चेपाङ, बोटे र वनकारियालाई निवास निर्माण हुने
नेपालबहस संवाददाता
असोज ३, २०७९ सोमबार २१:२३:२५
३ असोज, बागमती । बागमती प्रदेशको मकवानपुर, चितवन र धादिङमा बसोबास गरिरहेका चेपाङ, बोटे र वनकारिया जातिलाई रु १० करोडको लागतमा पक्की घर निर्माण हुनेभएको छ ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा मकवानपुर चितवन तथा धादिङका उनीहरुका लागि दुई सय ५० पक्की घर निर्माण हुने जनाइएको छ । उक्त समुदायको दुई सय ५० घर निर्माणका लागि सङ्घीय सरकारको रु पाँच करोड तथा बागमती प्रदेश सरकारको रु पाँच करोडको लागतमा सो घर निर्माण हुने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशका भौतिक पूर्वाधर विकास राज्यमन्त्री शन्तबहादुर प्रजाका अनुसार २४ घरधुरी रहेको वनकारिया समुदायलाई २४ घर, बोटे जातिलाई ५० घर तथा चेपाङलाई एक सय ७६ घर निर्माण गरिने जानकारी दिइएको छ ।
एउटा घर निमार्णका लागि रु चार लाख उपलब्ध गराइने बताइएको छ । त्यसका लागि बागमती प्रदेश सरकारको रु पाँच करोड र सङ्घीय सरकारको रु पाँच करोड गरी रु १० करोड बजेट विनियोजन भएको छ ।
सम्बन्धित समुदायको सामाजिक, सांस्कृतिक तथा मूल्यमान्यता सुहाउँदो किसिमले आवासको नक्सा भौतिक पूर्वाधार मन्त्रालयले नै गर्ने राज्यमन्त्री प्रजाले बताए । पहिरो र सडक निर्माणका कारणले विस्थापित भएका, खरको छानो भएका, एलानी जग्गामा घर भएकालाई प्राथमिकतामा राखेर घर निर्माण हुनेछ ।
साथै जग्गा नभएकालाई जग्गा उपलब्ध गराएर एकीकृत बस्ती निर्माण गरिनेछ भने जग्गा भएका तर आवासको समस्या भएकालाई सम्बन्धित जग्गा भएको स्थानमा घर निर्माण हुने उनको भनाइ छ ।
एकीकृत बस्ती निर्माण भएको ठाउँका लागि आवश्यक पर्ने पूर्वाधार सडक, बिजुली, खानेपानी, ढल र खुल्ला क्षेत्रलगायत निर्माण कार्य बागमती प्रदेश सरकारबाट हुने सो मन्त्रालयले जनाएको छ ।
आगामी वर्षको कार्यक्रममा गरिब, विपन्न सिमान्तकृत तथा लोपोन्मुखलगायत थप जातजातिका लागि घर निर्माण कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।
सो कार्यका लागि चेपाङ, वनकारिया, माझी, थामी, मुसहर, बोटे र हायुका लागि एकीकृत बस्ती तथा आवास मिर्माणसम्बन्धी कार्यविधि २०७९ तयार पारिएको राज्यमन्त्री प्रजाले बताए ।
नेपाल सरकारले चेपाङ र बोटे जातिलाई अतिसिमान्तकृत र वनकारियालाई लोपोन्मुख जातिको रुपमा सूचिकृत गरेको छ । उक्त जातिका लागि बागमती प्रदेश सरकारले घर निर्माण गरी हस्तान्तरण गरेका घर १० वर्षसम्म बिक्री गर्न नपाउने सो मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
अर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
के तपाईं मूलासँगै आउने पातहरू फोहोरमा फाल्नुहुन्छ ?
माघ ११, २०८१ शुक्रबार
बाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार