वीरेन्द्रनगरमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने
नेपालबहस संवाददाता
भदौ ३०, २०७९ बिहिबार १७:२०:५१
३० भदौ , कर्णाली । अपाङ्गता भएका बालबालिकाको पुनःस्थापना र निःशुल्क औषधि उपचारका लागि वीरेन्द्रनगरमा बाल अस्पताल तथा पुनःस्थापना केन्द्र स्थापना हुने भएको छ ।
विकलाङमित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले असोजदेखि वीरेन्द्रनगर–१ चनाबारीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालनको तयारी गरेको हो । केन्द्रले तत्काल आधारभूत सेवा प्रदान गर्ने र विस्तारै अस्पतालको रुपमा स्तरोन्नति गर्ने जनाएको छ । जिल्ला समन्वय समिति सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा उक्त केन्द्र सञ्चालन हुनेछ ।
विकलाङमित्र समूहका संयोजक नित्रबहादुर देउजाले हाल पाँच कोठाबाट पुनःस्थापना र निःशुल्क उपचारसम्बन्धी सेवा प्रदान गरिने बताए । “अपाङ्गता भएका बालबालिकाको उपचारमा सहज पहँुच पु-याउने उद्देश्यले हामी सेवा विस्तार गर्ने क्रममा कर्णाली प्रदेशमा आइपुगेका छौँ”, उनले भने, “पुनःस्थापना केन्द्रको स्थापना भएपछि अपाङ्गता भएका बालबालिकाको पहिचान, थेरापी र आधारभूत सेवा उपलब्ध गराइनेछ ।”
काभे्रको बनेपामा ३८ वर्षदेखि अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र सञ्चालन गरिरहेको समूहले कर्णालीका विभिन्न स्थानमा पुगेर अपाङ्ता भएका बालबालिकाको उपचार, पुनःस्थापनासम्बन्धी शिविर गर्दै आएको छ ।
केन्द्रका अनुसार कर्णाली प्रदेशमा अपाङ्गता भएका बालबालिकाको संख्या सात हजार आठ सय ४२ रहेको छ । तीमध्ये सबैभन्दा बढी सुर्खेतमा छन् । यहाँ एक हजार छ सय ५२ जना अपाङ्गता भएका बालबालिकालाई पुनःस्थापनाको जरुरी देखिएको छ ।
यसैबीच समूहले असोजको पहिलो सातादेखि सुर्खेतका तीन स्थानमा स्वास्थ्य तथा पुनःस्थापना घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । असोज २ गते चिंगाड गाउँपालिकामा रहेको प्राथमिक उपचार केन्द्र, असोज ३ गते भेरीगङ्गा नगरपालिकाको स्वास्थ्य केन्द्र छिञ्चु र असोज ४ गते वीरेन्द्रनगर–१ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार