विपन्न परिवारलाई आवास हस्तान्तरण
नेपालबहस संवाददाता
असोज ४, २०७९ मंगलबार २१:४८:५५
४ असोज,भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र रहेका अतिविपन्न परिवारलाई आवास हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा अतिविपन्न चार परिवारलाई आज आवास हस्तान्तरण गरिएको हो ।
प्रदेश सरकारको बजेटमा निर्माण भएको चार वटा एकतले घर चार परिवारलाई आज बागमती प्रदेशसभाका निवर्तमान सदस्य डा राजेन्द्रमान श्रेष्ठले आवासको साँचो हस्तान्तरण गरे ।
बागमती प्रदेश सरकारद्वारा प्राप्त रु १७ लाख २० हजारबाट मध्यपुरथिमि नगरपालिको बोडे, नगदेश, चपाचो र ताहाननीमा एक एक जना अति विपन्नलाई आवासको साँचो हस्तान्तरण गरिएको हो ।
डा. श्रेष्ठले मध्यपुरथिमिमा अझै धेरै नै अतिविपन्न परिवार रहेकाले त्यस्ता परिवारका लागि आवासको व्यवस्था गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले बजेट विनियोजन गर्नुपर्ने बताए ।
अति विपन्न आवास व्यवस्थापनमा सक्रिय रहेका मध्यपुरथिमिमा नवीन प्रकाश श्रेष्ठले मध्यपुरथिमिमा यसअघि पनि चार परिवारलाई आवासको व्यवस्था गरेको र अहिले पनि चार परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार