उम्मेदवारको निर्वाचन खर्च सीमा बढ्ने, आयोगले राजनीतिक दलसँग छलफल गर्दै
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार १५:२६:१७
११ असोज, काठमाडौं । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरिएको छ । निर्वाचन आयोगले उम्मेदवारले गर्ने खर्च वैज्ञानिक बनाउन आवश्यक सूत्र तयार गरी खर्च सीमा तय गर्न लागेको हो ।
आयोगले राजनीतिक दलसँगको छलफल तथा सुझावको आधारमा खर्च सीमा पुनरवलोकन गर्ने बताएको छ । राजनीतिक दलहरुसँग आज ११ बजेदेखि आयोगमा छलफल हुँदैछ । आयोगले तयार गरेको सूत्र बमोजिम प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको न्यूनत्तम २४ लाख तथा अधिकत्तम ४१ लाख खर्च कायम हुनेछ । सूत्र बमोजिम ४१ लाख हुन आएपनि अधिकत्तम खर्च ३३ लाख कायम गर्नेगरी सीमा तय गर्ने तयारी गरिएको छ । तर आयोगले साबिकमा रहेको खर्चलाई न्यूनत्तम सीमा राख्ने गरी खर्च निर्धारण गर्ने तयारी गरेको हो ।
निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले असोज ११ गते राजनीतिक दलका पदाधिकारीसँग उक्त विषयमा छलफल गरिने बताए । “तत्कालै खर्च सीमा यति तोकियो भन्न सकिन्न, दलसँगको छलफलमा आएका सुझाबको आधारमा आयोगले निर्णय गर्नेछ,” उनले बताए ।
आम निर्वाचन २०७४ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारले २५ लाख खर्च गर्न पाउने सीमा तोकिएको थियो । सूत्र अनुसार अधिकत्तम ४१ लाख खर्च गर्न पाउने मुनासिव देखिएपनि अधिकत्तम सीमा ३३ लाख मात्रै कायम गर्ने गरी तयारी गरिएको छ । आयोगले खर्च सीमा तोक्न तीन वटा मापदण्ड बनाएको छ । प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “मतदाता सङ्ख्या, क्षेत्रफल र मतदान केन्द्रको सङ्ख्यालाई आधार बनाइएको छ ।”
आयोग स्रोतका अनुसार खर्च सीमा तय गर्न निर्वाचन क्षेत्रमा रहेका मतदाताको कुल सङ्ख्याका लागि ५५ प्रतिशत भार निर्धारण गरिएको छ । निर्वाचन क्षेत्रको क्षेत्रफल अन्तर्गत २५ प्रतिशत र मतदान केन्द्रका लागि २० प्रतिशत भार दिइने गरी सूत्र तयार गरिएको हो । १६५ वटा निर्वाचन क्षेत्रलाई पाँच समूहमा विभाजन गरी खर्च तोकिने तयारी गरिएको छ । आयोगको तयारी बमोजिमको खर्च स्वीकृत भए अधिकत्तम ३३ लाख खर्च गर्न पाउने अधिकांश हिमाली तथा पहाडका निर्वाचन क्षेत्र हुनेछन्। पूर्वी पहाड र तराई मधेशका निर्वाचन क्षेत्रहरु भने २९ लाख र ३१ लाख खर्च गर्न पाउने सीमाभित्र पर्नेछन् । २५ लाख र २७ लाख खर्च गर्न पाउने अधिकांश निर्वाचन क्षेत्र काठमाडौँ उपत्यकाभित्रका छन् ।
आयोगले तय गरेको आधार बमोजिम प्रदेश सभा सदस्यतर्फ एक जना प्रदेश सभा सदस्यतर्फ न्यूनत्तम १४ लाख र अधिकत्तम ३८ लाख खर्च सीमा हुन आउँछ । तर प्रदेश सभा सदस्य निर्वाचन, २०७४ मा भने उम्मेदवारको खर्च सीमा १५ लाख थियो । तर आगामी निर्वाचनका लागि न्यूनत्तम १५ लाख र अधिकत्तम २३ लाख खर्च पाउने गरी सीमा निर्धारणको तयारी गरिएको छ ।
प्रदेश सभामा सात वटै प्रदेशमा ३३० वटा निर्वाचन क्षेत्र छन् । १५ लाखसम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्रको सङ्ख्या ५५ रहेका छन् । सूत्र बमोजिम सबैभन्दा १७ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्र १५२ वटा छन् । ६४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा १९ लाख, ३१ वटामा २१ लाख र २८ वटा निर्वाचन क्षेत्रमा २३ लाख खर्च गर्न पाउने सीमा राख्ने तयारी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार