७० प्रतिशत टिकट संगठनमा जुझारु युवा साथीहरुलाई दिनैपर्छ: ई.रञ्जित कर्ण, संविधानसभा सदस्य एवं युवा नेता
नेपालबहस संवाददाता
भदौ ३०, २०७९ बिहिबार १७:७:१३
नेपाल विद्यार्थी संघबाट कांग्रेस राजनीतिमा खारिएका युवा नेता हुन् ईन्जिनियर रञ्जित कर्ण । सप्तरीका स्थायी बासिन्दा कर्ण नेविसंघको पूर्व केन्द्रीय सभापति पनि हुन् । पुल्चोक ईन्जिनियरिङ कलेजको पूर्व स्ववियू सभापतिसमेत रहेका कर्ण यूवा बिद्यार्थीहरु माँझ लोकप्रिय छन् ।
संविधानसभा सदस्य भईसकेका उनी विद्यार्थी राजनीतिसँगै पार्टी राजनीतिमा पनि त्यत्तिकै सवल र सक्षम नेता हुन् । सधैं पार्टी संगठनमा दत्तचित्त उनी कर्मठ युवा नेता तथा स्पष्टवक्ताको रुपमा चिनिन्छन् । विपन्त तथा आवाजबिहीनहरुको आवाज बुलन्द गर्ने कर्ण मधेशप्रदेशका प्रिय नेताको स्थापित छन् ।
मधेशप्रदेशको भावी मुख्यमन्त्रीका रुपमा हेरिएका कर्ण १४ औं महाधिवेशनमा सहमहामन्त्रीका प्रत्यासीसमेत रहेका थिए । आगामी निर्वाचनमा युवा वर्गलाई ७० प्रतिशत टिकट दिनुपर्ने धारणा राख्ने उनी अहिलेका जनताले युवा र अवसरबाट बञ्चित योग्य नेता चाहेको सुझाउँछन् । उनै नेता कर्णसँग आमनिर्वाचनमा केन्द्रित रहेर नेपालबहसका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंशः
नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ । तर, पार्टीमा एक्लै चुनावमा जानुपर्ने आवाज पनि एकथरी नेताहरुले उठाइरहेका छन् यसलाई कसरी लिनुभएको छ ?
सर्वप्रथम त म के जानकारी गराउन चाहन्छु भने नेपाली कांग्रेसभित्र आसन्न मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनमा एक्लै लड्नुपर्छ भन्ने धारणा आधिकारिक रुपमा आएको छैन । हिजोका दिनहरुमा त्यस्ता धारणाहरु हुँदा हुन् । पार्टीबाट आधिकारिक रुपमा गठबन्धनमा जाने घोषणा भइसकेपछि सबैले मनस्थिति बनाइसकेको अवस्था छ ।
पार्टीले कार्यसमितिको वैठक बसेर गठबन्धनको सन्दर्भमा आधिकारिक निर्णय पनि गरिसकेको छ । त्यसकारण पनि नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता गठबन्धनकै पक्षमा रहेको देखिन्छ । बाहिर व्यक्तिगत रुपमा कसैले फरकमत राखेपनि पार्टीको आधिकारिक धारणा गठबन्धनकै पक्षमा छ । सीट बाँडफाडमा बहस, छलफल भईरहेकाले परिणाममा नदेखिएको मात्रै हो । त्यसको बारेमा पनि अब एक, दुई दिन भित्रै आधिकारिक रुपमा परिणाममा पनि आउँछ ।
अहिले पार्टी सभापतिले पेल्ने, आफ्ना पक्षकालाई मात्रै बढी दिने र फरकमतको कुरै नसुन्ने गर्नुभएको छैन । यो चुनावमा गुट–उपगुटको कुरा नगरी सबैलाई न्याय हुनेगरी मिलाएर जान सभापति शेरबहादुर देउवाले भूमिका निर्वाह गर्नुभएको छ । त्यसमा इमानदार, लोकप्रिय र स्वच्छ छवि भएका युवाहरुलाई समेटेर अगाडि बढ्दा राम्रो जीत हासिल गर्न सकिन्छ भन्नेमा सभापतिज्यू पनि जानकार हुनुहुन्छ ।
गठबन्धनमा सीटको भागबन्डा मिलिरहेको छैन । यसलाई कसरी र कहिले टुंग्याउनुहुन्छ त ?
नेपाली कांग्रेसभित्र गठबन्धनको विषयलाई लिएर खासै विवाद छैन । पार्टीका शीर्ष नेताहरु छलफल गरिरहनुभएको छ । कतिपय सैद्धान्तिक कुरा छन् । कतिपयमा संख्याको कुरा पनि छ । आफ्नै पार्टीभित्र संख्याको विषयमा समस्या भइरहेको छ । धेरै त्याग, तपस्या, बलिदानी गरेका दिग्गजदिग्गज साथीहरु हुनुहुन्छ । पार्टीभित्र लामो योगदान गरेपनि अवसर नपाउनुभएका धेरै नेता, कार्यकर्ता साथीहरु हुनुहुन्छ । त्यसलाई पनि सम्बोधन गर्नुपर्ने छ ।
पुराना, त्यागी र इमानदार साथीहरुको माग सम्बोधन गर्नुपर्ने छ । त्यसको लागि पनि शीर्ष नेताहरुलाई सीट बाँडफाँडमा समस्या भएको छ । तर, यस्तो विषयमा अल्झिएर हुँदैन । अब छिट्टै नै सीट बाँडफाँडको विषय टुंगिन्छ । अब चुनावको दिन नजिकिइएकाले पनि सीट बाँडफाँडको विषयमा अलमल गर्नुहुँदैन । यहाँ सीट कति पाउनेभन्दा पनि गठबन्धनका सबै दलहरुले आफ्नो क्षमता र हैसियत अनुसारको सीट लिने र लिएको ठाउँ गुम्न नदिने गरी अगाडि बढ्न जरुरी छ ।
कांग्रेसमा टिकटका आकांक्षीहरु धेरै छन्, गठबन्धनले सीट थोरै प्राप्त होला, यसलाई मिलाएर विवाद मत्थर पार्न तपाईंहरु जस्ता युवा नेताहरुको भूमिका कस्तो रहने छ ?
यसमा युवाहरुले बढीभन्दा बढी अवसर पाउनुपर्छ भन्ने हाम्रो मुख्य माग हो । जो धेरै वर्षदेखि इमान्दारितापूर्वक पार्टी संगठनमा लाग्नुभएको छ । जो सिनियर युवा हुनुहुन्छ । जो आफ्नो क्षेत्रका जनतासमक्ष लोकप्रिय हुनुहुन्छ । जसले लामो समयदेखि पार्टीमा लगानी गरेर जनप्रतिनिधि भएर सेवा गर्ने अवसर पाउनुभएको छैन । त्यस्तो साथीहरुले अवसर पाउनुपर्छ । गठबन्धन भइसकेपछि नेपाली कांग्रेसले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन पाउँदैन । झन्डै ९० प्रतिशत कुरा सहमति नजिक पुगिसकेको छ । अब १० प्रतिशत मात्रै मिल्न बाँकी छ ।
जसलाई टिकट दिँदा अरुलाई पनि चुनाव जिताउन सहज हुन्छ । त्यस्ता व्यक्तिलाई एउटा मापदण्ड बनाएर यो गुट, ऊ गुट, तेरोमेरो नभनिकन योगदानका आधारमा टिकट वितरण गर्ने हो भने तराईमा पनि कांग्रेसले राम्रो जीत हासिल गर्छ । त्यसको लागि पार्टी सभापति शेरबहादुर दाई इमान्दारीपूर्वक निश्पक्ष ढंगले लागिपर्नुभएको छ ।
गठबन्धनका कारण सबैले भनेको र मागेको ठाउँमा नपाउन सक्नुहुन्छ । तर, इमानदार, लोकपिय, जनमत भएका साथीहरुबाटै आउनुहुन्छ । त्यसमा कोही संघमा, कोही प्रदेशमा र कोही राष्ट्रियसभामा पनि आउन सक्नुहुन्छ । कतिपयलाई पार्टीभित्र जिम्मेवारीमा रहेर काम गर्नुपर्ने हुन्छ । त्यस विषयमा बसेर गम्भीर रुपमा छलफल गरेर अगाडि बढ्नुपर्छ । तर, निर्णय गर्ने प्रक्रिया चाहीं इमान्दारीपूर्वक हुनुपर्छ । निर्णय गर्दा मापदण्ड बनाएर गर्नुपर्छ ।
योगदानको आधारमा न्यायोचित टिकट वितरण भयो भने नेपाली कांग्रेसले राम्रोसँग चुनाव जित्छ । त्यागी, इमान्दार र लोकप्रिय साथीहरुलाई न्याय हुनेगरी मिलाउन नेतृत्वलगायत सम्पूर्ण पार्टीपंक्ति लागिपरेको छ । यसपाली नेपाली कांग्रेसले सकेसम्म विवादरहित ढंगले सीट बाँडफाँडको टुंगो लगाउने योजना लिएको छ । यसरी इमान्दारीपूर्वक योगदान हेरेर निर्णय गरियो भने विवाद मत्थर हुन्छ ।
कांग्रेस सभापति देउवाले उम्मेदवार चयन गर्दा एकलौटी गर्न खोजेको कोइराला पक्षको आरोप छ, कांग्रेसमा पटक–पटक यस्तो विवाद किन आइहन्छ ?
पहिला पार्टी सभापतिको त्यो चाहना हुन पनि सक्छ । तर, अहिलेको सन्दर्भमा सभापति निकै उदार ढंगले अगाडि बढ्नुभएको छ । उहाँ अहिले नेपाली कांग्रेसलाई कसरी बढीभन्दा बढी स्थानमा विजयी गराउन सकिन्छ त्यतातिर केन्द्रित हुनु भएको देखिन्छ । वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापाहरुले पनि सभापतिको कुरालाई इमानदारीपूर्वक पालना गर्नुभएको छ । शेखर दाईको केही फरकमत भएपनि गठबन्धन र सीट बाँडफाँडको विषयमा इमान्दारीपूर्वक पार्टीभित्र सहयोगी भूमिका निभाईरहनु भएको छ ।
मैले सप्तरी २ को ‘ख’ बाट आफ्नो उम्मेदवारी दिएको हुँ । त्यो कुरा जिल्ला, क्षेत्र, प्रदेशबाट सिफारिस भएको छ । अब केन्द्रबाट निर्णय हुन बाँकी छ । त्यसको लागि केन्द्रले पनि उचित, जायज र योगदानको आधारमा न्यायपूर्वक ढंगले निर्णय हुन्छ भन्नेमा ढुक्क छु । यदि केन्द्रले विवेकपूर्ण ढंगले निर्णय गरेमा सप्तरीमा नेपाली कांग्रेसले राम्रो जीत हासिल गर्न सक्छ ।
त्यसकारण अहिले पार्टी सभापतिले पेल्ने, आफ्ना पक्षकालाई मात्रै बढी दिने र फरकमतको कुरै नसुन्ने गर्नुभएको छैन । यो चुनावमा गुट–उपगुटको कुरा नगरी सबैलाई न्याय हुनेगरी मिलाएर जान सभापति शेरबहादुर देउवाले भूमिका निर्वाह गर्नुभएको छ । त्यसमा इमानदार, लोकप्रिय र स्वच्छ छवि भएका युवाहरुलाई समेटेर अगाडि बढ्दा राम्रो जीत हासिल गर्न सकिन्छ भन्नेमा सभापतिज्यू पनि जानकार हुनुहुन्छ ।
तपाईं संविधानसभा सदस्य पनि भइसक्नुभयो, युवाहरुमा राम्रो सम्भावना बोकेको नेता हुनुहुन्छ । तराईमा नेपाली कांग्रेसले जीत हात पार्न के/कस्तो रणनीति अपनाउनुपर्छ जस्तो लाग्छ ?
यसमा पहिलो कुरा त अहिले टिकट दिने कुरा भइरहेको छ । त्यसमा एउटा कङ्क्रिट मापदण्ड बनाएर वितरण गर्नुपर्छ । दोस्रो नेपाली कांग्रेसभित्र जति पनि भ्रातृ, मातृ, शुभेच्छुक संघ संगठनहरु छन् । जस्तो नेविसंघ, तरुण दल, महिला सघं, ट्रेड युनियन कांग्रेस, नेपाल प्रेस युनियन, विभिन्न कर्मचारी संघ, डीएलए, उद्योगी, व्यापारी, व्यवसायीलगायत सबैलाई इमानदारीपूर्वक कांग्रेस जिताउने अभियानमा सक्रिय बनाउनुपर्छ । अर्को सरकार के का लागि भन्ने मेनिफेस्टो बनिरहेको छ । सरकारको औचित्य र महत्व जनतासामू बुझाउन सक्नुपर्छ ।
सबैभन्दा ठूलो कुरा जो व्यक्ति सम्बन्धित क्षेत्रमा लोकप्रिय हुनुहुन्छ । जसको योगदानले जनताबीच राम्रो छवि बनाएको छ । जसलाई टिकट दिँदा अरुलाई पनि चुनाव जिताउन सहज हुन्छ । त्यस्ता व्यक्तिलाई एउटा मापदण्ड बनाएर यो गुट, ऊ गुट, तेरोमेरो नभनिकन योगदानका आधारमा टिकट वितरण गर्ने हो भने तराईमा पनि कांग्रेसले राम्रो जीत हासिल गर्छ । त्यसको लागि पार्टी सभापति शेरबहादुर दाई इमान्दारीपूर्वक निश्पक्ष ढंगले लागिपर्नुभएको छ ।
नेपाली कांग्रेसका साथीहरुले रुख चिन्हबाहेक अन्य चिन्हमा भोट हाल्न सक्दैनन् । सप्तरीमा मात्रै होइन देशैभरका कांग्रेसका नेता, कार्यकर्ताहरुले जब संघ र प्रदेश दुवैमा एउटै चुनाव चिन्ह रुख छापमा भोट हाल्न पाउँदैनौं तबसम्म कुनै पार्टीलाई सहयोग गर्न सक्दैनौ भन्ने धारणा छ । अझ सप्तरीको सन्दर्भमा यो कुरा बलियो रुपमा अगाडि आएको छ ।
तपाईंको उम्मेदवारी सप्तरीको कुन क्षेत्रबाट हो नि ?
मैले चाहीं आफ्नो सप्तरीको क्षेत्र नं. २ ‘ख’ बाट दिएको छु । यसमा मेरो कुरा के छ भने पार्टी एकढिक्का भएर गठबन्धनमा जाने भइसकेपछि संस्थागत रुपमै नेपाली कांग्रेसका कार्यकर्ता र जनताले संघीय र प्रदेशमा आफ्नो चुनाव चिन्ह रुख छापमा भोट हाल्न पाउने सैद्धान्तिक निर्णय पनि गरेको छ । त्यसलाई पूर्ण रुपमा लागु गर्नुपर्छ । जिल्ला र क्षेत्रको सन्दर्भमा पनि यदि गठबन्धन नै गर्ने हो भने त्यो कुरा लागु गर्नुपर्छ । त्यसकारण पनि मैले सप्तरी २ को ‘ख’ बाट आफ्नो उम्मेदवारी दिएको हुँ । त्यो कुरा जिल्ला, क्षेत्र, प्रदेशबाट सिफारिस भएको छ । अब केन्द्रबाट निर्णय हुन बाँकी छ । त्यसको लागि केन्द्रले पनि उचित, जायज र योगदानको आधारमा न्यायपूर्वक ढंगले निर्णय हुन्छ भन्नेमा ढुक्क छु । यदि केन्द्रले विवेकपूर्ण ढंगले निर्णय गरेमा सप्तरीमा नेपाली कांग्रेसले राम्रो जीत हासिल गर्न सक्छ ।
तपाईं संविधानसभा सदस्य पनि हुनुभयो, नेविसंघको केन्द्रीय अध्यक्ष पनि हुनुभयो । सप्तरीमा कांग्रेस एक्लै लड्दा पनि चुनाव जित्छ त ?
सप्तरीमा कांग्रेस नेपाली कांग्रेस एक्लै चुनाव लडेपनि मजाले जीत हासिल गर्न सक्छ । हिजोका दिनमा पनि सप्तरीमा कांग्रेसले एक्लै चुनाव जितेको हो । त्यतिबेला गजेन्द्रबाबुलगायतका नेताहरुलाई निस्वार्थ ढंगले सहयोग गरेर आएका हौं । अहिलेको निर्वाचनमा पनि सबैले सहयोग गर्नुहुन्छ भन्नेमा विश्वस्त छौं । अहिलेको सन्दर्भमा कुरा गर्नुपर्दा पनि नेपाली कांग्रेसका साथीहरुले रुख चिन्हबाहेक अन्य चिन्हमा भोट हाल्न सक्दैनन् ।
सप्तरीमा मात्रै होइन देशैभरका कांग्रेसका नेता, कार्यकर्ताहरुले जब संघ र प्रदेश दुवैमा एउटै चुनाव चिन्ह रुख छापमा भोट हाल्न पाउँदैनौं तबसम्म कुनै पार्टीलाई सहयोग गर्न सक्दैनौ भन्ने धारणा छ । अझ सप्तरीको सन्दर्भमा यो कुरा बलियो रुपमा अगाडि आएको छ । पार्टीले जति गठबन्धन गरेपनि जबसम्म नेपाली कांग्रेसले रुख छापमा मत हाल्ने वातावरण बनाएर निर्णय गर्दैन । यस क्षेत्रमा एउटा संघ र दुईवटा प्रदेश नेपाली कांग्रेसले पाउँदैन भने साथीहरु अरु चिन्हमा मत हाल्न तयार हुनुहुन्न । यो हाम्रो जिल्लाको धारणा हो । त्यसमा पार्टी केन्द्रीय समितिले विवेक पुर्याएर निर्णय गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं ।
गठबन्धन चाहीं सबैं जिल्लामा हुन्छ कि केही ठाउँमा कांग्रेस सिंगल लड्छ ?
गठबन्धनमा जाने भनेर पार्टीले आधिकारिक निर्णय गरिसकेपछि त सबै जिल्लामा एउटै निर्णय हुने हो । अब गठबन्धनभन्दा बाहिर सोच्न पनि सकिँदैन । देशैभर इमादारीपूर्वक एकढिक्का भएर जहाँ जहाँ जुन पार्टीको वर्चस्व छ । जुन ठाउँमा जसलाई दिँदा सजिलै चुनाव जित्न सकिन्छ त्यसलाई ध्यान दिएर चुनावमा जान्छौं ।
मधेश प्रदेश देशकै अन्न भण्डार भनेर चिनिन्छ । उर्जा, विभिन्न खानीको क्षेत्रमा पनि त्यत्तिकै सम्भावना भएको ठाउँ हो । त्यसैले मधेशलाई प्रादेशिक रुपमा जुन पहिचान दिइएको छ । त्यसलाई अधिकार सम्पन्न बनाएर स्थानीय साधन, स्रोत र सम्भावनालाई सँगै लिएर अगाडि बढ्ने हो भने यहाँका धेरै युवा साथीहरुले रोजगारी पाउनुहुने छ ।
त्यसोभए गठबन्धन भइसकेपछि कांग्रेसले अरु पार्टीलाई छोडेको ठाउँमा पनि इमान्दार भएर भोट हाल्छ, हो ?
हाल्नुपर्छ । किनभने इमानदारीपूवर्क गठबन्धनमा जाने भइसकेपछि त्यसमा तयार हुनुपर्छ । हामीले पाएको ठाउँमा उहाँहरुले इमानदारिताका साथ भोट हाल्ने भएपछि हामीले त्यो इमान गुमाउनुहुँदैन । किनभने चुनावमा सबैको सहयोग आवश्यक भएरै गठबन्धनमा जाने निर्णय गरिएको हो । अनि सबै ठाउँमा हामीले मात्रै पाउनुपर्छ भन्ने हुँदैन नि । अरु पार्टीका साथीहरुले पनि नेपाली कांग्रेसलाई सहयोग गर्दछन् नि त । एउटै कुरा हामीले गठबन्धन गर्दा कांग्रेससहितको सबै निर्वाचन क्षेत्रमा भयो भने नेपाली कांग्रेसका साथीहरुले इमान्दारीपूर्वक मान्न तयार छन् ।
सबैतिर युवा तथा नयाँ अनुहारको कुरा आइरहेको छ, पुराना नेताहरु पनि टिकटको लाइनमा छन् कसरी मिलाउनुहुन्छ त ?
यसपालीको निर्वाचनमा ७० प्रतिशत टिकट युवाले पाउनुपर्छ भनेका छौं । ३० प्रतिशत चाहीं पुराना, पाका अग्रज नेताहरुलाई दिनुपर्छ । अग्रजलाई टिकट दिईरहँदा उहाँहरु पनि जित्ने व्यक्ति भएको हुनुप¥यो । तर, अहिलेको सन्दर्भमा ७० प्रतिशत टिकट संगठनमा जुझारु युवा साथीहरुलाई दिनैपर्छ ।
अब ठ्याक्कै कांग्रेसले तराईंमा चुनाव जित्ने एजेन्डा चाहीं के त ?
अहिलेको सन्दर्भमा नेपाली कांग्रेसले चुनाव जित्नुपर्छ भन्ने हाम्रो मूल एजेन्डा हो । यो देशमा कांग्रेसले सामाजिक, राजनीतिक र आर्थिक रुपमा ठूलो योगदान गरेको छ । नेपाली कांग्रेसले नै यो देशमा शान्ति, समृद्धि र विकासको एजेन्डा ल्याएको हो । मधेशका साथीहरुले पनि शान्ति र विकास खोजेका छन् । पहिलो कुरा मधेशमा विकास र शान्ति मूल एजेन्डा हो । दोस्रो मधेशमा दलित, अल्पसंख्यक, मुस्लिम, उत्पीडित तथा न्यून आय भएका वर्गमा ठूलो समस्या छ । तराईमा अशिक्षित वर्गहरु पनि धेरै छन् । अशिक्षाका कारण समाजमा विभिन्न आपराधिक घट्नाहरु धेरै हुने गरेका छन् । त्यसमा विशेष ध्यान दिनुपर्ने छ । त्यसको लागि शिक्षा, स्वास्थ्य, स्वरोजगारी र आर्थिक समृद्धिको दरिलो एजेन्डा हुनुपर्छ ।
दिनप्रतिदिन युवा जनशक्ति रोजगारीको लागि विदेशिएका छन् । तिनलाई देशमै रोक्न कस्तो रणनीति बनाउनुभएको छ ?
जबसम्म देशमा आर्थिक गतिविधि सहज रुपमा हुँदैन । जबसम्म रोजगारी सिर्जना हुने उद्योगधन्दा, कलकारखाना सञ्चालन हुँदैनन् । तबसम्म युवा साथीहरुले स्वदेशमा रोजगारी पाउनुहुन्न । अहिलेका युवा वर्गमा विदेश जानु बाध्यता हो । उनीहरु रहरले गइराखेका छैनन् । त्यसो हुनाले आर्थिक गतिविधि हुने योजना ल्याउनुपर्छ । मधेश प्रदेश भनेको प्राकृतिक साधन, स्रोतले भरिपूर्ण ठाउँ हो । यहाँ उपलब्ध आफ्नो स्रोत, साधनलाई हामीले परिचालन गर्न सकेका छैनौं । मधेश प्रदेश देशकै अन्न भण्डार भनेर चिनिन्छ । उर्जा, विभिन्न खानीको क्षेत्रमा पनि त्यत्तिकै सम्भावना भएको ठाउँ हो । त्यसैले मधेशलाई प्रादेशिक रुपमा जुन पहिचान दिइएको छ । त्यसलाई अधिकार सम्पन्न बनाएर स्थानीय साधन, स्रोत र सम्भावनालाई सँगै लिएर अगाडि बढ्ने हो भने यहाँका धेरै युवा साथीहरुले रोजगारी पाउनुहुने छ ।
मधेश प्रदेश भौगोलिक, प्राकृतिक, सांस्कृतिक र भाषिक रुपले सम्पन्न प्रदेश हो । यहाँ प्रादेशिक अधिकारलाई व्यवस्थित, मर्यादित र सबैको पहुँचमा हुने इमानदारीपूर्वक अधिकार सम्पन्न बनाउँदै अगाडि बढाउनुपर्छ । त्यो भयो भने मधेशका जो पढेलेखेका साथीहरु हुनुहुन्छ । उहाँहरु रोजगारीकै लागि विदेशिनुपर्ने बाध्यता हुँदैन । त्यो एजेन्डा नेपाली कांग्रेसले लागु गर्छ । त्यसको लागि आधुनिक कृषिमा जोड दिनुपर्छ । कृषि क्षेत्रलाई आधुनिकीकरण र आद्यौगिकीकरण गरेर अगाडि बढ्न जरुरी छ । त्यसको लागि हामी युवा साथीहरु सम्पूर्ण एकजुट भएर अगाडि बढ्न जरुरी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार