नेपालको जलविद्युतमा भारतीय उद्योगपति अडानीको चासो
नेपालबहस संवाददाता
असोज २, २०७९ सोमबार ३:१३:५७
२ असोज, काठमाडौं । संसारकै धनी व्यक्तिको सूचीमा रहेका भारतीय उद्योगी गौतम अडानीको ‘अडानी ग्रुप’ले नेपालको जलविद्युत् र विद्युत् पूर्वाधारको क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । अडानी संसारकै धनीहरुको सूची(फोर्ब्स म्यागेजिन)मा तेस्रो स्थानमा छन् ।
अडानी ग्रुपले नेपालमा ठूला जलविद्युत परियोजना, अन्तरदेशीय प्रसारणलाइन र आन्तरिक प्रसारण लाइनहरुमा लगानी गर्न प्रस्ताव गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक अधिकारीका अनुसार वैशाखयता मात्रै अडानी ग्रुपका प्रतिनिधि तीन पटक काठमाडौं आइसकेका छन् । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणका उच्च अधिकारीलाई भेटेर लगानीका लागि प्रस्ताव गरेका छन् ।
‘मुख्य गरी उहाँहरुको ध्यान कर्णाली बेसिनको आयोजनाहरुमा छ,’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने, ‘पहिलो चरणमा अडानी ग्रुपले कम्तीमा एक हजारदेखि दुई हजार मेगावाटसम्मका परियोजनामा लगानी गर्न चाहिरहेको छ ।’ गत् वर्ष चैत्र १८ मा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि भारतीय कम्पनीहरुले नेपालका ठूला जलविद्युत् परियोजना चासो देखाउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुर ४ को वडा अध्यक्षमा कांग्रेसका बानियाँ विजयी
मंसिर १७, २०८१ सोमबार
निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
मंसिर १७, २०८१ सोमबार
शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’
मंसिर १७, २०८१ सोमबार
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित
मंसिर १७, २०८१ सोमबार