कंचनपुरका वडा–वडामा लागुऔषध सचेतना कार्यक्रम
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार १८:५९:३५
♦शेरबहादुर सिंह
७ असोज, महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कंचनपुरको नेतृत्व सम्हालेका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले कंचनपुरमा लागुपदार्थ खैरो हिरोइनले जरा गाडेको विषय उजागर गरे ।
उनले जिल्लाभर प्रहरी सक्रिय गराएर झण्डै डेढ सयलाई कानुनी कारवाहीका दायरामा समेत ल्याए । कंचनपुर भारतका चार जिल्लासित सीमा जोडिएको जिल्ला पनि हो । खैरो हिरोइनले युवापुस्ता कुलतमा फसिसकेको विषय प्रहरी सक्रियतापछि बाहिर आयो ।
पछिल्लो समय समाजको ‘क्यान्सर’ नै लागुऔषध भएको जनाउँदै जिल्लामा सक्रियता बढाएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले लागुऔषध नियन्त्रणमा सक्रिय छन् । लागुऔषध नियन्त्रणका साथै कारबाही र समाजमा लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत गरिरहेका उनले अचेल यहाँका वडा तहसम्म पुगेर कक्षा लिइरहेका छन् ।
वडास्तरसम्म सचेतना कक्षा संचलन गरिरहेका प्रउ चौधरीले सामुदायिक प्रहरीमार्फत पनि स्कूल र समुदायस्तरमा लागुऔषधबाट बच्न र न्यूनीकरणका लागि सक्रिय बनाएका छन् । “सामाजिक सञ्जाल दुरुपयोग, अभिभावक सन्ततिप्रति गम्भीर नदेखिहुन, पारिवारिक कलह र लागुऔषध पाउने बजार नजिक हुँदा कञ्चनपुर लागुऔषधको नराम्रो फन्दामा छ।” उनले भने, “ लागुऔषधमा प्रहरी र नागरिक एवं सरोकारवालबीच सहकार्य हुनु आवश्यक छ ।”
उनले कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीमध्ये ४५ प्रतिशत लागुऔषध मुद्दाका अभियुक्त र दोषी रहेको जानकारी दिए । “तीन वर्षअघिसम्म यहाँ लागुऔषधका ५५ मुद्दा रहे पनि अहिले एक सय ४३ मुद्दा चलिरहेका छन् ।” उनले भने, “मुद्दाको रेकर्डले पनि यसको भयाभहको अवस्था देखाउँछ ।”
कारागारका रहेका चार सय २६ कैदीबन्दीमध्ये एक सय ५६ लागुऔषधसम्बकन्धी मुद्दाका रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी मातहतका मुद्दा चल्ने युनिटमा पनि लागुऔषध मुद्दाकै चाप बढी छ । “लागुऔषधको लत र कारोबारमा १८ देखि ३० वर्षभित्रका युवा÷युवती छन् ।” प्रउचौधरीले भने, “युवा शक्ति नै दुर्व्यसनकाे सिकार बन्दै सहायक अपराध पनि बढ्छन् ।”
उनले लागुऔषधकै लतमा परेको व्यक्तिले चोरी, लुटपाट, बलात्कारदेखि हत्या हिंसाजस्ता सामाजिक अपराधमा केन्द्रित हुने गरेको बताए । “भारतीय बजारमा लागुऔषध खरिद गरेर भारतीय नै नेपालको सिमानासम्म पु¥याइदिने गरेको तथ्य छ ।” उनले भने, “कतिपय बेला भारतीय लागुऔषध नेपालमै ल्याएर किनबेच गरिरहेको बेला पक्राउ परेको स्थिति पनि छ ।”
भारतका चार जिल्ला कञ्चनपुरको सिमानासम्म जोडिने भएकाले प्रहरीलाई समन्वय गर्न पनि समस्या रहेको छ । “लागुऔषधसित अन्य पाँच÷छ वटा अपराधसमेत जोडिएका छन् ।” उनले भने, “यसको ओसारपसार र सेवन न्यूनीकरण प्रहरी सक्रियताले मात्रै सम्भव छैन ।” अभिभावले प्रहरीले मात्रै लागुऔषध नियन्त्रण गर्ने काम हो भन्दै सोचेर बसेर मात्रै नहुने प्रहरीको भनाइ छ ।
“खैरो हिरोइन यहाँ उत्पादन नभए पनि यसको माग र पैठारी रोक्ने विषयमा हामी गम्भीर भएर लागेका छौँ ।” उनले भने , “सोहीअनुसार ओसारपसारमा संलग्न र सेवनकर्ता धमाधम पक्राउ परिरहेका पनि छन् ।” युवालाई लागुऔषधको लतमा पस्न नदिन व्यायम, साधना र संगीततर्फ लगाउन अभिभावकले जोड दिनुपर्ने चौधरीको भनाइ छ ।
“सवारी दुर्घटना पनि लागुऔषध र मादकपदार्थ सेवनकै कारण बढी हुने गरेको देखिन्छ ।” उनले भने, “समृद्ध समाज बनाउन सडकलगायतका पूर्वाधार बनाएर मात्रै हुँदैन, युवा शक्तिलाई नराम्रा लतमा जान नदनि पनि सबैको भूमिका आवश्यक छ ।”
त्यसैगरी धूमपान नियन्त्रणका अभियन्ता मदन चन्दले युवालाई लागुऔषधको कुलतबाट बचाउन अभिभावक बढी जिम्मेवार हुनुपर्ने उनले बताए । “चौतर्फी खुला सिमानाका कारण यहाँ प्रहरी प्रशासनबाट पनि लागुऔषध नियन्त्रणमा चुनौती छ ।” उनले भने, “छोराछोरीको आनीबानी, उसको चालचालन थाहा हुने पहिलो अभिभावकलाई नै हो ।” उनले स्थानीय सरकारले पनि लागुऔषध नियन्त्रणका लागि पहल गर्नुपर्नेमा जोड दिए ।“प्रहरी र हामीले कक्षा संचालन गरेर मात्रै पुग्दैन ।” प्रउ चौधरीले भने, “युवा शक्ति लागुऔषधको लतमा फसे समाज नै कता जाने भन्ने चिन्ता छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार