा निर्वाहमुखीरूपमा स्थानीय जातका गाईपालन गरेका कृषकलाई प्रोत्साहने गर्ने कार्यक्रम समेत ल्याएको छ ।
विहादीले सूचना जारी गर्दै स्थानीय जातका गाईपालक कृषकलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन माग गरेको छ। स्थानीय गाईपालन गरेका कृषकलाई प्रोत्साहन गर्नका लागि र गाईपालनतर्फ आकर्षण बढाउनका लागि यस्तो अभियान थालिएको विहादीका अध्यक्ष परविन गुरुङले जानकारी दिए ।
गाई अभावमा विभिन्न पूजापाठमा समेत गाईको दस्तुर जनाउँदै दक्षिणा राखेर उम्काउने गरिएको छ । नयाँ पुस्ताले स्थानीय जातको गाईको पहिचान नै नपाउने भएकाले संरक्षण गर्न थालिएको अध्यक्ष गुरुङको भनाइ छ ।
उक्त कार्यक्रममा समावेश हुनका लागि गाई र गर्भाधारण गराइएको बहर स्थानीय नै हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवोधबाबु पौडेलले जानकारी दिए । अनुदान लिनका लागि निवेदन, सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र गाई बाच्छीको तस्वीरसमेत संलग्न गर्नुपर्नेछ । जिल्लामा पछिल्लो समय उन्नत जातका गाईपालन बढ्दै गएको छ । थोरै दूध दिने र गाईपालनको खर्चसमेत नउठ्ने जनाउँदै कृषक स्थानीय गाईपालन गर्न छाडेका हुन् ।
पालिकाले न्यूनतम रु पाँच हजारभन्दा बढी प्रोत्साहन भत्ता दिने तयारी गरेको छ । जिल्लाका सात स्थानीय तहमध्ये विहादीले पहिलोपटक स्थानीय गाईलाई संरक्षणका लागि अभियान थालेको हो । यसअघि जिल्लाका सबैजसो पालिकाले गाईभैँसीलाई सुत्केरी भत्ता दिने कार्यक्रम भने सुरु गरेका थिए ।
भैँसी सुत्केरी भएपछि पाडापाडी तत्काल मासुका रूपमा उपभोग गर्ने प्रचलन बढेपछि सुत्केरी भत्ता दिएर पाडापाडी हुर्काउने र स्थानीय जानका लिमे पाराकोटे भैँसी संरक्षणका लागि उक्त कार्यक्रम लागू गरेका थिए । यस्तै भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि यस वर्ष गाईभैँसीको सुत्केरी खर्चका लागि रु छ लाख विनियोजन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार