आफ्नो परिवार, आसेपासे र चाकरी चाप्लुसी गर्नेलाई कहाँ सेट गर्ने भन्ने देखियोः कांग्रेस नेता राजभण्डारी
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार १९:२९:४५
समाजसेवासँगै राजनीतिबाट खारिएका सिद्धान्तनिष्ठ कांग्रेस नेता हुन् दिव्यमणि राजभण्डारी । काठमाडौंका स्थायी बासिन्दा राजभण्डारी संसदमा रहँदा दरिलो ढंगले पार्टीको प्रतिनिधित्व गर्ने कांग्रेस सांसदको रुपमा परिचित छन् । विधि, विधान, पद्धति र सिद्धान्तलाई राजनीतिक कडी ठान्ने उनी पार्टीभित्र निष्ठावान नेता र स्पष्टवक्ताको रुपमा चिनिन्छन् ।
आफूलाई लागेका कुरा निर्धक्क राख्न खप्पिस राजभण्डारी पार्टीमा हाम्रालाई भन्दा राम्रालाई स्थान दिनुपर्नेमा जोड दिन्छन् । पार्टीमा ठूलो लगानी गरेर पनि लाभको पदमा भने खासै पुगेका छैनन् । सांसद हुँदा पनि अनियमिततामा कतै नमुछिएकाले स्वच्छ छविका नेतामा उनी गनिन्छन् । गुट–उपगुटभन्दा असल नेतृत्वको खोजीमा जोड दिने उनी पार्टीको पछिल्लो क्रियाकलापदेखि असन्तुष्ट देखिन्छन् । उनै नेता राजभण्डारीसँग आमनिर्वाचनमा केन्द्रित रहेर नेपालबसहका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंशः
गठबन्धनले गर्दा भागबन्डामा नमिलेर कांग्रेसभित्र आन्तरिक कलह छ । एकथरी कांग्रेसीहरु एक्लै चुनाव लड्नुपर्छ भनिरहेका छन् । यसलाई कसरी लिनुभएको छ ?
कांग्रेसमा मात्रै होइन अन्य पार्टीहरुमा पनि कसले टिकट पाउने, कसले नपाउने भन्ने विवाद छ । त्यस्तै कांग्रेसमा पनि त्यस्तो खाले असहमति छ । कसलाई प्रत्यक्ष्यमा उम्मेदवार बनाउने, कसलाई समानुपातिकमा राख्ने भन्ने होडबाजी चलिरहेको छ । अहिलेको परिस्थिति र संविधानले दिएको प्रावधान अनुसार एउटै पार्टीले बहुमत ल्याउन सक्ने स्थिति छैन । त्यसले गठबन्धनको आवश्यकता महसुस गरिएको हो । जहाँसम्म गठबन्धनको कुरा गर्दा सरकार बनाउने बेलामा गठबन्धन गर्नु स्वाभाविक हो । तर, चुनावमै गठबन्धन गरेर जाने कुरा त्यति राम्रो होइन । त्यो भन्दा पनि महत्वपूर्ण कुरा चाहीं सबै क्षेत्रका नेता, कार्यकर्ताहरुको मनोबल उच्च राख्ने गरी नेतृत्वले निर्णय गर्न सक्नुपर्छ ।
समाजका अन्य तह, तप्काका व्यक्तिहरुमा पनि असन्तुष्टि हुन्छ । पत्रकारहरुमा पनि छ । जस्तो म संसदमा रहँदा हरेक विषयमा आफ्ना धारणाहरु राख्थेँ । जनताका आवाजहरु उठाइरहन्थेँ । तर, मिडियामा खासै समाचार आउँदैन थिए । किनभने मसँग पत्रकारहरु असन्तुष्ट थिए होलान् । कोही सांसद बोल्न पाएको हुँदैन बाहिर समाचारहरु आइसकेका हुन्थे ।
त्यसको लागि सम्बन्धित क्षेत्रका जनताको मन जित्न सक्ने, स्वच्छ छवि भएका र जनताले विश्वास गरेका व्यक्तिलाई उम्मेदवार बनाएर पठाउनु उपयुक्त हुन्छ । त्यसको लागि आफ्नो दलले प्राप्त गरेको सीटबाट भूगोलको आवश्यकता, जनताको चाहना र चुनाव जित्न उच्च मनोबल भएको व्यक्ति छनोट गर्नुपर्छ । कुनै गुट, उपगुट, मेरो, तेरो भन्ने भावना नराखी असल कांग्रेसलाई छानेर टिकट दिनुपर्छ । त्यो भयो भने मात्रै कांग्रेसले चुनावमा राम्रो रिजल्ट ल्याउन सक्छ ।
गठबन्धनले गर्दा कांग्रेसभित्र आन्तरिक कलह छ, सीट कम आकांक्षी धेरै छन् कसरी मिलाउने ?
नेपाली कांग्रेस पुरानो लोकतान्त्रिक पार्टी हो । यहाँ धेरै संघर्ष गरेका साथीहरु हुनुहुन्छ । सिंगल लड्दा पनि सबैलाई भाग पुर्याउन गाह्रो हुन्छ त्यसमाथि गठबन्धन भएपछि कम त हुने नै भयो । त्यसकारण आकांक्षी सबैले भाग पाउने कुरा हुँदैन । तर, गठबन्धनमा आफ्नो पार्टीले प्राप्त गरेको सीटमा यताको उताको नभनी उपयुक्त पात्र छनोट गर्न सक्नुपर्छ । त्यसमा नेतृत्वले ध्यान दिन जरुरी छ । मैले अगाडि पनि भनेको छु भूगोलको आवश्यकता, जनचाहना र योगदानको आधारमा उपयूक्त पात्रलाई नेतृत्वमा पुर्याउनुपर्छ । त्यसमा हाम्रालाई होइन, राम्रालाई अवसर दिनुपर्छ । त्यो भयो भने असन्तुष्टि घट्छ पार्टीलाई फाइदा हुन्छ ।
एउटै चुनावी प्रक्रियामा प्रत्यक्षमा उठ्ने लागु नहुने समानुपातिकमा हुनेले चाहीं फेरि दोहोरिएर आउन नपाउने नियम कही हुन्छ ?
पार्टी सभापति देउवाले उम्मेदवार चयनमा एकलौटी गरेको कोइराला पक्षको आरोप छ, कांग्रेसमा पटक–पटक यस्तो विवाद किन भइरहन्छ ?
जहाँसम्म पार्टी सभापतिले एकलौटी ढंगले टिकट दिन खोजेको भनेर संस्थापन इतर पक्षको आरोप छ । त्यसमा संस्थापन पक्ष र इतर डा. शेखर कोइराला पक्ष दुवैको गल्ती छ । किनभने देउवा पक्षले एकलौटी गर्न खोज्यो भनिरहँदा उहाँहरुले पनि मलाई यति प्रतिशत चाहिन्छ । मेरो मान्छे यहाँ राखिदेउ भन्नुभएन । खासगरी अहिले ६० र ४० प्रतिशतको भागबन्डाको कुरा छ । त्यसरी ६० र ४० प्रतिशतको कुरा गरिरहँदा असल कांग्रेस भनेर दुवै पक्षले खाजेका छैनन् । खाली आफ्नो परिवार, आसेपासे र चाकरी चाप्लुसी गर्नेलाई कहाँ सेट गर्ने भन्ने छ ।
पार्टी संगठनमा बलिदानी गरेको त्यागी व्यक्ति खोजिएको छैन । संस्थापन पक्षले एकलौटी गरेर पार्टीमा योगदान नभएका, चुनाव जित्ने आधार नभएका र जनतामा लोकप्रिय नभएका व्यक्तिलाई टिकट दिएको भनेर आरोप छ । यदि त्यस्तो हो भने संस्थापन इतरपक्षले पनि मलाई यति प्रतिशत चाहिन्छ भन्नु भएन । सम्बन्धित क्षेत्रमा योगदान भएको जुनसुकै पक्षको भएपनि असल कांग्रेसले टिकट पाउनुपर्छ भनेर उहाँहरुले माग गर्न सक्नुपर्यो । तर, यहाँ असल कांग्रेस भन्दा आफ्ना गुट, आसेपासेको प्रचार गरिएको छ ।
सभापति देउवाको व्यवहारले कोइराला पक्षमा ठूलो असन्तुष्टि छ नि, के भन्नुहुन्छ ?
उहाँहरुको मात्रै होइन । असन्तुष्टि त सबैको छ । शेरबहादुर देउवामा पनि होला, रामचन्द्र पौडेलमा पनि छ । अन्य नेताहरुमा पनि छ । समाजका अन्य तह, तप्काका व्यक्तिहरुमा पनि असन्तुष्टि हुन्छ । पत्रकारहरुमा पनि छ । जस्तो म संसदमा रहँदा हरेक विषयमा आफ्ना धारणाहरु राख्थेँ । जनताका आवाजहरु उठाइरहन्थेँ । तर, मिडियामा खासै समाचार आउँदैन थिए । किनभने मसँग पत्रकारहरु असन्तुष्ट थिए होलान् । कोही सांसद बोल्न पाएको हुँदैन बाहिर समाचारहरु आइसकेका हुन्थे । त्यसैले असन्तुष्टि हरेक मान्छेमा हुन्छ ।
समानुपातिकमा एकपटक आइसकेकाले फेरि नपाउने भन्ने प्रावधान कांग्रेसले ल्याएको छ, त्यसलाई कसरी लिनुभएको छ ?
यो संविधानमा व्यवस्था नभएको कुरा नेपाली कांग्रेसले ल्याएको छ । जसरी समानुपातिकमा एकपटक निर्वाचित भइसकेका व्यक्तिहरुलाई फेरि उम्मेदवारी दिन नपाउने प्रावधान ल्याएको छ । त्यो संविधानमा उल्लेख छैन । त्यसैले कांग्रेसले यो निर्णय गलत गर्यो भन्ने लाग्छ । किनभने प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रिया चुनाव हो । प्रत्यक्ष पनि चुनाव हो । त्यो चुनावी प्रक्रियामा एकथरी समानुपातिकबाट आउँछन, अर्कोथरी प्रत्यक्षबाट उम्मेदवार भएर आउँछन् । एउटै चुनावी प्रक्रियामा प्रत्यक्षमा उठ्ने लागु नहुने समानुपातिकमा हुनेले चाहीं फेरि दोहोरिएर आउन नपाउने नियम कही हुन्छ ? यसमा जो साधन, स्रोत र शक्तिले सम्पन्न छन् तिनलाई समानुपातिकमा नअटाएपछि पार्टीले प्रत्यक्ष तर्फबाट मौका दिएको छ । कसैलाई पहिला समानुपातिकमा राखेर शक्तिशाली बनाएर प्रत्यक्षमा चुनाव लडाइएको छ । जस्तो उदाहरणको लागि यो भन्दा पहिला ज्ञानेन्द्रबहादुर कार्कीलाई समानुपातिकबाट सांसद बनाइयो । त्यसपछि सुनसरीबाट प्रत्यक्षमा चुनाव लडाएर विजयी बनाइयो । अहिले गृहमन्त्री बालकृष्ण खाँडजी आउनुभएको छ । यस्ता अन्य व्यक्तिहरु पनि धेरै होलान् ।
साधन, स्रोत र शक्तिको आडमा समानुपातिकमा परेर आएका सांसदहरुको भूमिका संसदमा कस्तो देख्नुभयो ?
त्यसरी आएका कतिपय सांसदले सदनमा राम्रो भूमिका खेलिरहेको देखियो । जस्तो मैले संसदमा रहँदा कहिल्यै पनि तलमाथि नगरी इमान्दारपूर्वक पार्टीको प्रतिनिधित्व हुनेगरी भूमिका निर्वाह गरेँ । कतिपयले झारा टार्ने र भत्ता पड्काउने हिड्ने, कहिले संसद बैठकमै नआउने काम पनि गरे । तर, पार्टीले यसले राम्रो काम गर्यो, यसले पार्टीको मर्म र भावना अनुसार काम गर्न सकेन भनेर मूल्यांकन कहिल्यै गरेन । राम्रो गर्नेलाई धन्यवाद दिने, गर्न नसक्नेलाई किन भएन भनेर पनि खोजी गरिएन । नेपाली कांग्रेसबाट ६३ जना सांसद भएका थियौं । त्यसमध्ये संसदमा कसले राम्रो भूमिका खेल्यो, कसले राम्रो गर्न सकेन भन्ने संविधानमा प्रावधान भएको भए हामीले केही भन्नु थिएन । पार्टीको विधान पनि संविधानको मर्मअनुसार भएन । जब कि संविधानमा समानुपातिकमा एकपटक निर्वाचित भएकोले दोहोर्याउन पाउँदैन भनेर लेखिएको छैन ।
अहिले पैसा र पावरका आधारमा संसदमा राम्रो भूमिका नखेल्ने, खाली ठेक्कापट्टा र व्यक्तिगत स्वार्थमा लिप्त हुने व्यक्तिहरुलाई प्रत्यक्षमा चुनाव लडाइँदैछ ।
जब कि मूल्यांकन गर्दा कानुनले मिल्ने गरी तलको माथि, माथिको तल भनेर संघ र प्रदेशमा कहीं व्यवस्था नभएकाले पुरानै पदमा पुनः उम्मेदवारी दिन नपाउने र सेवा गर्न नपाउने गरी उनीहरुलाई मापदण्ड बनाइएको छ । त्यसले हामीजस्ता नेतालाई खिन्न बनाएको छ । त्यसकारण हिजो समानुपातिकबाट प्रतिनिधित्व गर्ने जति व्यक्तिहरु छन् संसदमा । तिनीहरुलाई मेरो त एकपटक मात्रै रहेछ भन्ने भएको छ । त्यस्तो व्यवस्थाले राजनीतिमा कुनै मेहनत नगर्ने देखिन्छ । अहिले संसदमा कतिपय सांसद हुनुहुन्छ, उहाँहरु संसदभित्र त्यति क्रियाशील देखिनुहुन्न । त्यसभित्रका कतिपय साथीहरु चुनाव लड्ने चाहनामा हुनुहुन्छ । म यो पक्ष, ऊ पक्ष भन्न चाहन्न । म चाहीं अहिले पार्टीभित्र जुन तरिकाले काम भइरहेको छ त्यो एकदमै गलत हो भन्न चाहन्छु । किनभने पार्टीभित्र महत्वपूर्ण कमै व्यक्तिहरु हुनुहुन्छ । उहाँहरु समानुपातिक बाहेक प्रत्यक्षमा चुनाव लड्नै सक्नुहुन्न ।
त्यसकारण मौका पाउँदा जसले राम्रो भूमिका निर्वाह गर्न सकेको छैन । जस्तो अहिले कतिपय मन्त्रीहरु हुनुहुन्छ । उहाँहरुले रिजल्ट राम्रो दिनुभएको छैन भने फेरि निरन्तरता दिनुभएन । भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई फेरि मन्त्री बनाउनुभएन । जसले मन्त्री हुँदा राम्रो काम गरेको छ त्यसलाई पुनः अवसर दिनुपर्यो । जो व्यक्ति एकपकट सांसद भएर राम्रो भूमिका निर्वाह गर्न सकेन । त्यसलाई फेरि दोहो¥याउनु गलत हो । संसदमा बोल्दा कतिपय सांसदहरु तयारी गरेर आउनुहुन्थ्यो कतिपयले तयारी नै नगरी हचुवाको भरमा बोल्नुहुन्थ्यो । कोही त संसदमा भागै लिनुहुन्न थियो । कोही १० दिन हाजिर भएर जानुभयो । त्यस्ता व्यक्तिहरु हामीले देखेका छौं, भोगेका छौं ।
मौका पाउँदा राम्रो भूमिका निर्वाह गर्न नसक्नेलाई दोहोर्याउनु घातक हो ?
हो । जस्तो समानुपातिकबाट आएकाहरु सांसद, मन्त्री भए । अहिले आएर प्रत्यक्षमा लड्ने वातावरण छैन । त्यो राजनीति सिद्धान्त, आस्था र विश्वासका लागि हेल्दी पोलिटिक्स भएन । जो व्यक्ति आवश्यक छ, संसदमा राम्रो भूमिका खेलेको छ । देश विकासको लागि राम्रो भूमिका खेलेको छ । राष्ट्र, राष्ट्रियता र जनताको लागि खबरदारी गरेको छ । त्यस्ता व्यक्ति जो प्रत्यक्षमा लड्न सक्दैनन् उसलाई समानुपातिकमा राख्नुपर्छ । म सांसद हुँदा पार्टीको प्रतिनिधित्व गरेर आफ्नो कर्तव्य पुरा गरेको छु । तर, हामी प्रत्यक्ष निर्वाचनमा जान सक्ने मान्छे होइन । मैले पार्टी र देशको निम्ति आफ्नो बलबुताले भ्याएसम्म काम गरेको छु । पदको दुरुपयोग कहिल्यै गरिँन । अहिले पार्टीले हामी जस्ता व्यक्तिहरुलाई बञ्चित गरेको छ । यहाँ मैले पार्टीमा जसले अतुलनीय योगदान गरेको छ, त्यस्ता व्यक्तिहरु आउनुपर्छ भन्ने खोजेको हुँ । म अरुको कुरै गर्दिन ।
अहिले कांग्रेसले प्रदेशमा पठाएका मान्छेको लिस्ट हेर्दा एउटा पनि सिनियर मान्छे देखिँन । बरु त्यसमा मलाई पठाईदिएको भए हुन्थ्यो । मलाई खाली त्यसमा बसेर सेवा गर्ने इच्छा थियो । कुनै मन्त्री, मुख्यमन्त्री खाने लोभ, रहर होइन । त्यहाँ बसेर संस्थागत विकासको काम गरिदिन्थेँ । संघीय व्यवस्था के भन्ने पहिचान दिने गरी काम गरेर देखाउने थिएँ ।
समानुपातिक उम्मेदवार त्यस्तो हुनुपर्याे जसले प्रत्यक्षमा पनि भोट तान्ने क्षमता राखोस् हो ?
समानुपातिक निर्वाचन प्रणाली जर्मनीमा पनि छ । समानुपातिक प्रतिनिधिलाई एक किसिमले मत आउँछ । प्रत्यक्षतर्फको प्रतिनिधिलाई एक किसिमको भोट आउँछ । जो प्रत्यक्षमा चुनाव जित्ने क्षमता राख्छ ऊ त्यसमा लड्छ । जस्तो अघिल्लो निर्वाचनमा कृष्णप्रसाद सिटौलालाई समानुपातिकमा बस्नु भन्दा मान्नु भएन । म प्रत्यक्षबाट जनताको प्रतिनिधि भएर आउँछु भनेर चुनाव लड्नुभयो । यसपाली अर्जुनरसिंह केसीलाई टिकट दिने कुरा चलेको थियो । उहाँको नाम देखिन चुनाव लडने मुडमा हुनुहुन्छ । जब प्रत्यक्षमा चुनाव हार्छन् समानुपातिकबाट आएका छन् । होइन भने फेरि प्रत्यक्षबाट आएका छन् ।
त्यसमा सबै २०७४ सालमा चुनाव हारेकालाई राखिएको छ । यसरी खाली पहिलाकै जस्तो हिसाबले मान्छेहरु राखिएका छन् । यसरी जनआकर्षण नभएका मान्छेहरुलाई महत्व दिएपनि अहिले थपिएका नयाँ जेनेरेशन र फ्रस्टेशन गरी दुई थरीका भोटर्सहरु थपिएका छन् । त्यसले बालेन क्रेजहरु जन्माउँछ ।
अहिले कस्तो छ भने एकातिर पार्टीमा क्रियाशील भएर काम गर्यो । जनताको विश्वास जित्यो त्यस्ता व्यक्तिलाई अवसरबाट बञ्चित गर्ने । २०७४ सालमा चुनाव जित्न नसक्ने, जनताबाट फेल भएका धेरैलाई अहिले फेरि अहिले समानुपातिकमा राखिएको छ । यसले गुटबन्दीका कारण पार्टीभित्र सक्षम भन्दा पनि जसरी हुन्छ संसदमा आफ्नो मान्छे छिराउने प्रवृत्ति बढेको छ । यहाँ ६०, ४० कुरा गरिएको छ तर आफ्ना मान्छे छिराउनको लागि । पहिला नेपाली कांग्रेसले संसदमा राम्रो रोल खेल्नसक्ने मान्छे राख्नुपर्छ । अहिले पैसा र पावरका आधारमा संसदमा राम्रो भूमिका नखेल्ने, खाली ठेक्कापट्टा र व्यक्तिगत स्वार्थमा लिप्त हुने व्यक्तिहरुलाई प्रत्यक्षमा चुनाव लडाइँदैछ ।
यो प्रथा रहुन्जेल पार्टीमा कहिल्यै राम्रो काम हुँदैन । अहिले जनता धेरै सचेत छन् । पार्टीले समानुपातिकमा जसरी मान्छे छनोट गरिएका छन् ती व्यक्ति कत्तिको वजनदार हुने भन्ने जनताले बुझेका छन् । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले ४० सीट पाएको थियो । अहिले जनताले हेरिरहेका छन् कस्ता मान्छेहरु संसदमा जाँदैछन् भनेर । राजनीतिबाट रिटायर्ड हुने बेलाका व्यक्तिलाई फेरि चुनाव लडाइँदै छ । यसो हुनुमा संस्थापन पक्षभन्दा इतर पक्षको धेरै कमजोरी छ । असल नेता, कार्यकर्ताको लागि नभई आफ्नो गुटको लडाइँ भइरहेको छ । म कुनै गुटको राजनीति गर्ने मान्छे होइन ।
त्यसो भए कांग्रेसले टिकट वितरणमा न्यायोचित निर्णय गर्न सकेन, हो ?
न्यायोचित वितरण गर्न पटक्कै सकेको छैन । कांग्रेसले खाली आसेपासे, आफ्नो वरिपरि घुम्ने व्यक्तिलाई अवसर दिने गरेको छ । त्यस्ताले संसदमा राम्रो भूमिका निर्वाह गर्न सक्दैन । सांसद हुन्छ अलिअलि कमाउँछ, आफ्नो दुनो सोझ्याउँछ, रातो पासपोर्ट पाउँछ, रमाउछ । त्यस्तालाई प्राथमिकतामा राख्ने गरिएको छ । बरु एमालेले प्रदेशमा पनि राजनीतिमा परिपक्व भएका अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, मेयर भइसकका केशव स्थापितजस्ता व्यक्तिलाई प्रतिनिधित्व गराएको थियो । माथि मन्त्री र सांसद भइसकेका व्यक्तिहरुलाई पनि समानुपातिकमा अवसर दिएको थियो । त्यतिबेला नेपाली कांग्रेस बागमती प्रदेशमा २१ सीटमा ७ सीटमा प्रत्यक्षतर्फ विजयी भएको थियो । १४ जना समानुपातिक गरि २१ जनाले प्रतिपक्षको जुन भूमिका निर्वाह गर्नुपर्ने थियो त्यो गर्न सकेनन् ।
अहिले कांग्रेसले प्रदेशमा पठाएका मान्छेको लिस्ट हेर्दा एउटा पनि सिनियर मान्छे देखिँन । बरु त्यसमा मलाई पठाईदिएको भए हुन्थ्यो । मलाई खाली त्यसमा बसेर सेवा गर्ने इच्छा थियो । कुनै मन्त्री, मुख्यमन्त्री खाने लोभ, रहर होइन । त्यहाँ बसेर संस्थागत विकासको काम गरिदिन्थेँ । संघीय व्यवस्था के भन्ने पहिचान दिने गरी काम गरेर देखाउने थिएँ । सबैले देखिरहनु भएको छ मैले हिजो संसदमा हुँदा के गरेको छु भनेर । अहिले कपितय प्रदेश सांसदहरु यहाँबाट हेटौंडा जानुहुन्छ मिटिङमा भाग लिनुहुन्छ फेरि फर्किएर काठमाडौं आउनुहुन्छ । कतिपय मिटिङमै जाँदैनन् खाली आफ्नो ठेक्कापट्टामै व्यस्त हुन्छन् । मलाई त्यसो गर्नु छैन । अहिले गठबन्धनमा रहेका मन्त्रीहरु मध्य कुन कुनले राम्रो रोल खेले त ? यहाँ २०१५ सालको बीपी कोइरालाको समयको स्मरण गराउन चाहन्छु । कृष्ण भट्टराई सक्षम हुनुहुन्थ्यो चुनाव हार्नुभयो । उहाँलाई मनोनित गरेर सभामुख बनाइयो । सूर्यप्रसादजीले चुनाव हार्नुभयो ।
यो क्षेत्रमा गगन थापा लोकप्रिय हुनुहुन्छ उहाँको ठाउँमा उठ्ने कुरै भएन । उहाँले अब १० वर्ष राजनीतिक गर्छु ५५ वर्ष पुगेपछि छोड्छु भन्नुभएको छ । त्यो पनि हेर्न बाँकी छ । त्यो १० वर्षसम्ममा हाम्रो अवस्था कहाँ पुगिसकेको हुन्छ । त्यसैले नहुने कुरामा बल खेर फालेर हुँदैन ।
उहाँलाई मनोनित गरेर गृहमन्त्री बनाइयो । जुन समानुपातिक प्रतिनिधिको कुरा गर्दा एकचोटी अवसर पाइसकेका धेरै महिलाहरुलाई दोस्रो पटपटक नदिने भन्ने कुरा पनि चलेको थियो । अहिले पार्टीले जसरी सुचीकरण गरेको छ । पार्टीले जस्ता व्यक्तिलाई सिफारिस गरेको छ । उम्मेदवारको व्यक्तित्व हरेर पनि जनताले भोट दिने अवस्था आवस् । माथिल्लो तहमा नेपाली कांग्रेस कलस्टरबाट ल्याउने जनजाति, मधेसी, मुस्लिम, आदिवासी, दलित, महिला, खसआर्य, उत्पीडित, पिछडा वर्गलगायत जतिपनि छन् । त्यसमा सबै २०७४ सालमा चुनाव हारेकालाई किन राखेकाे ? यसरी पालैपालाे मान्छेहरु राखिएका छन् । यसरी जनआकर्षण नभएका मान्छेहरुलाई महत्व दिएपनि अहिले थपिएका नयाँ जेनेरेशन र फ्रस्टेशन गरी दुई थरीका भोटर्सहरु थपिएका छन् । त्यसले बालेन क्रेजहरु जन्माउँछ । मैले बालेन क्रेज नराम्रो भन्न खोजेको होइन । नेपाली कांग्रेसले पनि सही नेतृत्व दिनसक्ने मान्छेलाई प्राथमिकतामा राखेर ल्याउनुपर्छ भन्न खोजेको हुँ ।
कांग्रेसलाई आर्थिक, सामाजिक, राजनैतिक र सैद्धान्तिक रुपमा जसरी सहयोग गर्नुभयो , त्यसबाट के पाउनुभयो ?
मैले कांग्रेसबाट केही पाउँछु भनेर राजनीति गरेको होइन । म शिव–पार्वतीको वरिपरि घुम्ने गणेश पनि होइन । बीपीको इमान्दार कार्यकर्ता भएको नाताले सैद्धान्तिक रुपमा पार्टीलाई सहयोग गरेको हो । चाकरी, चाप्लुसी नगर्ने भएकाले पार्टी नेतृत्वप्रति त्यति विश्वासिलो हुन सकिएन । त्यति हुँदाहुँदै पनि मलाई पार्टीले २०७० र ७४ गरी दुईपटक समानुपातिक लिस्टमा राख्यो । २०७० पाइन, २०७४ मा पार्टी हारेपनि मैले पाएँ । पार्टीले मलाई जसरी विश्वास गरेर सांसद बनायो । मैले पनि आफ्नो व्यापार, व्यवसाय सबै छोडेर त्यसमा समय दिए । आफ्नो बलबुताले भ्याएसम्म संसदमा भूमिका निर्वाह गरेँ । मैले कांग्रेसलाई जे–जति योगदान गरेँ, अहिलेसम्म एकपटक समानुपातिक सांसद बाहेक कुनै लाभको पद लिएको छैन ।
तपाईंलाई पार्टीले कोषाध्यक्ष बनाउँदै छ भन्ने सुनिन्छ नि ?
नेपाली कांग्रेसको कोषाध्यक्ष हुन केन्द्रीय सदस्य हुनुपर्छ । अनि म केन्द्रीय सदस्य नै छैन भने कसरी कोषाध्यक्ष हुनु ? त्यसकारण त्यो कुरै नगरौं ।
केन्द्रीय सदस्य त पार्टीले मनोनित गरेर ल्याउन सकिहाल्छ नि ? अनि कसरी हुँदैन भन्नुहुन्छ ?
त्यो पार्टी नेतृत्वले चाहना गर्दा पछिको कुरा भयो । अहिले त कोषाध्यक्षको लागि जुन कुरा आवश्यक छ । त्यसमा म निर्वाचित छैन । अनि कसरी हुन्छ भन्नु ? जुन ठाउँमा जाने बाटै छैन । त्यो ठाउँको चाहना गरेर के हुन्छ ? त्यसैले ‘जान नपाउने गाउँको बाटै नसोधौ ।’
आगामी चुनावमा तपाईंको भूमिका के हुन्छ ?
इमानदारीपूर्वक पार्टीलाई सहयोग गर्ने अरु के गर्नु ? पार्टीले कतै खटायो, जिम्मेवारी दियो, म्यानिफेस्टो बनाउँदा सल्लाह लियो भने राय दिन्छु, खटिदिन्छु । जुनजुन ठाउँमा पार्टीले मेरो आवश्यकता महसुस गर्छ त्यसमा लागिपरेर सहयोग गरिदिन्छु । किनभने पार्टीमा बसेर आफूले पाए गर्ने नपाए नगर्ने मान्छे म होइन । म पार्टीमा आफ्नो लागि यो चाहियो भनेर बार्गेनिङ गर्ने मान्छे होइन । हिजो कतिपय सांसदहरु पार्टीमा प्रवेश गरेर खरिदबिक्रीकर्ता भए म त्यस्तो खरिदबिक्रीकर्ता होइन ।
तपाईं फलको आशा नगरी पार्टीमा निश्काम गर्छुहुन्छ , के का लागि ?
यतिका वर्षसम्म हामी पारिवारिक रुपमा कांग्रेस भएर लाग्यौं । हामी कुनै आयआर्जनको लागि कांग्रेस भएका होइनौं । सिद्धान्त, निष्ठा र भावनाले कांग्रेस भएका हौं । केही पाउँछु, कमाउँछु भनेर भएको होइन । लामो समय इमान्दारीपूर्वक लागेपछि एकपटकलाई एउटा पद पाइयो । फेरि पाइएन भनेर किन कुरा गर्ने ? अहिले मेरो व्यक्तिगत कमजोरी के भयो भने उमेरदेखि सब कारणले गर्दा प्रत्यक्षमा चुनाव लड्ने अवस्था रहेन । पुरानो थातथलो दोलखामा गएर राजनीति गर्ने कुरा पनि भएन । किनभने हामी २५/३० वर्षदेखि यतै छौं । त्यहाँ अरु साथीहरुले आफ्नो संगठन गर्नुभएको छ । जनताको काम गर्नुभएको छ । हामी बाहिरबाट जाने कुरै भएन । यो क्षेत्रमा गगन थापा लोकप्रिय हुनुहुन्छ उहाँको ठाउँमा उठ्ने कुरै भएन । उहाँले अब १० वर्ष राजनीतिक गर्छु ५५ वर्ष पुगेपछि छोड्छु भन्नुभएको छ । त्यो पनि हेर्न बाँकी छ । त्यो १० वर्षसम्ममा हाम्रो अवस्था कहाँ पुगिसकेको हुन्छ । त्यसैले नहुने कुरामा बल खेर फालेर हुँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार