शेखर कोइरालालाई भोट हालेकै आधारमा कोही दण्डित हुनु हुँदैन्ः यूवानेता भूपेन्द्रजंग शाही
नेपालबहस संवाददाता
असोज १३, २०७९ शुक्रबार ०:५८:३०
नेपाल विद्यार्थी संघ र तरुण दलबाट नेपाली राजनीतिमा खारिएका स्थापित युवा नेता हुन् भुपेन्द्रजंग शाही । कर्णालीको दूर्गम जिल्ला कालीकोटका स्थायी बासिन्दा शाही कांग्रेसभित्र प्रभावशाली एवं जुझारु युवा नेताका रुपमा परिचत छन् । नेपाल तरुण दलको निर्वतमान महासचिव र नेबिसंघको पूर्व उपाध्यक्षका रुपमा उनले राष्ट्रिय व्यक्तित्व बनाईसकेका छन् ।
गत १४ औं महाधिवेशनमा शेखर कोइराला समुहबाट कर्णाली प्रदेशको सभापतिमा उम्मेदवार रहेका नेता शाही प्रतिपक्षी दलसँग सधैं खरो उत्रने, पार्टीमा पनि जुझारु नेता र स्पष्टवक्ता भनेर चिनिन्छन् । क्षेत्र र भूगोलको मात्रै नभएर समग्र देशकै राजनीतिमा प्रभाव राख्ने उनी पार्टीभित्र कुशल संगठक र नेतृत्वदायी भूमिकामा अब्बल ठानिन्छन् । कालीकोटमा ०७० र ०७४ सालको आमनिर्वाचनमा दुईपटक संसदीय निर्वाचन लडीसकेका उनी यसपटकको निर्वाचनमा पनि निर्बिकल्प दावेदार रहेका छन् ।
गरिब, निमुखा, उत्पीडित तथा आवाजबिहीनहरुको आवाज बुलन्द गर्ने उनी असल नेता र समाजसेवीका रुपमा परिचति छन् । नेविसंघ र तरुण दलको नेतृत्वमा रहँदा सधैं विद्यार्थी र तरुण आन्दोलनको अग्रमोर्चामा देखिन्थे । भने अहिले पार्टीभित्र समान अवसर र न्यायका लागि गरिएको खबरदारी सभा र आन्दोलनमा पनि अग्रमोर्चामा रहेर कमाण्ड सम्हालिरहेका छन् । उनै शाहीसँग कांग्रेसको विवाद र आमनिर्वाचनमा केन्द्रित रहेर नेपालबहसका कालिका महतले गरेको कुराकानीको सम्पादित अंशः
तपाईंहरु चुनावको मुखमा किन पार्टी नेतृत्वको विरोधमा उत्रिनु भएको ?
निर्वाचनको मुखमा आएर जसरी पार्टीभित्र द्वन्द्व चर्किएको छ त्यो सुखद विषय होइन । यसबाट हामीहरु पटक्कै खुुशी छैनौं । यतिबेला मलगायत देशभर छरिएर रहेका साथीहरु कांग्रेस विजयको अभियान लिएर गाउँगाउँ, क्षेत्रक्षेत्र र जिल्ला–जिल्ला जान चाहन्छाैं । नेपाली कांग्रेसका जति साथीहरु असन्तुष्ट भएर आन्दोलनमा लाग्नुभएको छ, उहाँहरु सबैको चाहना कांग्रेसको रुख चिन्ह बोकेर गाउँ–गाउँ, टोल–टोलमा पुगेर पार्टी जिताउन भोट माग्ने नै हो । अरुबेला पार्टीभित्र विवाद, मनमुटाव हुनु छुट्टै कुरा हो । तर, निर्वाचन भनेको त अरु विचार, सिद्धान्त बोकेका पार्टीसँग लड्ने हो नि । यतिबेला ती विवाद, मनमुटावलाई थाँती राखेर एकढिक्का भएर पार्टी जिताउ अभियानमा लाग्नुपर्नेमा उल्टै पार्टीभित्र असन्तुष्ट भएर आन्दोलित हुनुपर्ने अवस्था आउनु दुःखदु कुरा हो ।
उहाँ हाम्रो अभिभावक किन होइन ? दुई–दुईपटक राम्रो भोट ल्याएर सभापतिमा निर्वाचित हुनुभएको छ । अहिले कांग्रेसमा भएका नेताहरुमध्ये सिनियर लिडर पनि हुनुहुन्छ । उहाँजस्तो व्यक्तित्वलाई हामीले अभिभावक नमान्ने भन्ने कुरै आउँदैन । तर, यहाँ असहमति कहाँनेर, के हो भने अभिभावक भइसकेपछि त उहाँका लागि सबै बराबर हुनुपर्यो नि । अधिवेशनमा कसले भोट दियो, कसले दिएन भनेर खोज्ने ?
तपाईंहरु केका लागि आफ्नै पार्टी सभापतिसँग लडिरहनुभएको छ त ?
यो अवस्था आउनु राम्रो कुरा होइन, यसप्रति हामी खुशी छैनौं । तर, पार्टीको अभिभावक जो हुनुहुन्छ सभापति शेरबहादुर देउवाको दायित्व हो पार्टीभित्र सबैलाई खुशी राख्ने । जसले नेतृत्व गरेर पार्टीलाई आधिकारिक रुपमा हाँकीरहनुभएको छ हामीलाई भन्दा त्यसमा बढी चासो र चिन्ता उहाँहरुलाई हुनुपर्ने होला नि । हामीले मात्रै चिन्ता लिएर केही पनि गर्नसक्ने कुरा आउँदैन । जसले नेतृत्व गरेर पार्टीलाई आधिकारिक रुपमा हाँकीरहनु भएको छ, मलाई भन्दा बढी चासो र चिन्ता उहाँलाई हुनुपर्ने होला नि । मैले मात्रै चिन्ता लिएर केही पनि गर्नसक्ने कुरा आउँदैन । यसको समाधानका लागि सही कुरा के हो भनेर खुट्याउने काम जो पार्टी हाक्नको लागि नेतृत्व गर्नुभएको छ । त्यसमा सभापति हुनुहोला, अन्य पदाधिकारी हुनुहोला । त्यसकारण सबैभन्दा बढी चिन्ता र चासो उहाँहरुलाई हुनुपर्यो ।
अब तपाईं पार्टी सभापतिलाई अभिभावक नै मान्नु हुन्न त ?
म सभापति देउवालाई मजाले अभिभावक मान्छु । आफ्नो पार्टीको सभापतिलाई अभिभावक नमान्ने कुरै आउँदैन ।
त्यसोभए उहाँको निर्णयमा किन विरोध गर्नुभयो त ?
हामीले अहिले व्यक्तिगत रुपमा शेरबहादुर देउवाको विरोध गरेको होइन । शेरबहादुर भन्ने नाम र देउवा भन्ने थरसँग आपत्ति भएर विरोधमा उत्रिएका त होइनौं नि । फेरि उहाँको अनुहार हेरेर हामी किन असन्तुष्ट हुनुपर्यो । यी र यस्ता विषय केही पनि होइनन् । त्यसैले व्यक्तिगत रुपमा हाम्रो विरोध होइन । हामीले त पार्टीलाई थप बलियो बनाउन रचनात्मक रुपमा सुझाव, सल्लाह दिएको हो । पार्टीलाई थप कमजोर हुनबाट जोगाउन रचनात्मक विरोध गरेका हौं । हाम्रो उद्देश्य त पार्टीले आफ्ना कमीकमजोरीहरु जे-जति छन् त्यो सच्याओस् । जसको कारण पार्टी अझ सशक्त र बलियो भएर अगाडि जाओस् । पार्टीले सबैको इच्छा, आकांक्षा र भावनालाई मिलाएर अगाडि बढोस् । सबैको विचार, भावनालाई जोडेर एकढिक्का, एकमत र एकताबद्ध भएर बहुमत ल्याउने गरी पार्टी चुनावमा जाओस् भन्ने हाम्रो मुख्य चाहना हो ।
यसो भनिरहँदा संस्थापन इतर पक्षका आफ्ना मान्छेले टिकट पाएनन् हो ?
एउटा लोकतान्त्रिक पार्टीभित्र ती कुराहरु आउछन् । कम्युनिस्ट पार्टीभित्र त असन्तुष्टि, असहमतिका कुराहरु उठ्न थालेका छन् । हाम्रो जस्तो लोकतान्त्रिक पार्टीभित्र नआउने कुरै हुँदैन । आफूलाई लागेका सहमति, असहमति र फरक विचार, कुराहरु आउँछन् । त्यसभित्र बहस, छलफल हुन्छन् । तर, यसमा मेरो भनाइ के हो भने कुरा उठिसकेपछि, पार्टीभित्र गुनासो भइसकेपछि, नेता, कार्यकर्ताले आवाज उठाइसकेपछि पार्टी नेतृत्व र त्यसका पदाधिकारीहरुले बढी गम्भीर र चिन्तित बनेर जानुपर्यो । निर्वाचनका बेला पार्टीभित्र द्वन्द्व कायम गरिराख्नु राम्रो होइन भन्ने महसुस गरेर उहाँहरुले छिटोभन्दा छिटो यी उठेका आवाजहरुको सम्वोधन गरेर अगाडि बढ्नुपर्छ ।
कोही जिल्ला सभापति पराजित छन् । कोही नगर सभापति पराजित छन्, कोही क्षेत्रीय सभापति पराजित छन्, कोही वडा सभापति पराजित छन् भने कोही त वडा प्रतिनिधिमै पराजित भएका छन् । अब ती पराजित हुने कांग्रेस कार्यकर्ताको भोट यो संसदीय निर्वाचनमा चाहिँदैन त ? जो–जो मान्छे पार्टीमा विजयी भएका छन् । उनीहरुको भोटले मात्रै आमनिर्वाचनमा कांग्रेस विजयी हुन्छ त ?
दोस्रो कुरा हाम्रो व्यक्तिगत विरोध होइन । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा नै हो । उहाँ हाम्रो अभिभावक किन होइन ? दुई–दुईपटक राम्रो भोट ल्याएर सभापतिमा निर्वाचित हुनुभएको छ । अहिले कांग्रेसमा भएका नेताहरुमध्ये सिनियर लिडर पनि हुनुहुन्छ । उहाँजस्तो व्यक्तित्वलाई हामीले अभिभावक नमान्ने भन्ने कुरै आउँदैन । तर, यहाँ असहमति कहाँनेर, के हो भने अभिभावक भइसकेपछि त उहाँका लागि सबै बराबर हुनुपर्यो नि । अधिवेशनमा कसले भोट दियो, कसले दिएन भनेर खोज्ने ?
अधिवेशनमा शेखर कोइरालालाई भोट हाल्ने मान्छेलाई कांग्रेसै नमान्ने ! अधिवेशनमा शेखर कोइरालालाई भोट हालेकै कारण पार्टीभित्र दण्डित हुनुपर्ने ! शेखर कोइरालालाई भोट हालेकै कारण पार्टीभित्र पेलिनुपर्ने ? शेखर कोइरालालाई भोट हालेकै कारण अन्यायमा पार्नुपर्ने, उसको राजनीति नै हत्या गरिदिने । अस्तिको अधिवेशनमा शेखर कोइरालालाई भोट हाल्यो त्यसैले उसले यो पटक टिकट पाउँदैन भन्ने मापदण्ड त बनाउनु भएन नि । त्यसैले अभिभावक भइसकेपछि यो गुट, त्यो गुट, उताको, यताको नभनी सबैलाई समान रुपमा न्यायोचित भावनाले हेर्न सक्नुपर्यो । सबैले आफ्नो योगदान अनुसार समान रुपमा अवसर पाउनुपर्यो भन्ने हाम्रो माग हो ।
तपाईं आफूले टिकट नपाउने संकेत पाएपछि आन्दोलित हुनुभएको हो ?
यसमा म पहिला आफ्नो कुरा भन्छु । त्यसपछि सामूहिक कुरा भन्छु । अब मेरो कुरा भन्नुपर्दा म यसअघि नै दुई-दुई पटक संसदको उम्मेदवार भइसकेको मान्छे हुँ । मेरो लागि टिकट पाउने नयाँ कुरा होइन । म २०७० सालमा पनि संविधानसभा सदस्य उठिसकेको हो र २०७४ मा पनि प्रतिनिधिसभाको सदस्य उठिसकेको हो । एमाले–माओवादीको बामगठबन्धन भएकाले थोरै भोटले पराजित भएको मात्रै हो । त्यसैले मेरो लागि टिकट नयाँ विषयवस्तु होइन । मैले त्यो टिकट दुई-दुई पटक राम्रोसँग हेरिसकेको छु । फेरि म कर्णाली प्रदेशको पार्टी सभापतिको प्रत्यासी पनि थिएँ । त्यसैले पनि अहिले मलाई टिकट सुरक्षित गर्नुपर्ने र टिकट पाउनुपर्ने अथवा मैले टिकट पाउँदैमा खुशी हुनुपर्ने अवस्था छैन ।
भुपेन्द्रजंग शाही, गुरुराज घिमिरे र जगदिश्नर नरसिंह केसी तीनैजना पार्टी अभिवेशनमा प्रदेश सभापतिमा पराजित हुन्, अहिले यिनीहरुले नै नेतृत्वको निर्णय नमानेर शेखर कोइराला समूहलाई उचालेका हुन् भन्ने आरोप तपाईहरुलाई छ नि ?
त्यसोभए आन्तरिक प्रतिस्पर्धामा पराजित व्यक्तिहरुले पार्टीको गतिविधिमा सहभागी नै हुन नपाउने ? प्रदेश सभापतिमा हामी पराजित भयौं होला । त्यसरी पराजित हुने अरुपनि धेरै छन् । जस्तो कोही जिल्ला सभापति पराजित छन् । कोही नगर सभापति पराजित छन्, कोही क्षेत्रीय सभापति पराजित छन्, कोही वडा सभापति पराजित छन् भने कोही त वडा प्रतिनिधिमै पराजित भएका छन् । अब ती पराजित हुने कांग्रेस कार्यकर्ताको भोट यो संसदीय निर्वाचनमा चाहिँदैन त ? जो–जो मान्छे पार्टीमा विजयी भएका छन् । उनीहरुको भोटले मात्रै आमनिर्वाचनमा कांग्रेस विजयी हुन्छ त ? हुँदैन क्या । त्यसैले आन्तरिक अधिवेशन त आफ्नो पार्टीभित्र को नेतृत्वमा जाने भन्ने एउटा प्रक्रिया मात्रै हो । तर, आमनिर्वाचनमा अन्य विचार, सिद्धान्त भएका पार्टीसँग लड्दा त पार्टीभित्र पराजित, क्रियाशील सदस्यदेखि आमजनताको भोटसमेत चाहिन्छ ।
एमाले फुटेर समाजवादी बनेको छ । माओवादीमा रामबहादुर थापा, लेखराज भट्टलगायतले विद्रोह गरेका छन् । तराईमा उपेन्द्र यादवदेखि सारा पार्टीमा फुट र विद्रोह छ, राप्रपामा फुट, बिद्रोहले भद्रगोल छ । भनेपछि नफुटेको सिंगो पार्टी भनेको कांग्रेस मात्रै हो । अनि यो चुनावमा कांग्रेसलाई त मैदान खाली थियो । यो बेलामा उच्च मनोबलका साथ स्पष्ट एजेन्डा लिएर सिंगल चुनावमा गएको भए कांग्रेसले बहुमत ल्याउने थियो ।
ठ्याक्कै तपाईहरुको विरोध चाहीं के त, कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्ने हो ?
यसमा दुई-तीनवटा कुरा छन् । मेरो लागि टिकट नयाँ कुरा भएन । तर, म कर्णालीको सभापति उठेका नाताले मलाई भोट हालेका आधारमा र शेखर कोइरालालाई भोट हालेका आधारमा कोही दण्डित हुनु हुँदैन् । त्यसको विरुद्धमा म खरो उत्रन्छु । जो मान्छे आफ्नो क्षेत्रमा लोकप्रिय छ । हामीलाई भोट दिएकै आधारमा कसैको राजनीति हत्या गर्न खोजिन्छ भने त्यसको विरुद्ध कडा ढंगले प्रस्तुत हुन्छु । आफ्नो निर्वाचन क्षेत्रमा जसको सबैभन्दा बढी पहुँच र प्रभाव छ । जसले निर्वाचन जित्न सक्छ । पार्टीभित्र लामो योगदान गरेको छ । जो त्यस क्षेत्रका जनतासामु लोकप्रिय छ । जसले भूगोलको आवश्यकता र जनताको चाहना अनुसार काम गरेको छ । त्यस्ता व्यक्तिलाई पाखा लगाउने कामको म विरुद्धमा आवाज बुलन्द गर्छु । पार्टीभित्र हार्ने मान्छेलाई राजनीतिबाटै निष्काशन गर्ने कुरा हुँदैन । लोकतन्त्रमा अल्पमतको पनि सम्मान गर्नुपर्छ ।
गठबन्धनको बारेमा तपाईंको भनाई के ?
हामीले स्थानीय चुनावमा सैद्धान्तिक रुपमा गठबन्धन गर्नुहुँदैन भनेकै हो । किनभने जनताले आफ्नो पहुँच भएको खास अभिभावक छान्ने स्थानीय निर्वाचन हो । त्यसकारण केन्द्रबाटै फलानो उम्मेदवारलाई रोज भनेर हस्तक्षप गर्ने कुरा होइन । स्थानीय निर्वाचन भनेको त्यहाँ पहुँच भएको नागरिकले स्वतन्त्र उम्मेदवार बन्न पाउनुपर्छ भन्ने आवाज उठिरहेको छ । त्यस्तो बेलामा कांग्रेस, माओवादी, समाजवादीलगायत विभिन्न दलको सिन्डिकेट जस्तो बनाएर जानुहुँदैन भनेर हामीले आवाज उठाएकै हो । अहिले पनि माओवादीसँग हाम्रो वैचारिक, सैद्धान्तिक केही कुरा मिल्दैन । त्यसैले सरकार बनाउनका लागि केही पुगेन भने विभिन्न दलहरुसँग समिकरण बनाएर जानु ठीक हो । तर, निर्वाचनमै जाँदा विचार, सिद्धान्त, कार्यक्रम नमिल्नेसँग घाँटी किन जोडन जाने । अर्को कुरा कांग्रेस एक्लै चुनावमा जाँदा पनि मजाले जित्न सक्छ । अहिले गठबन्धनबाट कांग्रेसले जति सीट प्राप्त गर्दैछ । त्योभन्दा बढी सीट त हामी एक्लै चुनावमा गएपनि जित्छौं ।
त्यसकारण पनि गठबन्धन नगरीकन चुनावमा गएको राम्रो हुने थियो भन्ने हो । तर, गठबन्धनमा जाने भनेर पार्टीले निर्णय गरिसकेपछि त्यसको मैले विरोध गरेर केही अर्थ छैन । गठबन्धन गरिसकेपछि कम्तिमा सय सीट त कांग्रेसले लिनैपर्छ । कांग्रेस भनेको देशका कुनाकाप्चासम्म छरिएर रहेका सबै तह, तप्का, वर्ग, समुदाय र गाउँ, टोलसम्म संगठन भएको राष्ट्रिय पार्टी हो । यसले १६५ निर्वाचन क्षेत्रमा एक्लै चुनाव लड्ने क्षमता राख्छ । यस्तो पार्टीलाई गठबन्धनको नाममा खुम्च्याएर निर्वाचनमा जानु राम्रो होइन भन्ने हाम्रो भनाई हो । २३ सीट मात्रै चुनाव जितेको बेलामा सत्ता बुझाउन अरु पार्टीहरु घरदैलोमै आइपुग्छन् नेपाली कांग्रेसलाई भने एक्लै चुनाव लड्न नसक्ने भन्ने होइन ।
तर, यहाँ शेखर कोइरालालाई अधिवेशनमा भोट हाल्नु चाहीं सबैभन्दा ठूलो अयोग्यता भयो । समानुपातिकको बन्दसूचीमा एकलौटी ढंगले मान्छे राखिएको छ । अहिले कोइराला पक्ष, देउवा पक्षमा मात्रै होइन । देउवा समूहभित्र पनि अन्याय भएको छ । संसदीय समितिले एउटा मान्छे पठाएको त्यसभित्र बस्ने आफ्नो खल्तीबाट अर्कोको नाम राखिएको छ ।
२०७४ को निर्वाचनमा २३ सीटमा सीमित कांग्रेससँग एक्लै चुनावमा जाने त्यस्तो के एजेन्डा र आकर्षण छ ?
त्यतिबेला एमाले र माओवादीको बामगठबन्धन थियो । त्यसकारण हामीले चुनाव हारेको हो । अहिले हामी एक्लै किन उठ्ने भनेको भन्दा प्रचण्ड र केपी ओली एक ठाउँमा आउने अवस्थै छैन । अर्को त्यतिबेला देशमा कम्युनिस्ट पार्टीले केही गर्छ कि भन्ने जनतामा भ्रम थियो । दुईतिहाई हाराहारी बहुमत आउँदा पनि पाँच वर्ष सरकार चलाउन नसकेर असफल भयो । त्यसले जनतामा कम्युनिस्ट पार्टीले केही गर्न नसक्ने रहेछ भनेर पनि कांग्रेसको भोट बढेको थियो । त्यसपछि कम्युनिस्ट पार्टीनै टुक्रैटुक्रा भएर विभाजित छ । एमाले फुटेर समाजवादी बनेको छ । माओवादीमा रामबहादुर थापा, लेखराज भट्टलगायतले विद्रोह गरेका छन् । तराईमा उपेन्द्र यादवदेखि सारा पार्टीमा फुट र विद्रोह छ, राप्रपामा फुट, बिद्रोहले भद्रगोल छ । भनेपछि नफुटेको सिंगो पार्टी भनेको कांग्रेस मात्रै हो । अनि यो चुनावमा कांग्रेसलाई त मैदान खाली थियो । यो बेलामा उच्च मनोबलका साथ स्पष्ट एजेन्डा लिएर सिंगल चुनावमा गएको भए कांग्रेसले बहुमत ल्याउने थियो ।
पार्टीले गठबन्धनमा जाने निर्णय गरिसक्यो, तपाईंहरु के गर्नुहुन्छ ?
पार्टीले आधिकारिक रुपमा गठबन्धनमा जाने निर्णय गरिसकेपछि अब हामी त्यसको विराधी होइनौं । त्यो कुरामा नजाओ अब हामी गठबन्धन मान्दैनौं भनेर अर्थ छैन । गठबन्धनमा जाने भइसकेपछि कांग्रेस लतारिएर जाने होइन । कम्तिमा १०० सीट लिएर मात्रै चुनावमा जाऔं । त्यो १०० सीट लिइसकपछि फेरि यसले शेखर कोइरालालाई भोट हालेको छ, त्यसैले यसलाई टिकट नदिने नभनौं । कांग्रेसले प्राप्त गरेको सीटबाट जो त्यो निर्वाचन क्षेत्रमा लोकप्रिय छ, जसले त्यहाँको भूगोल, जनभावना र आवश्यकता बुझेको छ । जसले पार्टीमा लामो योगदान गरेर पनि अवसर पाएको छैन । जो पार्टीको सिद्धान्त, मूल्य, मान्यतामा कटिबद्ध छ । त्यस्ता व्यक्तिलाई यताको, उताको, तेरो, मेरो, यो गुट, ऊ गुट नभनी न्यायोचित वितरण हुनुपर्यो भन्ने हाम्रो माग हो ।
तपाईंहरुको माग आफ्नालाई होइन जित्नेलाई टिकट दिनुपर्छ भन्ने हो ?
हाम्रो माग नै जित्नेलाई टिकट दिनुपर्छ भन्ने हो । तर, त्यसको मापदण्ड शेखर कोइरालालाई भोट हाल्नेले चुनाव हार्ने शेरबहादुर दाइलाई भोट हाल्ने चाहीं जित्ने जस्तो हुनुभएन । शेखर कोइरालाकै कुनै मान्छे छ, तर त्यस ठाउँमा शेरबहादुर दाईको मान्छेले चुनाव जित्न सक्छ, योगदान बढी छ, जनताले रुचाएका छन् भने उसले टिकट पाउनुपर्छ । तर, यहाँ शेखर कोइरालालाई अधिवेशनमा भोट हाल्नु चाहीं सबैभन्दा ठूलो अयोग्यता भयो । समानुपातिकको बन्दसूचीमा एकलौटी ढंगले मान्छे राखिएको छ । अहिले कोइराला पक्ष, देउवा पक्षमा मात्रै होइन । देउवा समूहभित्र पनि अन्याय भएको छ । संसदीय समितिले एउटा मान्छे पठाएको त्यसभित्र बस्ने आफ्नो खल्तीबाट अर्कोको नाम राखिएको छ । कांग्रेस भएकै कारण माओवादीबाट शहीद भएका परिवार, जीवनभर कांग्रेस संगठनमा योगदान गरेका, क्षेत्र, भूगोल र जनतामा राम्रो रुझान भएका मान्छेलाई नै अपमान गरिदिएपछि के अपिल गर्छ जनताले ?
अहिले शेखर कोइराला समूहको चिन्ता के को लागि त ?
यतिबेला शेखर कोइराला समूहको सबैभन्दा बढी चिन्ता त पार्टीलाई कसरी चुनाव जिताउ सकिन्छ । कसरी पार्टी एकढिक्का बनाएर अगाडि बढाउन सकिन्छ । चुनावमा कसरी एकढिक्का भएर अगाडि जाने । अन्यायमा परेकालाई कसरी न्याय दिने भन्ने नै हो ।
तपाईंहरुको आन्दोलनको निकास के त ?
यसको सही निकास भनेको त्यो बन्दसूचीलाई न्यायपूर्ण ढंगले सबैलाई समान अवसर दिने गरी, पार्टीका दुखित, पीडित कार्यकर्ताहरु सबैको चित्त बुझ्ने गरी र पार्टीमा योगदान गरेर पनि अवसर नपाएकाको न्याय हुने गरी सच्याउनुपर्यो । सभापतिले यो गुट, त्यो गुट नभनी फराकिलो मन गरेर पार्टीभित्र सबैको अभिभावकीय भूमिका निर्वाह गर्न सक्नुपर्यो । त्यसैगरी पार्टीका अन्य पदाधिकारीहरुले त्यही ढंगले अगाडि बढ्नुपर्यो । र, आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन आन्तरिक मनमुटावलाई त्यागेर सबै एकढिक्का भएर अगाडि बढ्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार