रसुवागढी जलविद्युत आयोजनाको उपकरण जडान तीव्र
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार १७:९:२५
११ असोज, रसुवा । उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य तीव्ररूपले अगाडि बढेको छ । एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट चरणबद्वरूपमा अगाडि बढेको सो आयोजनाको सुरूङ खन्नेलगायतका संरचना निर्माण गरी उपकरण जडानलाई उच्च प्राथमिकता दिइएको हो ।
आयोजना आयोजना प्रमुख सत्यराम ज्याख्वका अनुसार उपकरण जडानकार्य ६० प्रतिशत पूरा भएको र बाँकी काम २०७९ भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ । उपकरण जडानका लागि दैनिक एक सयभन्दा बढी दक्ष जनशक्ति परिचालन भइरहेका छन् । उपकरण जडानमा भोइथ इण्डिया कार्यरत रहेको र उसको काम सन्तोषजनक तवरले अगाडि बढिरहेको इलेक्ट्रिकल इञ्जीनियर सन्तोष अधिकारीले जानकारी दिए ।
भोटेकोसी खोलाको बाँध तथा चार हजार एक सय ८५ मिटर लामो हेडरेस सुरुङ एवं विद्युत्गृहसमेतका संरचना निर्माण सम्पन्न गरी उपकरण जडानको काम अगाडि बढेको हो । केही वर्ष अगाडि भएको इन्धन अभाव, समय–समयमा गइरहने वर्षायामको हिले तथा हिउँदयामको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भइरहँदा निर्माण सामग्री ढुवानीमा असर, विसं २०७२ को भूकम्प असरले पहरा फेदको बाहिरी भागमा लामो समयसम्म हिँडडुल तथा काम गर्नसमेत जोखिम, भोटेकोसीमा गत वर्ष आएको बाढी, कोभिड सङ्क्रमण असरजस्ता विविध समस्याकै कारण विद्युत् उत्पादनमा ढिलाइ भएको बताइन्छ ।
रु १३ अर्ब ६० करोडको लागतमा सन् २०१७ मै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण अगाडि बढाइएको सो आयोजना समयमा सम्पन्न गर्न विविध कठिनाइका कारण ढिलाइ भएको हो । आयोजना निर्माणको समयावधि लम्बिन गएकाले महँगीको तुलनामा निर्माण लागत केही अंशले बढ्ने प्राविधिकले बताएका छन् ।
विसं २०७९ भित्रैमा परीक्षण उत्पादन गर्ने अठोट गरिए पनि हालसम्म राष्ट्रिय प्रसारण लाइन तयार नहुँदा उत्पादित विद्युत् केही समयका लागि खेर जाने हो कि भन्ने प्राविधिकमाझ चिन्तासमेत बढेको देखिएको छ । उपकरण जडानका साथसाथै उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा पठाउन टिमुरेबाट आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेतमा रहने विद्युत् हबमा लैजाने अन्तरिक प्रसारण लाइन निर्माणसमेत भइरहेको वातावरणविज्ञ तेज साउदले जानकारी दिए । आयोजनाले उत्पादन गरेका विद्युत् काठमाडौँ पु¥याउन राष्ट्रिय प्रसारण लाइन निर्माणको अन्तिम चरणमा पुगेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
काठमाडौं सिडिओ अफिसमा घुसखोर कर्मचारीकै टीम !
मंसिर १७, २०८१ सोमबार
चितवनसँग काठमान्डु गुर्खाज ५ विकेटले पराजित
मंसिर १७, २०८१ सोमबार
विश्व टेस्ट च्याम्पियनसिपको फाइनल टीम इन्डियाका निकै महत्त्वपूर्ण
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण, ४० मिनेट होल्ड भए जहाज
मंसिर १७, २०८१ सोमबार
एनपीएल : काठमाडौंद्वारा चितवनसामु ११२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार