‘डिसेम्वर फल्स’ को बाँकी सुटिङ धमाधम
नेपालबहस संवाददाता
भदौ २९, २०७९ बिहिबार ०:३०:४०
२९ भदौ, काठमाडौं । चलचित्र ‘डिसेम्वर फल्स’ कोे छायांकन हाल राजधानीमा धमाधम भइरहेको छ । पहिलो लकडाउन खुलेपछि छायांकन थालीएको चलचित्र निर्माण कार्य दोश्रो पटकको निषेधाज्ञाका कारण केही मात्रामा प्रभावीत भएको थियो । अब भने छायांकन सम्पूर्ण रुपले समापन गर्ने सेड्युलका साथ निर्माण पक्ष कस्सिएको छ ।
आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको निर्देशक प्रविण झा हुन भने महेश आर गुप्ताले खिचीरहेका छन् । निर्देशक प्रविण र छायाँकार महेश भारतीय चलचित्र उद्योगमा कार्यरत छन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् ।
राजकुमार भट्ट निर्माता रहेको चलचित्रमा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित,सलोन बस्नेत,नरेश भट्टराईलगायतका कलाकारले अभिनय गरेका छन् । बिपीका खनालको कथा,केदार भुसालको पटकथा र सम्वाद रहेको चलचित्रको अधिकांश दृश्य पोखरामा आसपासमा खिचिएको छ । छायांकन सुरु हुना साथ युट्युव र अष्ट्रेलिया राइट एजुकेशन एण्ड माइग्रेसन कर्नरले किनिसकेको चलचित्रको हल बितरण भने श्रीराम बलाजी फिल्मस्का सुनील मानन्धरले गर्ने छन् ।
चलचित्रको पूरा छायांकन सकिन अब झण्डै दुई साता लाग्ने जानकारी कार्यकारी निर्माता रिजालले दिएका छन् । पहिला साउन १ गते प्रदर्शन गर्ने भनिएको भए तापनि अब भने यो चलचित्र आगामी डिसेम्बर महिनामा दर्शकमाझ आउने छ ।
कार्यकारी निर्माता रिजालले आफुहरु डिसेम्बर महिनाभित्र चलचित्र प्रदर्शन गर्ने लक्ष्यका साथ कार्यरत रहेको बताए । ‘डिसेम्बरको कुनै पनि शुक्रबार रिलिज हुन्छ,’ उनले भने, ‘अहिले हामी यही योजनाका साथ काम गरिरहेका छौ ।’ प्रेमकथाका साथमा चलचित्रमा वास्तवीक घटनालाई उठान गरिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार