अर्जुनचौपारीमा दलित उत्थान समितिको अध्यक्षमा दीपक सुनार, दलित समुदायका कोही पनि नागरिक भोकै बस्न नपर्ने दावी
नेपालबहस संवाददाता
असोज १, २०७९ शनिबार २२:३८:२१
१ असोज, स्याङजा । स्याङजाको अर्जुनचौपारी गाँउपालिकाका ६ वटै वडाको शनिबार पालिकास्तरीय अर्जुनचौपारी दलित उत्थान समिति गठन भएको छ । अर्जुनचौपारी गाँउपालिका वडा न ४ का सामाजसेवी दीपक बिकको अध्यक्षतामा १३ सदस्यीय पालिकास्तरीय दलित उत्थान समिति गठन भएको हो ।
दलित उत्थान समितिकाे उपाध्यक्षमा वडा न ३ कि रिङ्की नेपाली, सचिवमा भेषकुमार सुनार, सहसचिवमा बिशाल बिक, कोषाध्यक्षमा वडा न ६ दरौका कमला बि क तथा सदस्यहरुमा हिमेश परियार , रामु नेपाली , लक्ष्मी बि.क ,गुरु बहादुर दमाइ, धन बहादुर दमै,आरती सार्की र टिका बहादुर बि.क रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष सुनारका अनुसार दलित समुदायको समग्र उत्थान तथा विकास गर्न स्थानीय निकाय, विषयगत कार्यालयहरु तथा गैर सरकारी क्षेत्रबाट संचालित कार्यक्रमहरुलाई पारदर्शी, जनमुखी, प्रभावकारी एवं नतिजामूलक बनाई योजना तर्जुमा गर्न पालिकास्तरीय दलित उत्थान समिति गठन गरिएको हाे ।
यो समितिले दलित लक्षित बजेटलाई व्यवस्थित तरिकाले उपयोग तथा कार्यक्रम सञ्चालन प्रक्रियामा एकरुपता ल्याउने एवं अनुदान रकमलाई स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न विकाससँग सम्बन्धित कार्यक्रमहरु तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा सहयोग पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष सुनारले नेपालबहस डटकमलाई बताए ।
जातीय विभेद तथा छुवाछूत सर्वप्रथम दलितभित्र रहेको भेदभाव, अन्त्य र दलित क्षेत्रलाई अगाडि बढाउने कार्य गर्न पनि दलित उत्थान समितिले भूमिका खेल्ने अध्यक्ष सुनारले बताए ।
अर्जुनचौपारी गाउँपालिका भित्र रहेका दलित तथा विपन्न परिवारमा उपचार गर्न कठिन भएर घरमै बसेकाहरुलाई आफ्नो पहलमा उपचार गराइरहेका समाजसेवी सुनारले जातीय विभेद अन्त्यका लागि जनचेतनामुलक कार्यक्रम, दलित समुदाय भित्रका सुकुम्बासी तथा अति विपन्न परिवारको पहिचान गरि सम्बन्धित निकायमा खबरदारी गरि राहत उपलब्ध गराउने बताएका छन् । उनले आफ्नो कार्यकालमा पालिका भित्रका दलित समुदायका कोही पनि नागरिक भोकै बस्न नपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार
जानकी मन्दिरमा भक्तजनहरूको भिड
जेठ ४, २०८१ शुक्रबार
बालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार